August 28, 2015

Happy जनैपुर्णिमा, रक्छ्याबन्धन क्वाटी & राखी,..किन होला यो जनै र डोरो भिरेको चै ?


By: Bimal Karki 
पुस्ताले नबुझेको कुरो किन  भिर्ने जनै अनि लगाउने  डोरो? जे पायो त्यहि बिरालो बाध्ने संस्कृति सुधार्ने जिम्मा हाम्रो हैन र ?
'येनबद्धो बली राजा दानबेन्द्रो महाबलः,तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
... ...भन्दै बच्चाहुदा घरमा आएर पण्डित जीले डोरो बाधीदिन्थिये अनि अलिठुलो भएछि जनै लाइयो केके मन्त्रपनि पढियो , तर यो जनै लाउनु र त्यो हातमा डोरो बाध्नुको अर्थ चै कहिल्यै बुझिएन ?
यसो पण्डित बाजेहरुसग सोध्यो रक्च्या हुन्छ, बलबुद्दी मिल्छ भन्छन सायद मैले सोध्य बाजेहरुलाई त्यो भन्दा बढी जानकारी नभएर होला ? अब आफुपछिको पुस्ताले सोध्यो भनेपनि जवाफ नै छैन  ?
यसो अहिले आएर सोच्दा यो जनै लगाउने चै बाबुआमा, परिवारले अब तिमि हाम्रो उत्तराधिकारी हौ , मर्दा-पर्दा सबै जिम्मा तिम्रो हुनेछ भनेर एउटा उत्तराधिकारी चुनेको प्रतिककोरुपमा हो कि भन्ने लागि राछ|
रकच्या बन्धन त झन् धेरै कुराको रकच्याको लागि होला ? सास्त्रले चै भगवान बिष्णुले दानाब बलिराजाको नासगरि पाताल लोकमा राज्यगरे तिम्रै साथ्मा रहन्छु भनेर प्रतिज्ञा गरेको खुसियालीमा यो पर्ब मानिएको भन्दो रैछ, उता राखीपर्ब मनाउनेहरुले फेरी यसलाई महाभारतको युद्धसग जोडेर हेर्दा रैचन कृष्णले सिशुपाललाइ सुदर्शन चक्र प्रहारगर्दा कृष्णको हातमा चोट लगेर रगत बगेको देखेर द्रौपदीले आफ्नो कपडा च्यातेर कृष्णको औलामा बधिदिएको र त्यस बाट प्रसन्न भएर कृष्णजीले के चहंचौ भन्दा एउटी चेलीले जस्तै भगवान कृष्णको स्नेह, उपस्थिति सधै रहिरहोस भनिन रे त्यस बाट राखीको आरम्भ भएको भन्दा रैचन, यो धार्मिक, पौराणिक कुरो एक ठाउमा छ | 

जे होस् हामी नेपाली हाम्रो चिनारी नै हाम्रो चाडबाड , परम्परा , संस्कृति , यी सब नहुनु भने हामी के नेपाली , कसो ? तर हरेक संस्कृतिक परम्परा र सामाजिक संस्कारहरुले एउटा जीवन्त सांकेतिक अर्थ , परिभासा बोकेका हुन्छन र ति संकेत र परिभासा अनुसार समजले ग्रहण गरेको हुन्छ तर नेपालमा बिरालो बाधेर सराद्दे गर्ने परम्पराले छोड्न सक्या छैन भन्या ? किन गर्या भन्दा बाउ , बाजेले गर्थिये तेही भएर भन्दियो सक्यो ........गर्नेले त गर्यो देख्नेले त बहुत गलत अर्थ लगाइदिन्छ नि ? तेसै त हिन्दु धर्मको धेरै भगवान छन् केको के हो? बुझी नसक्नु छ भनेर दुर्प्रचार गर्नेहरु कम छैनन् |
बिसेसगरेर मधेसी समुदाय र भारतीय हिन्दु समुदायमा मनाइने राखीमा चेली र दाजुभाई बीचको सम्बन्ध , प्रेम र बाल्य अवस्था देखिको सम्झनालाइ हरेकवर्ष राखी हातमा बधिदियेर पुनर्ताजकी गराउने गरिन्छ हाम्रो पहाडी समुदायलेपनि केहिले त मान्चन तर तिहारमा टिका लगाउने चलन बढी छ |
नेवारी समुदायको क्वाटी, भोज जात्राहरुको सुरुवातको मज्जा आर्कै छ, मान्नु पर्छ हाम्रो देशको संस्कृति र परम्परालाइ तर समय संदर्व अनुसार परिमार्जनको कमीले मनाउने प्रथामा ह्रास आउन थालेको हो कि ? यो चाड हिन्दुहरुको महान चाड हो तर केवल खान , पिउन रमाइलो गर्ने हिसाबमा मात्र चाडबाड परिभाषित हुन थालेका छन् अझ अहिले को नया पुस्ता ले त त्यो बाहेक केहि बुझे को छैन किन कि हामीले नै बुझेका छैनौ|
हाम्रो परम्परा , संस्कृतिलाइ सम्बर्धन गर्न र भाबी पुस्तालाइ सजिलैसग हस्तान्तरण गर्न अब समय सुहाउदो ब्याख्या र मनाउने बिधिको बिकाश गर्न जरुरि देखिन्छ |
मेरो जिज्ञासा र विचारलाइ अन्यथा नालियियोस केहि कट्टर हिन्दु धर्म अनुयायी हरुलाई जे छ मान्नै  पर्छ,  बिरालो बाध्नै पर्छ भन्ने लाग्ला तर भावी  भावी पुस्तालाई ब्यबहारिक र यथार्थ   ढंगले बुझाउन नसकिने संस्कार भबिस्यमा टिक्ला ? अनि  इसाई र अन्य धर्मको ब्यापार नबढ्ला ?
हाल भारतीय हिन्दु समुदायमापनि चाडबाड , संस्कृति र परम्परा मनाउनु र त्यससग जोडिएका बैज्ञानिक पक्च्यको परिभासा गर्ने परम्परा बसेको छ जस्तै भनौ : तामाको भाडोमा जल राखेर भगवानलाइ चढाउने, पिपल , तुलसीलाइ पुजा गर्दा आरोग्य अक्सिजन प्राप्त हुने , गौत सेवनले सरिरमा भएको ब्याक्टेरियालाइ मार्ने , बिबिन्ना चाडबाडमा सेवन गरिने परिकार जस्तै जाडोमा तरुल , तिल सेवन ले सरिर मा ताप र उर्जा दिने|
गरिबी र असिक्च्याले ब्याप्त नेपाली समाजमा अधिकांस समय सन्तुलित भोजन नगरिने र छाक टार्न मात्र खान खाने तर अत्यधिक श्रमगर्नुपर्ने भएकोले दशैं र विभिन्न चाडपर्वमा सेवन गरिने अत्यधिक मासु र अन्य परिकारले शरीरलाइ चाहिने प्रोटिनको मात्र बढाउने जस्ता पक्च्य एकतर्फ छन् भने पारिवारिक भेटघाट , सामाजिक क्रियाकलाप  र चाडपर्बमा हुने ब्यापारिक गतिबिधिले अर्थ व्यवस्थालाइ पनि सुचारु गर्न मद्दत गरि रहेका हुन्छन| धनि वर्गको भने रवाफ बेग्लै रक्सि, जुवा , तास ...... 
कमसे कम यस्ता चाडबाडमा केहि मानवीय कर्मगर्ने , समाज र सामुदायिक सेवागने परिपाटीपनि साथ्साथै जोडेर परम्परा बनाउनसके झन् सुनमा सुगन्ध हुने र बाहिरी समुदायले हेर्दापनि अनुकरणीय र सराहनीय देखिन्छ , यस्ता सबै पक्च्यलाइ समेटेर एउटा राष्ट्रिय स्तरमा संस्कृतिको ब्याख्या, सम्बर्धन र प्रबर्धनगर्न नागरिक समाजदेखि सम्बन्धित निकायको अर्थात् संस्कृति मन्त्रालय र मातहतका निकायकोपनि ध्यान जान जरुरि भाको हो कि ?

कमसे कम यस्ता चाड बाडमा केहि मानवीय कर्म गर्ने , समाज र सामुदायिक सेवा गने परिपाटीपनि साथ् साथै जोडेर परम्परा बनाउनसके झन् सुन मा सुगन्ध हुने र बाहिरी समुदायले हेर्दा पनि अनुकरणीय र सराहनीय देखिन्छ , यस्ता सबै पक्च्यलाइ समेटेर एउटा राष्ट्रिय स्तरमा संस्कृतिको ब्याख्या, सम्बर्धन र प्रबर्धन गर्न नागरिक समाजदेखि सम्बन्धित निकाय को अर्थात् संस्कृति मन्त्रालय र मातहतका निकायको पनि ध्यान जान जरुरि भाको हो कि ?

August 26, 2015

शैलेन्द्र सिम्खडाको सुन र स्वास्नी

स्वास्नीको कच-कचसँग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो ।
बाघले कुकुर मारेर बिरालोलाई गुन लगाएछ
बिरालाले मुसा मारेर मान्छेलाई गुन लगाएछ
मान्छेले मान्छे मारेर स्वास्नीलाई सुन लगाएछ ।
स्वास्नीको कच-कचसँग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो ।
हे सीते,
जोगी भएर वनमा जादा किन चाहिएको सुन ?
कहा लगाउने गहना ?
भगवान्की स्वास्नीलाई पनि सुनको त्यत्रो चाहना !
अहिले पनि चालीस किलोकी स्वास्नी ल्याउन
चालीसै तोला सुन किन्न पर्छ
अनि मात्र स्वास्नी खोज्न हिाड्न पर्छ
यदि स्वास्नीको आवश्यकता भए
त्यसलाई सुन चाहिन्छ–चाहिन्छ
नत्र त्यसै
अर्काको छोरीलाई स्वास्नी भन्न कहा पाइन्छ ?
मैले पनि बेहोरको छु सुन र श्रीमती
अब सुन्नुस् मेरो आफ्नै घरको दुर्गति
भोकै बस्दा रोइनन् दु:ख पर्दा आत्तिनन्
एक तोलाको औाठी बेच्दा आासु दर्कियो
छोरा पाउादा हासिनन् घर किन्दा मस्किनन्
दुई तोलाको सिक्री किन्दा टोलै थर्कियो
कैले होला धनको वास यो दु:खीको खाली पकेटमा
मेरो माया स्वास्नीमा उनको माया सुनको लकेटमा
सुन र स्वास्नी
जाने घरबार, नजाने तरबार
सुन धेरै भए पनि ज्यान जोगाउन गाह्रो
स्वास्नी राम्री भए पनि आाखाको तारो
सुन नल्याए स्वास्नीले आफौलाई मार्ली भन्ने डर
सुन ल्याए डाकाले स्वास्नीलाई मार्ला भन्ने डर
सदुपयोग गर्न जाने
सुन अमरावती, स्वास्नी भगवती
नजाने सुन काल, स्वास्नी अनिकाल
हे सुन, तेरो बैगुन
किन्दा मसक्क, बेच्दा ठसक्क, पैसा भसक्क
दिए जाती नदिए नजाती
कुरा सुन्न पर्छ अनेक भाती
लोग्नेको मन स्वास्नीमाथि
स्वास्नीको मन सुनमाथि
हातमा बाला, घाटीमा माला, नाकमा ताला
शिरमा शिरबन्दी,
दर्जीले सिए लगाउाछु भन्छिन् सुनकै चौबन्दी
सुन भनेको स्वास्नी रहेछ
स्वास्नी भनेको सुन रहेछ

जोसाग सुन छ त्यसको राम्रो घर हुन्छ
जोसाग सुन छैन
त्यसकी स्वास्नी पोइल जाने डर हुन्छ
सुनकै दरीमा सुत्न पर्ने भएर सुन्दरी भनेको होला
सुनको फुल पार्न सक्ने भए त
सुनचरी भने पनि हुन्थ्यो
नपत्याए हेर्नुस्
मान्छे हेर्यो सत्तरी वर्षकी थोती
सुनैसुनले तानेको छ कानको लोती
केटीहरूले नाक–कानमा लगाएको सुन
सुत्दाखेरि पनि छोड्दैनन्
घाटीमा लगाउन पाए भने
पुस–माघमा पनि ओढ्ने ओढ्दैनन्
सधौ स्वास्नीको मुखबाट सुनकै चर्चा
सुन्दा–सुन्दा कानै सुन्निने गरी
जबर्जस्ती सुन्नै पर्ने भएर सुन भनेको हो कि !
यो सुन भन्ने वस्तु र स्वास्नी भन्ने प्राणी देख्दा
अब त मलाई सुन्तला नङ्ग्याउादा पनि
गहना खोल्या जस्तो लाग्छ
भौसी कराउादा पनि स्वास्नी बोल्या जस्तो लाग्छ
सधौ सिक्रीको फिक्री, स्वास्नीको जिक्री
आनन्दसाग बस्न पनि रहर भो
सुनसाग स्वास्नीको सहवास देख्दा
कतै सुत्केरी हुादा पनि सुनकै छोरा पाउाछिन् कि भन्ने डर भो !
खै कुन्नि महाकविले पनि सुनमा के देख्नुभएछ
सुन र स्वास्नीकै कथामा ‘मुनामदन’ लेख्नुभएछ
हुन त
स्वास्नीविनाको सुन पनि के काम हुन्छ त्यो डल्लो
सुनविनाकी स्वास्नी पनि त्यस्तै हुन्छ खल्लो
लोग्ने स्वस्थ छउन्जेल
सुनको तिलहरी, मङ्गलसूत्रजस्ता माला बनाउछन्
लोग्नेलाई रोग लाग्यो भने
तुरुन्त मासेर बाला बनाउछन्
रोगी लोग्ने कैले मर्छ भर हुन्न
बाला बनाए पछि उनीहरूलाई डर हुन्न
त्यसैले स्वास्नीसाग सुनको परिणाम मिलेन भने
त्यसको घरजम बेहाल हुन्छ
सुन धातुमा गहना उपसर्ग लगाएर
स्वास्नी प्रत्यय जोडेपछि लोग्ने हरिकङ्गाल हुन्छ !
स्वास्नीलाई सुन
नक्कली दिऊ के काम त्यो आाखाको छारो
सक्कली दिऊा दिन सजिलो माग्न गाह्रो
घरखर्चलाई पैसा चाहिादा मैले यस्तो भोग्या छु
एक तोलाको चुरा बेच्न तीनचोटि ढोग्या छु
फगत उनकै इच्छामा
मेरो तलब सबै सुनलब भयो
सञ्चयकोष सुनक्रयकोष भयो
ओभर टाइम सुनभरटाइम भयो
अरू स्रोतहरू सबै डामाडोल भयो
स्वास्नीकै रिक्वेस्टमा गोल्डक्वेस्ट खेलो
त्यो पनि गोल भयो
तै पनि सुनले ढकमक्क पारो
घाटीमा सुन, टाउकामा सुन, छातीमा सुन
नाडीमा सुन, औालामा सुन, गोडामा सुन
कम्मरमा सुन, नाक छेडेर सुन, कान छेडेर सुन
जता छेड्यो सुनैसुन
अब त खुसी भइन् होला भनेर
अब सुन किन्यो भने कहा लगाउने हगि भनेको त ?
दुई तोला किन्दिनुस् न
एउटा आाखाले हेर्छु
अर्को आाखा छेड्छु भन्छिन्
हेर्नुस्, सुन र स्वास्नीको सम्बन्ध अविछिन्न छ…
तर खास गुण चौ भिन्न–भिन्न छ
सुन काट्न मिल्छ, स्वास्नी काट्न मिल्दैन
सुन साट्न मिल्छ, स्वास्नी साट्न मिल्दैन
स्वास्नीले भात पकाउाछे, सुनले भात पकाउन्न
सुन बैङ्कमा राखे पैसा आउछ
स्वास्नी बैङ्कमा राख्दा पैसा आउन्न
हामी स्वास्नीको सौखिनतामा
जीवनको जोखिमता भिरेर
पुरुषत्वको हलाल गर्दैछौ
स्वास्नीहरूको वास्तविक पति त सुन नै रहेछ
हामी त सुनलाई स्वास्नी र
स्वास्नीलाई सुन मिलाइदिने दलाल मात्रै हौ
अब त मलाई ईश्वरले के चाहिन्छ भने
अर्को जन्ममा सुन बनाइदेऊ भन्छु
पोतेको लुङमा उनिन पाऊ
स्वास्नीको छातीमा झुन्डिन पाऊा
सिद्धियो कविता अब हास्ने
जय जय सुन जय स्वास्नी |

कैलाली घटना नाम थारुको ,दाम भारुको, काम दारुको

थारुहट प्रदेशकोलागि सबैदलहरु सकारात्मक भएको अवस्थामा किन घटाइयो यो  बर्बर घटना ? गम्भीर प्रश्न छ 
सात प्रदेशबाट आठौ प्रदेश थरुहट दिएर सहमति हुने  लगभग निश्चित जस्तो देखिएको अवस्थामा थरुहटको माग नै  तुहियाउने हिसाबले गरिएको आक्रमण सुनियोजित रहेको प्रस्ट छ । घटना घटाइयो, भाडाका टट्टूहरुले काम सके गए,  अब प्रहरी, सेनाको धरपकड , दमन, खप्की खाने त्यहि सोझो थारु हुनेछ ।
कैलालीका थारुलाई अब कतिबर्ष सम्म चैनले  बसिखान दिन्नन अरिंगाललाइ ढुंगा हानेर दुस्मुंन भागेझैँ यहाँ अब सुरक्च्या फौजको निसानामा मकै संगै धेरै घुन हुने निश्चित छ ।
थारुनेताहरु यसप्रति पटककै संबेदनशिल भएको देखिन्न  नत राजनीतिक दलहरु|

August 18, 2015

मलाई मेरो जात नसोध्नु

By Milan Niraula 
म स्मरण गर्छु मेरो बाल्यकाल, मेरो गाउँमा कपडा सिलाउने दमाईहरु हुन्थे, फलामको काम गर्ने  कामीहरु हुन्थे, छालाको काम गर्ने सार्की हरु हुन्थे, अरुको चर्पिहरु सफा गर्ने डोमहरु हुन्थे, पुजाआजा गर्ने ब्राह्मणहरु हुन्थे, व्यापार सबैले गर्थ्ये, योद्धाहरुको त आवस्यक थिएन। मेरो एउटा साथी थियो कमल, ऊ एकदम राम्रो थियो, कक्षामा प्रथम हुन्थ्यो, धेरै बिनम्र थियो तर उसको नजर सधै झुकेको हुन्थ्यो। पहिला थाहा थिएन ऊ किन यस्तो छ, पछि  थाहा भयो उसको बुवा आरुको चर्पी सफा गर्ने काम गर्नु हुँदो रहेछ। ऊ आफ्नो बुवालाई सघाउन जानु पर्थ्यो आफ़ूसघै अध्ययन गर्ने साथी हरुको घरमा चर्पी सफा गर्न। अनि उसको कलिलो मानसिकताले उसको शिर ठाडो पार्न कसरि प्रेरित गरोस्। प्रविणताको परीक्षा दिएर गरिबीका कारण आफ्नो अध्ययन लाई निरन्तरता दिन सकेन आज ऊ कतारमा बैदेशिक रोजगारको लागि गएको छ। ऊ सबै भन्दा क्षमतावान् र सच्चा थियो तर त्यहाँ लक्ष्मी प्रसाद देवकोटाले भनेको जस्तो केहि थिएन मानिस ठुलों जातले भैरहेको थियो दिलले हैन। यो त एउटा उदाहरण मात्र हो, यहाँ लाखौँ कमलहरु छन् जसको लागि संसार हामीले देखेको जस्तो छैन। जस्तो अपहेलित जीवनको म कल्पना पनि गर्न सक्दिन नेपालको एक चौथाई मानिसहरु त्येस्तै जीवन बिताइरहेका छन्।

August 9, 2015

राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु

हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन् । हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ ।

July 29, 2015

एक प्रदेश नदिए नया देश देउ भन्ने भारतीय दलाली अमरेश कुमार सिंहलाइ हिरो बनाउने को हो ?

सर्लाहीबाट  कांग्रेसको टिकटमा प्रतक्च्यमा जबर्जस्ती  जितेर आएको सिंह १२ बुदे सहमतिमा गिरिजाको छेउमा बसेर दात देखाएर चिट्ठामा  हिरो भएको भारतिय दलाली हो ।
 यो झारपातलाइ गिरिजाले कसरि १२ बुदेमा चप्रासिको भूमिका दिए रहस्यमय छ । विभिन्न बिश्लेसण र गोप्य श्रोतका  अनुसार अमरेशकुमार भारतीय गुप्तचर संस्था रअको  नेपाल हेर्ने पूर्णकालीन अधिकारी हो  नेपाललाइ आधुनिक किसिमको सिक्किमीकरण गर्ने दिर्घकालिन योजनाको एक प्रमुख पात्र सिंह नेपालको प्रमुख राजनीतिक दल कांग्रेसमा छिरेर भारतीय लगानीमा चुनावमा धादली गरि सभासद हुन सफल भएको छ । अब बन्ने नया सरकारमा भारत र मधेशको कडा मागको धाक लगाउदै मन्त्रि पद खाएर नेपालको सबै गोप्य सूचना भारतलाई दिने संबेदनशिल सूचना मेटाउने र भारतीय मिसन नेपालमा सफल बनाउने ध्यय रहेको बताइएको छ ।

July 28, 2015

क्यामराको फ्ल्याशले बालकको आखा गुम्यो, होस् गरौ !

अनुहार नजिकै क्यामरा लगेर फोटो खिचिदिँदा एक बालकले सधैंको लागि संसार हेर्न नसक्ने भएका छन् । क्यामराको कडा फ्ल्यास लाइटको कारण बालकको आँखाको ज्योती गुमेको हो । 
 
घटना चीनको हो । न्वारान नगरिएका ती बालकको अभिभावकका एक साथीले फोटो खिच्दा क्यामराको फ्ल्यास लाइट बन्द गर्न बिर्सिएको कारण आँखाको ज्योति गुमेको समाचारमा बताइएको छ । 
ती बालकको कलिलो नानीमा क्यामराको कडा प्रकाशले असर पारेको डाक्टरले बताएका छन् । क्यामरा र अनुहारबिच १० इन्चभन्दा पनि कम दुरीमा फ्ल्यास दिएर फोटो खिच्दा आँखाको नानीको कोशिकामा गम्भिर असर पुगेको बताइएको छ ।

दाँया आँखामा हेर्ने क्षमता अत्यन्त कम रहेको र बाँया आँखा पुरै बन्द भएको चिकित्सकले बताएका छन् । फोटो खिच्ने बालकका परिवारका ती साथीले कस्तो कानुनी कारवाही भोग्नुपर्नेछ भन्ने प्रश्ट भएको छैन 
अन्नपुर्णपोस्टले एजेन्सी लाइ उदृत हार्दै  लेखेको छ |
बालकसग फोटो खिच्दा भरसक  फ्ल्याश प्रायोग  नगरौ । कलिला आखा र तन्तुहरु  अधिक चम्किलो प्रकाशले खराब गर्ने विज्ञहरु बताउछन् ।

July 27, 2015

यो उमेरमा ४० किलोको ढुंगा डोकोमा बोकेर कुद्ने रहर कि बाध्यता ?


यो फोटो खुब देखियो अनि मनमनै लग्यो कठै नेपाली युवा हो घरमा मलको थुप्रो डोकोमा बोक्न बाउआमले खेताला खोज्नु पर्छ, पधेरोबाट डोकोमा पानी ल्याउन आमा, दिदी , बहिनि नगई घरमा पिउने पाऩी आउदैन । डोको बोक्न लाज लाग्ने देखि डोको बोक्दा इज्ज जाने, सानो भइनेहरुकोहुल भएको हाम्रो मुलुकमा ज्यान बाजिलगाएर लाहुरे हुने होडमा भक्तपुरमा नेपाली लाठे युअहरुले गरेको तालिमको फोटो रहेछ। मुलुक राजनीतिलले खायो जागिर छैन , सरकार वास्ता गर्दैन, दल, धर्म , जातको लडाई को आगोझोसेर एनजीओ, आइएनजिओले प्रयोजन गरेका छन् अनि नेपाली युवा विदेश जाने परिस्थति खडा गरिएकोछ । गर्नेलाइ नदिने नगर्नेलाइ उचाल्ने सामाजिक, राजनीतिक परिपाटी उतिकै जिम्मेवार छ । यो बेलायती सेना छान्ने पनि कडा नियम बजियाको तेस्को देशमा डोको छैन दोकोबोकेरा कुद्ने, पहाडको नागरिकता, चिम्रो आख,सोलोडोलो शरीर अझ सिधा अर्थमा दिमाग नचलाउने सिधै बन्दुक हान्ने भनेको खुरुकुरु मान्ने आधुनिक दास छानेका हुन् झैँ भान हुन्छ ।

डिभी र पिआर लिने कर्मचारीको सूची सार्वजनिक-list of government worker holding international citizen in Nepal

डिभी र पिआर लिने कर्मचारीको सूची सार्वजनिक भएको छ । जसमा सचिवदेखि उच्चतहका सरकारी अधिकारी रहेको तथ्य सार्वजनिक भएको हो ।
सोमबार अन्नपूर्ण दैनिकले प्रकाशित गरेको मुख्य समाचारअनुसार राज्यव्यवस्था समितिले गोप्य रुपमा राखिरहेको उक्त प्रतिवेदनमा अमेरिकाको ग्रीनकार्ड लिने सरकारी कर्मचारी धेरै छन् । अस्ट्रेलिया, न्युजिल्याण्ड र जर्मनीको स्थायी आवास अनुमति (पिआर) लिनेहरु पनि समेटिएका छन् ।
अन्नपूर्णको समाचारअनुसार सामान्य प्रशासन मन्त्रालयले बुझाएको सूचीअनुसार विदेशी ग्रीनकार्ड, डीभी र पीआर लिनेमा सबैभन्दा उच्च तहका व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशी हुन् । संसदीय समितिमा भएको लिष्टमा उनको नाम १ नम्बरमा राखिएको छ । उनले जर्मनीको पीआर लिएको उल्लेख छ ।

July 24, 2015

लिपुलेक मुद्दालाइ अंतरास्ट्रीयकरण गरौ प्रत्येक नेपालीले यसमा अनलाइन सही गर्न जरुरि छ

लिपूलेक बारे सरकारी स्तरबाट पहल लिएको समाचार आएका छन् , अध्यन गर्ने समिति बनेको समाचार आएको छ तर अधिकारिक जानकारी, यस सम्बन्धि भएको गतिबिधि र प्रगतिको खबर दिन सरकार मौन  छ ।  यो मुद्दा कुटनैतिक भएको कारणले सडकमा टायर मात्र बालेर चर्का  नाराले हाम्रै देशको रेलिङ्ग भाच्ने , देश बन्द गरेर समाधान देखिदैन उल्टै घाटा  हामीलाई छ । 

अहिले सम्म बन्द गर्नेहरुको नियत राजनीतिक शक्ति आर्जन गर्ने, शक्ति प्राप्त भएपछि फेरी चुप लाग्ने प्रवृति देखिएको छ  यदि  सच्चा देश र जनताको लागि हैन भने फेरी यस्ता आन्दोलनले दिने हमिलेइ केवल दुख हो । 

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More