November 14, 2010

Ghumne Mech mathi andho manche-हामी by Bhupi Sherchan

प्रस्तुत कविता : भूपी शेरचन बाट रचना गरिएको  हो , शेरचन ले लेख्नु भएको प्रसिद्द कविता घुम्ने मेच मेच माथि अन्धो मान्छे  बाट हामी शिर्षक को कविता बाट लियिएको हो |
हामी
हामी जतिसुकै माथि उठौं
जतिसुकै यताउति दगुरौं
जतिसुकै ठूलो स्वरमा गर्जौं

तर हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं
हावाको इशारामा यताउति दगुर्छौं
र आफुलाई गतिशील भन्ठान्छौं
अनि एकचोटि माथि पुगेपिछ
हामी आफ्नो धरतीलाई बिस्रन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक

पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बसे्रर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
टर्र टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौं
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उठाईको कुनै महत्व छैन
हाम्रो दगुराईको कुनै लक्ष्य छैन
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको ुछ्वाइयँु भन्दा बढी वजन छैन ।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापिन
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिदै गइरहेका छौँं
हाम्रो बाहिरको उँचाई झूठा हो
भ्रम हो अग्लो टाकुरामा उम्रेका च्याउको उचाईंभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँडने

भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसकेा जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छांै लठ्ठिएका छांै फुलेका छौं
तर हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घि_िस्ंसदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाईंलाई बिसर्िसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिसर्िसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिसर्िसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ुगुलिभरु झंै
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेछौर्ं
हामी उसलाई हेरेर छक्क पछाँैर्ं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स-साना हतियारहरुको उसमािथ
प्रहार गछौर्ं
उसको अङ्ग-प्रत्यङ्गमा चढ्छौं
उप्रुन्छौं
टोक्छौं
चिमोट्छौँं

र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झंै
हामी पुज्न थाल्दछौं त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहरबाट जतिसुकै उच्च देखिए तापिन
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी ुलिलिपुटु का मानव हौं ।
हामी लघुमानव हौं ।
हामी आपुूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्नेहामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुटुइदिनुपर्ने
हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका
टुटेका फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोराजक खेलका सामाग्री
एउटा खेलाडीमाथि आश्रित
आफु्नो गति हराएरका
एउटा ुस्ट्राइकरु द्वारा साचालित
हो हामी मानिस कम र बर्ता गोटी हौं ।
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धूनभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा र्वि्रर्णत एकलव्य हांै
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई
शक्तिलाई
र अस्तित्वलाई
तर हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौ
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
र हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक िपंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौं
र मक्ख पछौर्ंआफ्नो गुरुभक्तिमािथ
आफ्नो आत्मशक्तिमािथ



त्यसैले हामी वीर त छौं
तर बुद्वू छौं
हामी बुद्वू छौं
र त हामी वीर छौंहामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं
हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : तर जो भन्ठान्छ िक
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामािथ
र सधै सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधै-सधै नतमस्तक रहन्छ
हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ ।
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ
हामी त फगत कसैको इसारामा
टेक्ने हिँडने र दगुर्ने पाइतला हौं

केवल पाइतला
र फगत पाइतला ।
हामी केही पनि ह्वैनौं
र शायद त्यसैले केही ह्वौं कि !
हामी कतै पनि केही पनि छैनौं
र शायद त्यसैले कतै केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई ।
Poem Courtesy: Ghumne Mech Mathi Andho Manche, By Bhupi Sherchan,
One of the most popular nepali poem every nepali should read it.

1 प्रतिक्रिया हरु:

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धूनभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा र्वि्रर्णत एकलव्य हांै
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई
शक्तिलाई

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More