February 21, 2011

Bhupi Sherchan-Mero Desh-मेरो देश

मेरो देश - कविता - भू पी शेरचन - घुम्ने मेच माथि अन्धो मान्छे बाट

जहाँ
हिउँ परेको रातमा
जून धरतीलाई भेटन

हिमकणहरुको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा फर्कने गर्छ

जहाँ
आरुबखाडाका हाँगा-हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरु
जहाँ
मृगमरीचिका पछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्ल्ााहरु
जहाँ
बाह्रै महीना मानिसका गालामा
फुल्दछन् आरुका फूल
जहाँ
मुटुको स्पन्दनझंै उप्रुी-उप्रुी
खेल्छन् मृगशावकका हूल
जहाँ
पहराबाट छहराले
खोलामा हाम्फाल्दछन्
जहाँ-रातमा पनि हिमचुलीले
आँगनमा घाम पाल्दछ
जहाँ
प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ
जहाँ
स-साना नदीहरुमा पिन
तूफानी समुद्रको वेग हुन्छ
जहाँ
बटुवालाई प्रत्येक झ्याङबाट
झ्याउँकीरीले गिज्याउने गर्छ
प्रत्येक अँधेरी पँधेरोमा
जूनकिरीले ज्योति फिँजाउने गर्छ
जहाँएकबाजि आएर
घर फर्कन वसन्त भुल्दछ
जहाँ
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पङ्खा हम्कन्छ;
जहाँ
एक-अर्काको मुख हेरेर
नीलगिरि र धवलागिरि चम्कन्छ;
जहाँ
प्रत्येक रातमा आकाशले
मङ्गल-दीप सजाउँछ;

जहाँ
प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउँछ;
जहाँ
हरिया-हरिया पहाडका फरिया
जहाँ
अलिक तल सरेर
निर्मल स्वच्छ र न्यानो घाममा
हिमालले सधै ढाड सेकेको हुन्छ
म जति टाढा भए त्यो मेरो देश
सधै मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More