August 28, 2015

Happy जनैपुर्णिमा, रक्छ्याबन्धन क्वाटी & राखी,..किन होला यो जनै र डोरो भिरेको चै ?


By: Bimal Karki
पुस्ताले नबुझेको कुरो किन  भिर्ने जनै अनि लगाउने  डोरो? जे पायो त्यहि बिरालो बाध्ने संस्कृति सुधार्ने जिम्मा हाम्रो हैन र ?
'येनबद्धो बली राजा दानबेन्द्रो महाबलः,तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
... ...भन्दै बच्चाहुदा घरमा आएर पण्डित जीले डोरो बाधीदिन्थिये अनि अलिठुलो भएछि जनै लाइयो केके मन्त्रपनि पढियो , तर यो जनै लाउनु र त्यो हातमा डोरो बाध्नुको अर्थ चै कहिल्यै बुझिएन ?


यसो पण्डित बाजेहरुसग सोध्यो रक्च्या हुन्छ, बलबुद्दी मिल्छ भन्छन सायद मैले सोध्य बाजेहरुलाई त्यो भन्दा बढी जानकारी नभएर होला ? अब आफुपछिको पुस्ताले सोध्यो भनेपनि जवाफ नै छैन  ?
यसो अहिले आएर सोच्दा यो जनै लगाउने चै बाबुआमा, परिवारले अब तिमि हाम्रो उत्तराधिकारी हौ , मर्दा-पर्दा सबै जिम्मा तिम्रो हुनेछ भनेर एउटा उत्तराधिकारी चुनेको प्रतिककोरुपमा हो कि भन्ने लागि राछ|
रकच्या बन्धन त झन् धेरै कुराको रकच्याको लागि होला ? सास्त्रले चै भगवान बिष्णुले दानाब बलिराजाको नासगरि पाताल लोकमा राज्यगरे तिम्रै साथ्मा रहन्छु भनेर प्रतिज्ञा गरेको खुसियालीमा यो पर्ब मानिएको भन्दो रैछ, उता राखीपर्ब मनाउनेहरुले फेरी यसलाई महाभारतको युद्धसग जोडेर हेर्दा रैचन कृष्णले सिशुपाललाइ सुदर्शन चक्र प्रहारगर्दा कृष्णको हातमा चोट लगेर रगत बगेको देखेर द्रौपदीले आफ्नो कपडा च्यातेर कृष्णको औलामा बधिदिएको र त्यस बाट प्रसन्न भएर कृष्णजीले के चहंचौ भन्दा एउटी चेलीले जस्तै भगवान कृष्णको स्नेह, उपस्थिति सधै रहिरहोस भनिन रे त्यस बाट राखीको आरम्भ भएको भन्दा रैचन, यो धार्मिक, पौराणिक कुरो एक ठाउमा छ | 


जे होस् हामी नेपाली हाम्रो चिनारी नै हाम्रो चाडबाड , परम्परा , संस्कृति , यी सब नहुनु भने हामी के नेपाली , कसो ? तर हरेक संस्कृतिक परम्परा र सामाजिक संस्कारहरुले एउटा जीवन्त सांकेतिक अर्थ , परिभासा बोकेका हुन्छन र ति संकेत र परिभासा अनुसार समजले ग्रहण गरेको हुन्छ तर नेपालमा बिरालो बाधेर सराद्दे गर्ने परम्पराले छोड्न सक्या छैन भन्या ? किन गर्या भन्दा बाउ , बाजेले गर्थिये तेही भएर भन्दियो सक्यो ........गर्नेले त गर्यो देख्नेले त बहुत गलत अर्थ लगाइदिन्छ नि ? तेसै त हिन्दु धर्मको धेरै भगवान छन् केको के हो? बुझी नसक्नु छ भनेर दुर्प्रचार गर्नेहरु कम छैनन् |
बिसेसगरेर मधेसी समुदाय र भारतीय हिन्दु समुदायमा मनाइने राखीमा चेली र दाजुभाई बीचको सम्बन्ध , प्रेम र बाल्य अवस्था देखिको सम्झनालाइ हरेकवर्ष राखी हातमा बधिदियेर पुनर्ताजकी गराउने गरिन्छ हाम्रो पहाडी समुदायलेपनि केहिले त मान्चन तर तिहारमा टिका लगाउने चलन बढी छ |
नेवारी समुदायको क्वाटी, भोज जात्राहरुको सुरुवातको मज्जा आर्कै छ, मान्नु पर्छ हाम्रो देशको संस्कृति र परम्परालाइ तर समय संदर्व अनुसार परिमार्जनको कमीले मनाउने प्रथामा ह्रास आउन थालेको हो कि ? यो चाड हिन्दुहरुको महान चाड हो तर केवल खान , पिउन रमाइलो गर्ने हिसाबमा मात्र चाडबाड परिभाषित हुन थालेका छन् अझ अहिले को नया पुस्ता ले त त्यो बाहेक केहि बुझे को छैन किन कि हामीले नै बुझेका छैनौ|
हाम्रो परम्परा , संस्कृतिलाइ सम्बर्धन गर्न र भाबी पुस्तालाइ सजिलैसग हस्तान्तरण गर्न अब समय सुहाउदो ब्याख्या र मनाउने बिधिको बिकाश गर्न जरुरि देखिन्छ |
मेरो जिज्ञासा र विचारलाइ अन्यथा नालियियोस केहि कट्टर हिन्दु धर्म अनुयायी हरुलाई जे छ मान्नै  पर्छ,  बिरालो बाध्नै पर्छ भन्ने लाग्ला तर भावी  भावी पुस्तालाई ब्यबहारिक र यथार्थ   ढंगले बुझाउन नसकिने संस्कार भबिस्यमा टिक्ला ? अनि  इसाई र अन्य धर्मको ब्यापार नबढ्ला ?
हाल भारतीय हिन्दु समुदायमापनि चाडबाड , संस्कृति र परम्परा मनाउनु र त्यससग जोडिएका बैज्ञानिक पक्च्यको परिभासा गर्ने परम्परा बसेको छ जस्तै भनौ : तामाको भाडोमा जल राखेर भगवानलाइ चढाउने, पिपल , तुलसीलाइ पुजा गर्दा आरोग्य अक्सिजन प्राप्त हुने , गौत सेवनले सरिरमा भएको ब्याक्टेरियालाइ मार्ने , बिबिन्ना चाडबाडमा सेवन गरिने परिकार जस्तै जाडोमा तरुल , तिल सेवन ले सरिर मा ताप र उर्जा दिने|
गरिबी र असिक्च्याले ब्याप्त नेपाली समाजमा अधिकांस समय सन्तुलित भोजन नगरिने र छाक टार्न मात्र खान खाने तर अत्यधिक श्रमगर्नुपर्ने भएकोले दशैं र विभिन्न चाडपर्वमा सेवन गरिने अत्यधिक मासु र अन्य परिकारले शरीरलाइ चाहिने प्रोटिनको मात्र बढाउने जस्ता पक्च्य एकतर्फ छन् भने पारिवारिक भेटघाट , सामाजिक क्रियाकलाप  र चाडपर्बमा हुने ब्यापारिक गतिबिधिले अर्थ व्यवस्थालाइ पनि सुचारु गर्न मद्दत गरि रहेका हुन्छन| धनि वर्गको भने रवाफ बेग्लै रक्सि, जुवा , तास ...... 
कमसे कम यस्ता चाडबाडमा केहि मानवीय कर्मगर्ने , समाज र सामुदायिक सेवागने परिपाटीपनि साथ्साथै जोडेर परम्परा बनाउनसके झन् सुनमा सुगन्ध हुने र बाहिरी समुदायले हेर्दापनि अनुकरणीय र सराहनीय देखिन्छ , यस्ता सबै पक्च्यलाइ समेटेर एउटा राष्ट्रिय स्तरमा संस्कृतिको ब्याख्या, सम्बर्धन र प्रबर्धनगर्न नागरिक समाजदेखि सम्बन्धित निकायको अर्थात् संस्कृति मन्त्रालय र मातहतका निकायकोपनि ध्यान जान जरुरि भाको हो कि ?

कमसे कम यस्ता चाड बाडमा केहि मानवीय कर्म गर्ने , समाज र सामुदायिक सेवा गने परिपाटीपनि साथ् साथै जोडेर परम्परा बनाउनसके झन् सुन मा सुगन्ध हुने र बाहिरी समुदायले हेर्दा पनि अनुकरणीय र सराहनीय देखिन्छ , यस्ता सबै पक्च्यलाइ समेटेर एउटा राष्ट्रिय स्तरमा संस्कृतिको ब्याख्या, सम्बर्धन र प्रबर्धन गर्न नागरिक समाजदेखि सम्बन्धित निकाय को अर्थात् संस्कृति मन्त्रालय र मातहतका निकायको पनि ध्यान जान जरुरि भाको हो कि ?

1 प्रतिक्रिया हरु:

लौ जनै पुर्णिमा, क्वाटी, राखी को सबैलाई शूभकामना !!

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More