February 6, 2012

गिरिजाप्रसाद कोइरालाको आत्मकथा

कोइरालाको आत्मकथा
कान्तिपुर संवाददाता: जगत नेपाल :
 म गर्भमा हुँदा पिताजी र आमाबीच विवाद भइरहन्थ्यो । पिताजी छोरा होस् भन्ने आमा छोरी । अन्तमा एकदिन उहाँहरू दुवैजना बैलगाडा चढेर जनकपुरदेखि २०-३० किलोमिटर टाढा -विहार, भारतमा पर्ने) गिरिजा मन्दिर जानुभयो । अन्तमा पिताजीले भन्नुभएछ, 'छोरा जन्मियो भने गिरिजाप्रसाद, छोरी जन्मियो भने गिरिजादेवी नाम राख्ने ।'
छोराका रूपमा जन्मिएर मैले आमालाई निराश तुल्याएँ । आमाले नै मलाई यो कुरा सुनाउनुभएको हो । आमाले भन्नुभएको कुरा मलाई अहिले पनि याद आउँछ, 'महिला र पुरुष बग्गीका दुई चक्का हुन् । दुवैलाई सँगसँगै लिएर जानुपर्छ ।' आमाको त्यही वचनका कारण जीवनभर मैले महिलाको सम्मान गर्नुपर्छ भन्ने मान्यता छोडिनँ ।

प्रारम्भमा मैले विराटनगरमा पढेको हुँ । त्यसबेला एसएलसी थिएन । म्याटि्रकुलयनको परीक्षा बनारसबाट दिएँ । प्राइभेट जाँच दिनुपथ्र्याे, मैले पनि त्यही गरेँ । त्यसपछि बेसेन्ट कलेजमा

गएँ । अनि बीएचयू -बनारस हिन्दु विश्वविद्यालय) मा पढ्न

थालेँ । पिताजी -कृष्णप्रसाद कोइराला) लाई राणा सरकारले काठमाडौं जेलमा राखेको थियो । यस घटनाले समेत मेरो पढाइमा असर गरिरहेको थियो । एकदिन विश्वविद्यालय जाने क्रममा 'नेपालमा पिताजीको मृत्यु भयो, तिमी पटना जाऊ' भन्ने टेलिग्राम पाएँ । बीपी पनि भर्खरै हजारीबाग -भारत) जेलबाट छुटेर त्यहाँ पुग्नुभएको थियो ।

पटनामा सान्दाजु -बीपी) बसेको कोठामा दुइटा खाट थिए । एउटा उहाँका लागि र अर्काे मेरा लागि । राती कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा प्रयोग गरेछु क्यारे । उहाँले थाहा पाइहाल्नुभयो । वास्तवमा बनारसमा पढ्दा मनमोहन अधिकारीहरूको संगतले म -विद्यार्थी) फेडरेसनतिर आकषिर्त भएको थिएँ । सान्दाजुले सोध्नुभयो, '-महात्मा) गान्धीजी कहाँ छन् ?'

मैले भनेँ, 'जेलमा, अरू कहाँ ?'

उहाँले एक पछि अर्को गर्दै सोध्नुभयो, '-जवाहरलाल) नेहरू, जयप्रकाशनारायण नि ?'

मैले भनेँ, 'जेलमा ।'

सान्दाजुले फेरि भन्नुभयो, 'गान्धी, नेहरू जेलमा छन्, तर तेरा नेताहरू को हुन् र कहाँ छन् ?'

मैले भनेँ, 'मेरा नेता श्रीपद, अमृतपद, डाँगे -भारतीय कम्युनिस्ट पार्टीका नेता) हुन् । उनी बम्बैमा छन् ।'

सान्दाजुले भननुभयो, 'गान्धी, नेहरू, जयप्रकाश जेलमा, किन बाहिर ?'

यति भनेपछि उहाँले भन्नुभयो, 'ल अब सुत ।' बस् म त रातभरि सुत्न सकिनँ । रातभर सान्दाजुले भनेको कुरा दिमागमा घुमिरह्यो ।

त्यसपछि म पुनः बनारस गएँ । सुरुमा त्यहाँ किसुनजीसँग भेट भयो । गल्लीमा बस्नुहुन्थ्यो उहाँ । हाम्रो कुरा उहाँका दाजु गोपालजीले सुनिरहनुभएको रहेछ । उहाँ कांग्रेसमा हुनुहुन्थ्यो । उहाँले नै भन्नुभयो, 'तिमीहरू दुवैलाई एउटा नेताकहाँ

लग्नुपर्žयो ।' एकजना नेता भर्खरै जेलबाट छुटेका थिए, उनले नै हामीलाई कम्युनिज्म र कम्युनिस्टहरूको बानी-व्यहोराबारे

बताए । अनि किसुनजी र म फेडरेसनबाट अलग भयौं । म कांग्रेसको सक्रिय राजनीतिमा लागेँ ।

------------------

बन्दुक/क्यामरा चलाएँ

२००७ सालको क्रान्तिमा म 'पोलिटिकल अफिसर' -कमिसार) थिएँ । आर्मीले केही बदमासी गर्छन् कि भनेर उनीहरूसँगै जाने जिम्मेवारी मलाई दिइएको थियो । हाम्रो टोली इनरुवामा बसेको थियो । कोसी किनारामा गाई चराउने मानिसहरूले खबर गरे, 'राणाको सेना कोसी पार गर्न खोज्दै छ ।' 
चिसोको याम थियो, हाम्रा सिपाहीहरू गाउँमा आगो तापेर बसेका थिए । मैले हाम्रा कमान्डर जीबी याकथुम्बालाई भनेँ, 'उनीहरू आए भने त रोक्नुपर्žयो नि ।' उनले भरुवा बन्दुक दिएर पठाएछन् । मैले भनेँ, 'ए यस्तो बन्दुकले कसरी लड्न सक्छन्, उनीहरू ।' उसले भन्यो, 'यिनीहरू अनुभवी छन्, सक्छन् ।' हाम्रा १५-२० जना सिपाही त्यता गए ।
हाम्राे फौज -त्यहाँ गएर) आगो तापेर बसेछन् । आगो बलेको देखेर उनीहरू -राणाका सैनिक) आए । उनीहरूले त्यहाँ पुगेर फायर खोलिहाले । कसैको तिघ्रामा लाग्यो, कसैलाई कता लाग्यो । कोही भागे, कोही रगतले लतपत भएर आए । यस्तै त रहेछ भनेर राणाको फौज ढुक्क भए ।
मैले के गर्ने भनेर याकथुम्बालाई सोधेँ । अनि, हामीले सल्लाह गर्žयौं गहिरो ठाउँ खोजेर एकातिर म र अर्कातिर उनी बस्ने अनि बीचमा हाम्रा फौज राख्ने योजना बनायौं । हामीले सैनिकहरूलाई निर्देशन दियौँ, 'हामीले फायर नभनेसम्म कसैले फायर नखोल्नू ।'

चन्द्राकारमा मिलाएर एकातिर म र अर्कातिर याकथुम्बा अनि बीचमा हाम्रा सेना बस्ने प्रबन्ध मिलाइयो । राणाको सेना आएपछि अत्तालिएर हाम्रा एक जनाले ड्याम्म फायर गरिदिइहालेछन् । अनि, हामीले फायर गर्नुपरिहाल्यो । उनीहरू भागे, छरिए । कति भारत गए । कतिलाई भारतीयले समाएर हामीलाई बुझाए । कति मरे । अनि, उनीहरू कोसीतिरै फर्किए । उनीहरूबाट हामीले थुप्रै हतियार संकलन गर्žयौं ।
मैले आफैं फायर गरेको यो एउटा घटना हो र अर्का विराटनगरमा । भिडन्त भइरहँदा विराटनगरमा बडाहाकिमले सेतो झन्डा देखाए । त्यसको मतलब थियो- आत्मसमर्पण । बडाहाकिमले आत्मसमर्पण गर्žयो भनेर जाँदा म पनि गइरहेको थिएँ । उताबाट गोली आयो र त्यसैले म हुत्तिएर धकेलिएँ ।
त्यसको केही समयपछि मुलुकमा राणाशासनको अन्त्य भई प्रजातन्त्र बहाली भयो । प्रजातन्त्र आएपछि मलाई पार्टी राजनीतिमा खासै रुचि थिएन । प्रजातन्त्र आउनुपर्छ, जनताले अधिकार पाउनुपर्छ भन्ने मात्र थियो । बीपी नेता हुनुहुन्थ्यो । आफ्नै दाजु भएकाले मलाई कुनै आकांक्षा थिएन । उहाँकै उन्नतिका लागि काम गरिरहेको थिएँ । 
त्यतिबेला बेलायती पत्रकारहरू काठमाडौं आएका थिए । बीपीले मलाई बोलाएर भन्नुभयो, 'यिनीहरूलाई सुरक्षा दिन सकिन्न । त्यहाँ लगेर सुरक्षा दिन सकिएन, केही भइदियो भने नराम्रो हुन्छ ।' सान्दाजुले भन्नुभयो, 'होइन, होइन, सुरक्षाको चिन्ता नगर । लिएर जाऊ ।'

केही सैनिकहरूका साथ म उनीहरूलाई लिएर युद्धस्थल पुगेँ । घटनास्थलमा गएर हेरेपछि उनीहरू फर्किन लागे । सबैसँग क्यामरा थियो । उनीहरूले सोधे, 'तिमीसँग क्यामरा छैन ? मैले भनेँ, 'छैन ।' उनीहरूले अचम्म माने, 'लौ यत्रो काम गरेका छौ, एउटा क्यामरा पनि छैन ?'
तिनैमध्येका एकले मलाई लाइका क्यामरा दिए । त्यो त्यतिबेलाको निकै राम्रो क्यामरा थियो । अर्काले साइन क्यामरा दिए । त्यो त्यतिबेलाको निकै राम्रा क्यामरा थियो । अर्काले साइन क्यामरा दिए । आजको जस्तो डिजिटल प्रविधि त थिएन । फोटो खिच्नका लागि रिल हाल्नुपर्थ्यो र दम दिएर क्लिकक्लिक गर्नुपर्थ्यो ।
त्यसपछि मैले फोटो खिच्न सुरु गरेँ । चार-पाँच वर्षसम्म निरन्तर फोटो खिचेँ । बुइगलको सानो कोठालाई बारेर 'डार्क रुम' बनाएको थिएँ । फोटो धुनको लागि पानीमा मसला राखेर ठीकठीक मात्रामा मिलाउनुपर्थ्यो । एक-एक गरेर फोटो धुनुपर्थ्यो । मैले विराटनगरकै स्थानीय फोटोग्राफरबाट यो काम सिकेको हुँ । मैले खिचेका तस्बिरहरू अहिले पनि बिराटनगरमा होलान् । धेरै नै खिचेको थिएँ ।
०१७ सालमा राजाले राजनीतिक 'कू' गर्नुभन्दा अघि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू काठमाडौं आएका थिए । शीतलनिवासमा उनको सम्मानमा त्यसबेलाका प्रधानमन्त्री बीपी कोइरालाले पार्टीको आयोजना गर्नुभएको थियो । म पनि त्यो समारोहमा पुगेको थिएँ । मलाई देखेर नेहरूले बीपीसँग भने, 'ये कैसा फोटोग्राफर है, जहाँ भी पहुँच जाता है ।' बीपीले भन्नुभयो, 'नहीँ, नहीँ हमारा भाइ है ।' त्यसपछि नेहरूले 'ल-ल राम्ररी खिच' भनेका थिए ।

'कू’ पछि


२०१७ पुस १ गते राजाले प्रजातन्त्रमाथि 'कु' गरेको भोलिपल्ट म पक्राउ परेको थिएँ । त्यसको एक वा दुई दिनपछि राजाले रेडियो नेपालमार्फत एउटा घोषणा गरे- अबको पाँच-सात वर्षभित्र राजनीतिक दलका झन्डा देखिनेछन् । त्यही दिन मैले सोचें- अब म सात वर्षसम्म चुपचाप बिनाएक्सन जेलमा बस्नेछु, त्यसपछि जे एक्सन गर्नुपर्छ गर्छु । त्यही कारण म कसैलाई केही नभनेर चुपचाप बसेको थिएँ ।
जेल परेको छ वर्ष भएको थियो । एकदिन तारिणी दाइले भन्नुभयो, 'ए गिरिजा, म त अस्पताल जान्छु ।' मैले भनें, 'हत्तेरिका केही भएको छैन, किन जानुहुन्छ अस्पताल ?' उहाँले भन्नुभयो, 'म तिमीलाई एउटा कुरा बताऊँ ? ल भन त, म साहित्यकार हो कि होइन ?' मैले भनें, 'हो तारिणी दाइ, तपाई कवि पनि हो ।' 'हैन, त्यसो भए दाजुको निम्ति छ वर्ष जेल बसिसकें । अब के भन्छौ तिमी, भन त ?' उहाँले यसो भनेपछि मैले भनें, 'तपाईंले भन्दैमा छोड्छ तारिणी दाइ ? त्यो हुँदैन ।' हैन, हैन म अस्पताल जान्छु' भन्नुभयो उहाँले ।
अस्पतालमा के भयो थाहा छैन । फर्केर भन्नुभयो, 'हेर दाजुका लागि यति बसें, अब कति बसौं ?' मैले भनें, 'तारिणी दाइ अरू पनि त बसेका छन् नि, तपाईं मात्र हो र ?' उहाँले भन्नुभयो, 'ए बाबा, म त साहित्यकार पनि हो नि । साहित्यिक क्षेत्रबाट पनि त सान्दाइलाई सघाउनु पर्दैन ?' मसँग पो बहस गर्न लाग्नुभयो उहाँ त । मैले भनें, 'जे गर्नु छ, तपाईं गर्नुस् तारिणी दाइ ।'
थुनामा परेको छ वर्ष पुगेको दिन राति ११ बजे तारिणीप्रसाद कोइराला भनेर बोलाएको आवाज आयो । तारिणी दाइले मलाई उठाएर भन्नुभयो, 'हेर मलाई त बोलायो ।' मध्यरातको बेला छ, उहाँ त टाई-सुट लगाउन थाल्नुभयो । 'के भयो तारिणी दाइ ?' मैले सोधें । 'म कुरा गर्दिनँ तिमीसँग, आउने मन भए आऊ, नत्र म हिँडें गिरिजा,' कपडा लगाएर मसँग केरै नगरी फटाफट हिँडिहाल्नुभयो उहाँ ।

एकैछिनपछि त फलाना-फलाना भनेर सबैलाई बोलाए । सबै गुन्टा बाँध्न थाले । के भयो भनेर सोधें, सबैले 'हामी छुट्यौं' भन्न थाले । अन्तिममा गिरिजाप्रसाद कोइराला भनेर बोलाए । गएँ । अञ्चलाधीश र सीडीओ रहेछन् । एउटा कागज दिए । अनि भने, 'गिरिजाबाबु यसमा हस्ताक्षर गरिदिनुहोस् न ।' तारिणी दाइले गरिसक्नुभएको थियो । कांग्रेस महामन्त्री श्रीभद्र शर्माले भने । 
कागजमा के लेखेको रहेछ भनेर हेरेको त 'शान्तिपूर्ण किसिमबाट बस्नेछु' भन्ने मात्र लेखिएको थियो । एकजना प्रसाईं थरका सीडीओ थिए । तिनलाई पहिला मैले नै पार्टीको सदस्यता दिएको थिएँ । उनलाई भनें, 'के अशान्ति गरेर ल्याएको हो त हामीलाई ? आखिर जेल भनेको केका निम्ति ? अशान्ति गरेपछि न जेल ल्याउने हो । त्यो किन लेखाउनुपर्žयो । आखिर कानुनले नै सरकारलाई अशान्ति गर्नेलाई थुन्न अधिकार दिएको छ । यदि मलाई हस्ताक्षर गराउने हो भने तपाई त झन् सरकारी अधिकारी, तपाईलाई किन हस्ताक्षर नगराउने ?'
सीडीओ प्रसाईले भने, 'जाने मन भएकाहरूको पनि बन्द गरिदिनुहुन्छ भनेरै मैले तपाईको नाम अन्तिममा बोलाएको हुँ । मलाई थाहा भयो, तपाई मान्नुहुन्न भनेर ।' तपाई बस्नुस् भने उनले । म भित्र पसें । बाहिर मोटर हिँड्यो । सबै छुटेर गए, म गइनँ । कतै गल्ती त गरिएन भन्ने लागिरह्यो, छटपटाहट भइरह्यो । त्यो रात सुत्न सकिनँ ।

--------------

२०४२ को बमकाण्ड


कांग्रेसले सुरु गरेको सत्याग्रह जारी नै रहेका बेला राष्ट्रिय पञ्चायत र राजदरबार परिसरमा समेत बम विस्फोट भयो । घटनामा एकजना राष्ट्रिय पञ्चायतका सदस्य मारिए । त्यो बेला गणेशमानजी, किसुनजी, म र नोना भाउजू थुनामा थियौं । हामीलाई बन्दी बनाइएको घरको तल्लो तलामा किसुनजी, बीचमा म र माथि गणेशमानजी हुनुहुन्थ्यो । बमकाण्डले नराम्रो रूप लिएपछि हामीबीच सूत्रमार्फत कुरा भयो । प्रत्यक्ष भेट्न दिइएको थिएन । हामी तीनैजनालाई लाग्यो सत्याग्रहलाई बदनाम बनाउने काम हुँदै छ । त्यसैले यसबाट हामी 
जोगिनुपर्छ । कांग्रेसलाई बदनाम बनाउन हिंसात्मक कदम चालिएको निष्कर्षमा पुगेपछि हामीले आन्दोलन स्थगित गर्žयौं ।

--------------------

२०४६ को आन्दोलन 

गणेशमानजीको घर चाक्सीबारीमा भएको कांग्रेसको सम्मेलनले फागुन ७ गतेबाट जनआन्दोलन सुरु गर्ने निर्णय भयो । वामपन्थीहरूलाई साथमा लिएर जाने सहमति भयो र उनीहरू पनि आन्दोलनमा सहभागी भए । आन्दोलन सुरु भएपछि गणेशमानजी, किसुनजी र मलाई घरमै नजरवन्द 
गरियो । आन्दोलन चर्किंदै जाँदा बीचमा गणेशमानजी बिरामी भएकाले उहाँलाई वीर अस्पतालमा राखिएको थियो । आन्दोलन चर्किंदै गयो । यही बीचमा सेनाका मानिस आएर मसँग भने- होइन गिरिजाबाबु यसरी त भएन सहमतिमा जानुपर्žयो । राजासँग कुरा गर्नुपर्žयो, हिँड्नुस् । मैले भनें- अहँ, गणेशमानजी र किसुनजीसँग कुरा नगरेर त म केही गर्दिनँ । त्यो बेला मार्सल ल जारी भएको थियो र सेनाको सक्रियता बढाइएको थियो । उनीहरूले भने, त्यसो भए अस्पताल गए हुँदैन । उता कुपण्डोलबाट हामी किसुनजीलाई पनि त्यहीँ ल्याउँछौं । अनि सल्लाह गरेर गए हुँदैन । मैले हुन्छ भनें । यताबाट मलाई गणेशमानजीलाई राखेको वीर अस्पतालको कोठामा लगियो र त्यहीँ किसुनजीलाई पनि ल्याइयो । अनि वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीलाई ल्याइयो । त्यहीँ सल्लाह गरेर हामी सीधै राजदरबार पुग्यौं । गणेशमानजीले अस्वस्थ भएका कारण दरबार नजाने भन्नुभयो । नारायणहिटी राजदरबार पुगेपछि एक छेउमा हामी आन्दोलनकारी र अर्को साइडमा राजाका मन्त्रीहरू बसे । राजा बीचमा बसेका थिए । किसुनजी, सहानाजी, राधाकृष्णजी र म एक साइडमा क्रमशः बसेका थियौं । कुराकानीको सुरुवात गर्दै राजाले भने- अब तपाईहरू 
-आन्दोलनकारी र राजाका मन्त्री) कुरा गरेर एउटा टुङ्गोमा पुग्नुस्, के गर्ने बाटो पहिल्याउनुस् । किसुनजीले राजाको भनाइमा सहमति जनाउनुभयो । सहाना र राधाकृष्णले पनि ठीकै छ भन्नुभयो । म अन्तिममा थिएँ- मैले भने मलाई यो कुरा मान्य छैन । जब हामीले पञ्चायती संविधानलाई नै मान्यता दिएका छैनौं भने मन्त्रीहरूलाई कसरी मान्यता दिने ? 
किसुनजीले सम्झाउनुभयो । हैन गिरिजाबाबु यसरी हुँदैन सहमतिमा जाउ भनेर । मैले भनें- मेरो चित्त त बुझेको छैन । तर तपाईंहरूले भनेपछि ठीक छ । अनि सरकारका तर्फवाट प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायत र हाम्रो तर्फबाट योगप्रसाद उपाध्यायलगायत रहेको वार्ता टोली बन्यो । तर दरबारबाट फर्किएपछि मन खिन्न 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More