April 30, 2012

बिश्वो सम्पदासुचीमा रहेका नेपालका स्थलहरु -World heritages sites of Nepal

संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत एजेन्सीमध्ये एक संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन -युनेस्को) ले विश्वका बहुमूल्य सम्पदालाई सूचीकृत गर्ने गर्दछ । यसरी सूचीकृत विश्वका स्मारक तथा स्थान नै युनेस्को विश्व सम्पदा क्षेत्र हुन् । सन् २०१२ अपि्रलसम्ममा १५३ मुलुकका सांस्कृतिक ७२५, प्राकृतिक १८३ र मिश्रति २८ सम्पदा विश्व सम्पदाका रूपमा सूचीकृत भएका छन् ।

युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका सात वटा सांस्कृतिक र दुई वटा प्राकृतिक सम्पदा सूचीकृत छन् । नेपालका अन्य केही सम्पदालाई पनि सूचीकृत गर्न नेपालले विभिन्न मितिमा प्रस्ताव गरिसकेको छ ।


सूचीकृत सम्पदा
नेपालका सूचीकृत सम्पदामा सांस्कृतिक सम्पदामा काठमाडौँं उपत्यकाभित्रका सात स्मारक क्षेत्र तथा लुम्बिनी र प्राकृतिक सम्पदामा चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । काठमाडौंँ उपत्यकाका सम्पदा र सगरमाथा राष्ट्रिय निकुञ्ज सन् १९७९ मा सम्पदा सूचीमा सूचीकृत गरिएका हुन् भने चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ मा र लुम्बिनी सन् १९९७ मा सूचीकृत भएका हुन् ।

काठमाडौंँ दरबार क्षेत्र ः काठमाडौँं नगरका मध्यमा रहेको यो स्थान हनुमानढोका नामबाट पनि परिचित छ । 
यस क्षेत्रमा रहेका ऐतिहासिक भवन तथा मन्दिर राजा रत्न मल्लदेखि पृथ्वी वीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । यहाँका महìवपूर्ण स्मारकमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, कालभैरव, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप आदि रहेका छन् ।

पाटन दरबार क्षेत्र ः यस क्षेत्रमा रहेका स्मारक अधिकांश १६ औंँ देखि १८ औं शताब्दीमा निर्माण गरिएका हुन् । मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायाण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर आदि यहाँका आकर्षण हुन् ।

भक्तपुर दरबार क्षेत्र ः यहाँ नेपालको मध्यकालीन कलाको राम्रो अवलोकन गर्न पाइन्छ । 
यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् । यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौं शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।

पशुपतिनाथ मन्दिर ः प्यागोडा शैलीमा निर्माण गरिएको पशुपतिनाथको मन्दिर विश्वभरिका हिन्दु धर्मावलम्बीको पवित्र तीर्थ स्थलका रूपमा रहेको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेर मात्र चार धामको दर्शन पूरा हुने मान्यता छ ।

स्वयम्भूनाथ ः काठमाडौँं उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति प्रसिद्ध बौद्ध मन्दिर र चैत्य हो । ३६० वटा खुड्किलो पार गरेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ । दुई हजार पाँच सय वर्षभन्दा बढी पुरानो तथा बौद्ध धर्ममा आधारित यो महाचैत्य बौद्ध धर्मावलम्बीका एक महìवपूर्ण स्थल हो । केही वर्षअघि मात्र स्वयम्भूको पश्चिमी भागमा शाक्यमुनि बुद्धको विशाल मूर्ति बनाइएको छ । यस क्षेत्रमा थुप्रै स्तुप छन् ।

बौद्धनाथ ः काठमाडौंँको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो । यो स्तुप बनाउन १२ वर्ष लागेको भनाइ छ । आठौँं शताब्दीमा यसको जीर्णोद्धार गरिएको थियो ।

चाँगुनारायण ः विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ । यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौँं उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।

लुम्बिनी ः शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी ऐतिहासिक एवं धार्मिक दृष्टिले अति महìवपूर्ण रहेको छ । काठमाडौंँबाट करिब तीन सय किलोमिटर दक्षिण-पश्चिममा अवस्थित लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउ आदि रहेका छन् । यहाँ विभिन्न मित्रराष्ट्रले बौद्ध स्तूप निर्माण गरेका छन् । यहाँ सङ्ग्रहालय र अनुसन्धान केन्द्र पनि रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज ः तराईको समथर मैदानमा रहेको तथा सन् १९७३ मा घोषणा गरिएको यो राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज एसियाकै संरक्षित क्षेत्रमध्ये एकको रूपमा रहेको छ । वनस्पति तथा वन्यजन्तुका निकै सम्पन्न चितवन राष्ट्रिय निकुञ्ज पाटेबाघ, एक सिङ्गे गैंडा, घडियाल गोही आदि जस्ता दुर्लभ जनावरको महìवपूर्ण वासस्थलको रूपमा रहेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यो निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथालाई भित्र पारी फैलिएको छ । यसै निकुञ्जभित्र छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चो ओयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिम चुचुराहरू पर्दछन् । कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल आदि यहाँका मुख्य वन्यजन्तु हुन् । यसको स्थापना सन् १९७६ मा भएको हो ।
पन्ध्र सम्पदा विचाराधीन
नेपालले सन् १९९६ र त्यसपछिका वर्षमा गरी अहिलेसम्म १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह गरेको छ । यी सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ । नेपालद्वारा 

प्रस्तावित सम्पदा हुन् ः
१. पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र -सन् १९९६) ।
२. प्राचीन शाक्य अधिराज्यका पुराताìिवक अवशेष रहेको तिरौलाकोट -सन् १९९६) ।
३. मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला -सन् १९९६) ।
४. गोरखास्थित मध्यकालीन दरबार क्षेत्र -सन् १९९६) ।
५. रामग्राम -सन् १९९६) ।
६. खोकना -सन् १९९६) ।
७. लो मान्थाङ -सन् २००८) ।
८. बज्रयोगिनी र सांँखुका प्रारम्भिक बस्ती -सन् २००८) ।
९. कीर्तिपुरको मध्यकालीन वस्ती -सन् २००८) ।
१०. रूरू क्षेत्रको ऋषिकेश हाता -सन् २००८) ।
११. नुवाकोट दरबार क्षेत्र -सन् २००८) ।
१२. रामजानकी मन्दिर -सन् २००८) ।
१३. तानसेनको मध्यकालीन नगर -सन् २००८) ।
१४. सिंजा उपत्यका -सन् २००८) ।
१५. दैलेखेको भुर्ती मन्दिर क्षेत्र -सन् २००८) ।


Click here to see the list of world heritage sites of nepal in official website of UNESCO
स्रोत ः युनेस्को, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग । 
(This article was published on Yuwa manch monthly, issue of  Jestha 2069)

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More