May 17, 2012

राष्ट्रिय सन्दर्भमा चार आर्यसत्य:- स्वामी आनन्द अरुण

बुद्धका ४ आर्यसत्य हुन् : जीवन दुःख हो, दुःखको कारण छ, दुःख मुक्तिको उपाय छ र दुःख मुक्तिको स्थिति छ। बुद्धका यी अभिव्यक्ति मनुष्य जीवनको गहन अवलोकनबाट निस्केका छन्। बुद्धकै गहन विष्लेशणलाई आधार बनाएर हेर्दा नेपालको वर्तमान दरिद्रता, बेथिति र अराजकताको समाधान पनि चार आर्यसत्यमा व्यक्त गर्न सकिने देखिन्छ। 
 राष्ट्रिय सन्दर्भमा पहिलो आर्यसत्य हो - अनन्त सम्भावना बोकेपनि देश अविकसित, गरिब र अशान्त छ। दोस्रो, यसका कारण छन्। तेस्रो, यसबाट मुक्तिका उपाय छन् र चौथो, दरिद्रताबाट मुक्ति र सुख समृद्धिको स्थिति सम्भव छ। 
देश अविकसित र दरिद्र छ। हाम्रो राजधानी नै भद्रगोल छ। फोहोर, साँगुरा बाटाघाटा, उपस्थिति नदेखिने सुरक्षा संयन्त्र, सधैँको बन्द, जलसम्पदामा विश्वको दोस्रो धनी देशमा सातामा एक दिन एकदुई घन्टा धारामा पानी चुहिनु बन्द हुदैगएका उद्योगधन्दा, चर्को मूल्य तिरेर पनि इन्धन र ग्यास पाउ"दा चिट्टै परेजस्तो आनन्दको अनुभूति, पेट पाल्न एक प्रतिशत जनसंख्या प्रत्येक वर्ष विदेशिनु र कठिन तथा अमानवीय अवस्थामा काम गर्न बाध्य हुन, शरीर बेच्न बाध्य हजारौं चेलिबेटी प्रत्येक वर्ष देश बाहिरिनु हो।

यी सबैले हाम्रो विपन्नताको पुष्टि गर्छन्। अहिलेभन्दा ५० वर्ष अघिमात्रै पनि हामीजस्तै अवस्थामा रहेका एसियाकै कतिपय अविकसित राष्ट्रले यस अवधिमा विकासका दृष्टिले ठुलो फड्को मारेका छन्। कोरिया, जापान, सिंगापुर, ताइवान र चीन विकासको अन्तर्राष्ट्रिय मापदण्डमै पुगे। धर्मान्धता र विदेशी स्वार्थको माखेपासमा परेर युद्ध मैदानमा परिणत भएको अफगानिस्तानमात्रै एसियामा हामीभन्दा पछि देखिन्छ। करिब छ हजार नदीनाला भएको यसे देशमा हिउ"दमा कुल २८० मेगावाटमात्र विद्युत उत्पादन हुन्छ। यही गरिब राष्ट्र यो वर्ष अनुमानित सय अर्ब रुपिया" डिजेल, जेनेरेटर, ब्याट्री र अन्य वैकल्पिक ऊर्जाका लागि खर्च गर्न बाध्य छ। त्यो सय अर्ब जलविद्युत उत्पादनमा लगानी गर्न पाए थप ८ सय मेगावाट जल विद्युत सधैँका लागि उत्पादन हुन्थ्यो। विकासलाई प्राथमिकता दिने हामीजस्तै अरू राष्ट्र समृद्धितिर लम्किँदैछन्। 

उदाहरण हामै्र छिमेकी चीन, भुटान र विहार हुन्। बितेका ५० वर्षमा अरू धेरै अगाडि गए भने हामीले भ्रष्टाचारमात्र व्यापक बनायौँ। दोस्रो राष्ट्रिय आर्यसत्य गरिबी र दरिद्रताको कारण छ। तीमध्ये केही हुन् : राणा शासन र पंचायत व्यवस्थामा सम्पूर्ण राष्ट्रको ध्येय व्यक्ति विशेष र उसकै परिवार तथा त्यसको सेरोफेराका व्यक्तिकै सुख सुविधामा सीमित र केन्द्रित रहनु। जनहित गौण हुनु। मूल्य र नैतिकताको राजनीति नफस्टाउनु। त्यसपछि पनि शासकहरूले शक्तिशाली व्यक्तिको चाकरी गरेर खाने प्रवृत्तिलाई राष्ट्रिय चरित्र बनाइदिनु र शासन र जीवनका सबै आयाम र स्तरमा भ्रष्टाचार संस्थागत बनाइनु। कुनैपनि नेतामा दूरदृष्टि नहुनु। विकास कुनै दलको पनि मुख्य विषय नबन्नु र महत्वहीन विषयकै वादविवादमा महत्वपूर्ण समय खेर फालिनु। 
 दलगत स्वार्थ, भ्रष्टाचार र राजनीतिक प्रश्रयमा चलेको स्थानीय गुन्डागर्दीले विकास परियोजना अघि बढ्न नसक्नु। विकास हुन लागेको देखेपछि आरिस गर्ने, भाँजो हाल्ने विकासविरोधी मानसिकता स्थानीय तहदेखि केन्द्रैसम्म व्याप्त हुनु। बाहिर अन्धराष्ट्रवादको नारा घन्काएर पर्दापछाडि जुनसुकै शक्तिसँग पनि गठबन्धन गरी स्वार्थ सिद्ध गर्नु। बन्द हडतालले नियमित हुन पुगदा दिनहुँ अर्बौँ रुपियाँको आर्थिक क्षति हुँदा पनि सबै राजनीतिक दलले बन्द र हडताललाई पुरुषार्थ ठान्नु। अनुशासनहीनता, गुन्डागर्दी र अन्याय सर्वव्यापी र सर्वस्वीकृत हुनु। भौगोलिक विकटता र जटिलतालाई ध्यान नदिई ती क्षेत्रहरूमा विकासका कुनै पूर्वाधार नपुर्यापइनु। नाफामा चलेका सबै संस्थाहरू बहुदल आएपछि राजनीतिक हस्तक्षेपले एकएक गरी लुटिनु, धराशायी पारिनु र राष्ट्रिय औद्योगिक विकासको मेरुदण्ड नै भा"चिनु र यसप्रति कुनै राजनेता चिन्तित नदेखिनु। विकासको मौका र शक्ति हातमा पाएर पनि यसका लागि कुनै कदम नचाल्ने पदासीनहरू दरिद्रताका लागि जिम्मेवार देखिन्छन्। पदलाई विलासी जीवन यापन गर्ने गतिलो लाभको व्यापार ठानेका नेता नै देशलाई उँधो लगाउने प्रमुख कारक हुन्। नेतालाई यो बुझेर पनि बुझ पचाउने बानी लागेको छ। तर तिनको रुग्ण मानसिकता सच्याउन दबाब दिनसक्ने स्तरको नागरिक चेतना संगठित हुन सकेको छैन। कुल जनसंख्याको पाँच प्रतिशत व्यक्तिको खर्च राजनीतिक दाउपेच, सिफारिस, सरुवाबढुवाजस्ता अनुत्पादक क्रियाकलापबाट चलेको छ। बाँकी ९५ प्रतिशतले दुःख, कष्ट, अन्याय सहेर भोकै बसेर भए पनि ती पाँच प्रतिशतलाई सबै सुविधा पुर्याीउनु परेको छ। नेपाली राजनीतिको प्रवृत्ति 'ट्रेडमिल' को जस्तो छ, जति हि"डेपनि जहा"को त्यही"। यहा"को राजनीतिमा गति चर्को छ तर गन्तव्य कहीँ छैन। गरिबी निवारणका पनि उपाय छन् : आर्थिक 

समुन्नतिलाई विकासको मेरुदण्ड मानी सुशासनलाई प्राथमिकता बनाउने संकल्पवान् नेतालाई राष्ट्रले समर्थन गर्ने। त्यस्तो गुण जुन दल वा स्वतन्त्र व्यक्तिमा देखिए पनि त्यो व्यक्तिलाई व्यापक जनसमर्थन दिने र राष्ट्रिय राजनीतिमा ल्याउने। गुजरातलाई कुवेरराज्य बनाउने नरेन्द्र मोदी, बिहारलाई अपराधिक नर्कबाट मुक्तिदिने नितीश कुमार, सिंगापुरलाई विश्व मानचित्रमा आर्थिक शक्ति बनाएका लिक्वान यु, चीनलाई परम्परागत राजनीतिक दुराग्रहबाट मुक्त गरी जडसिद्धान्तभन्दा आर्थिक विकासलाई प्रमुख विषय मानेर प्रगतिको नया" मोडेल स्थापित गरी चीनलाई विश्वशक्तिमा पुर्यावउने देन सियाउ पेङ, मलेसियालाई उठाएका महाथीरजस्ता विकासको एजेन्डामा कृत संकल्प नेतालाईमात्र चुनावमा जिताउने। विकासलाई महत्व नदिई जातीय, क्षेत्रीय, भाषिकजस्ता भावनात्मक विषयलाई मात्र उठाएर प्रलोभन दिने नेताबाट सावधान हुने। राज्य विभाजन विशुद्ध आर्थिक दृष्टिले हुनुपर्ने। जातीय नारामा आधारित विभाजन भएपनि जनताको जीवन स्तर उक्सेन भने फेरि अशान्ति र विखण्डन चलिरहन्छ। 
त्यसैले भौगोलिक स्रोतमाथिको पहु"चको सुविधा र आर्थिक संभावना नै राज्य विभाजनको मुख्य आधार हुनुपर्छ। राम्रो खान, लाउन, सुशासन र संमृद्धिको संभावना भएपछि कसैले जातभातको रडाको मच्चाउने फुर्सत हुनेछैन। गणतन्त्र भएको ६५ वर्षपछि पनि आज भारतको आसामबाट नेपाली मूलका भारतीय नागरिक खेदिइरहेको छन्। राष्ट्रिय स्तरका नेताले नै महाराष्ट्रमा विहारी र उत्तरप्रदेशका मानिसका पसलमा किनमेल नगर भन्ने नारा लगाउ"छन्। नर्मदा नदीको पानी बा"डफा"टका लागि भारतका राज्यहरूबीच दशकौंदेखि विवाद जारी छ। चण्डीगढलाई पन्जाब या हरियाणा कुन राज्यमा गाभ्ने भन्ने भिडन्तमा हजारौँ मानिस मरे। हामीजस्तो अन्धजातिवादमा फस्ने चर्को जोखिम भएको देशमा त्यस्तै नारा दिएर अवसरवादी नेताले वितण्डा मच्चाउन सक्नेछन्। जातीय राज्यमा अर्को जातको मानिसले आफ्नो प्रतिभा र श्रमले समृद्ध भयो भने ऊ शान्त र सुरक्षित भएर बस्न सक्ला? देशका प्राकृतिक सम्पदा जलविद्युत, कृषि, पर्यटन, जडीबुटीमध्ये कुनै एकको विकास गरिएपनि राष्ट्र आत्मनिर्भर हुनसक्छ। एक व्यक्तिले एक पदमात्र धारण गर्नुपर्छ। 

धेरै जिम्मेवारी पाएपछि कुनैमा पनि उसले समुचित ध्यान दिन सत्तै्कन। बैठकमा पनि आउ"दैन, आएपनि ढिलो आउ"छ, कुनै तयारी नगरी आउ"छ। धेरै बैठकहरू सभापतिको फुर्सद नभएकाले महिनौ बस्नै सत्तै्कनन्। यो युग प्राविधिक युग हो, कुनैपनि विषयको गहन ज्ञान नभई केही गर्न सकिँदैन। पद पाएको विषयमा दखल भएको व्यक्तिले मात्र सो पदको जिम्मेवारी तयारीसाथ गर्नसक्छ र त्यो पदको दायित्व इमान्दारीसाथ निभाउन सक्छ। प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउउने, तीन हजार मेगावाट विद्युत उत्पादन गर्ने र ३० लाख पर्यटक भित्याउने योजना सबैदलले राष्ट्रिय संकल्प गर्दै साझा विकास कार्यक्रम बनाउने। यो लक्ष्य पूरा नभइन्जेलसम्म अरू कुनै विषय उठाई बन्दहडताल जस्ता अनुत्पादक कार्यमा पूर्ण नियन्त्रण गर्ने। एउटा फराकिलो चिन्तन र संकल्प लिने हो भने प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक दृष्टिले सम्पन्न नेपाल थोरै समयमा समृद्ध भई संसार मै नमुना बन्नेमा नेपालको संभावना देखेका सबै विशेषज्ञ एक मत छन् । 
विवेक नपुर्या ई गरिने निर्णयले देशलाई विखण्डनमा लैजाने हो कि भन्ने चिन्ताले देशमा र देशबाहिर बस्ने सबै संवेदनशील नेपालीलाई पिरोलिरहेको छ। तर यही विखण्डनमा निहित स्वार्थ भएकाले आफ्नो भविष्य पनि देखिरहेका होलान्। सानो अति सुन्दर हाम्रो यो नेपाल कहा" पुग्न सक्थ्यो र कहा" पुग्दैछ? यी शब्दहरू सामूहिक पीडाका अभिव्यक्ति हुन्। तर स्वार्थ र अहंकारको दन्ुदुभी बजिरहेको बेला माटोको मायाले उठेको यो झिनो आवाज सुन्ने फुर्सद कसलाई छ? 
This article was published on nagariknews, 16th may, 2012.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More