October 1, 2012

अशल अभिभाबक बन्नकालागि नानीहरुको उमेर अनुसार यसो गरौ

रोजिन शाक्य
व्यस्त जीवनमा कामकाजी अभिभावकका लागि आफ्ना बालबालिकाको लालनपालन ठूलो चुनौती बनेको छ। चुनौती शिशु जन्मनुभन्दा पहिले नै प्रारम्भ हुन्छ। आफ्ना सन्तानलाई नम्बर वन बनाउने दौडमा आमाबाबु सानै उमेरमै आफ्नो सपनाको बोझ उनीहरूमाथि बिसाउन थाल्छन्। यसो गर्दा बालबालिकाले राम्रोसँग बाल्यकाल बिताउन पाउँदैनन्। यो राम्रो कुरा होइन। बालबालिकाको लालनपालन गर्नु आवश्यक छ।

०-६ वर्ष खेल्न दिनुपर्छ 
 यो यस्तो उमेर हो, जसमा शिशुहरू स्वतन्त्रतापूर्वक घरमा चकचक गर्छन् वा खेल्छन्। आफ्नो तरिकाले खेलौना छनोट गर्छन्। त्यसैले आफू उनीहरूका साथमा सहभागी हुनुपर्छ। उनीहरूको तोतेबोलीको आनन्द लिनुपर्छ, उनीहरूको जोकमा हाँस्नुपर्छ र उनीहरूकै जस्तो व्यवहार गर्नुपर्छ। 

कुरा सुन्नुपर्छ 
 अधिकांश आमाबाबु शिशुको कुरा सुन्नुको साटो उनीहरूलाई बेवास्ता गर्छन्। अभिभावकहरूको त्यस्तो व्यवहारका कारण शिशुहरू उनीहरूसित कुरा गर्न डराउने मात्र होइन अन्योलमा समेत पर्छन्। यस्तो स्थितिमा आफैंले उनीहरूको कुरा जान्ने, बुझ्ने प्रयास गर्नुपर्छ। उनीहरूलाई सिकाउनुको साटो देखेर वा हेरेर आफैं सिक्ने, बुझ्ने बनाउनुपर्छ। 

खेलेको हेर्नुपर्छ 
 जब शिशुहरू आफ्ना साथीहरूसित खेल्छन् तब उनीहरू स्वयंलाई कुन रूपमा आफ्ना अभिभावकका सामु प्रस्तुत गर्छन्, हेर्नु आवश्यक छ। यसबाट उनीहरू कस्तो देखिन चाहन्छन् भन्ने कुरा थाहा पाउन सकिन्छ। 

सहभागी बनाउनुपर्छ 
 जब शिशुहरू आफूसित कुनै कार्यमा सहभागी हुन्छन् तब उनीहरूलाई गाली गरेर पठाउनुभन्दा काममा सहभागी गराउनुपर्छ। शिशुको कामको प्रशंसा गर्नुपर्छ। यसबाट उनीहरूसँग राम्रो सम्बन्ध कायम रहन्छ।

सकारात्मक व्यवहार 
 शिशुहरूले कुनै गलत काम गरिरहेका छन् भने उनीहरूलाई अचानक रोक्नुको साटो यसो गर्नुभन्दा त्यसो गर्दा राम्रो हुन्छ भनेर सम्झाउनु, बुझाउनुपर्छ। यसबाट उनीहरूले आफ्नो कुरा बुझ्छन् र गलत काममा आफूलाई रोक्छन्।

उपहारको लोभ दिनुहुँदैन 
 शिशुलाई कुनै गलत काम गर्नबाट रोक्न धेरैजसो अभिभावक कुनै उपहारको लोभ देखाउँछन्। कतिपय अभिभावक सधंैं उपहारको सहारा लिएर आफ्ना बालबालिकाबाट काम गराउँछन्। यदि शिशुहरूले दूध पिउँदैनन् भने खेलौना दिने लोभ देखाएर दूध पिउन लगाइन्छ। यसबाट शिशुहरूले विस्तारै केही गर्न सानो-ठूलो उपहारकै माग गर्छन् जुन कालान्तरमा खतरनाक साबित हुनसक्छ।

दबाब होइन छुट दिनुपर्छ 
 शिशु कुनै विषयमा कमजोर छ भने वा कुनै काम तुरुन्तै गर्न चाहँदैन भने दबाब दिनुको साटो त्यो काम पछि गर्ने छुट दिनुपर्छ। केही समयपछि शिशुको मुड सही देखिएपछि मात्र उक्त काम सम्पन्न गर्न प्रेरित गर्नुपर्छ। यो उपायबाट शिशुले विस्तारै आफ्नो काम सही समयमा गर्न सिक्छन्।

७ देखि ११ वर्ष
यो उमेर विशेष हुन्छ। यो उमेरमा उनीहरूका साथ सही तरिकाले प्रस्तुत हुनु जरुरी हुन्छ र राम्रो व्यवहार गर्नुपर्छ।

स्वतन्त्रता 
 तीव्र परिवर्तनको यो युगमा बालबालिकाहरू आफ्नो उमेरभन्दा चाँडै ठूला हुन्छन्। कम्प्युटर, टिभी तथा इन्टरनेटका कारण धेरै कुरा सिक्छन्। यस्तो कुरामा उनीहरूलाई कुनै प्रतिबन्ध लगाउनु हुँदैन। बढी नियन्त्रण एवं कडा अनुशासनले उनीहरूलाई गलत बाटोमा अग्रसर हुन प्रेरित गर्छ।

बोझ हाल्नुहुँदैन 
 बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउन अभिभावकहरू पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापको बोझ हाल्न खोज्छन्। त्यसपछि अभिभावकको दबाबबाट उनीहरू दिक्क हुन्छन् र अभिभावकबाट पनि टाढा हुन थाल्छन्।

डाक्टर बनाउने सपना देख्नु हुँदैन 
 बालबालिकामाथि कुनै कुरा थोपर्नुपूर्व आफ्नो बाल्यावस्थालाई पनि सम्झनुपर्छ। आफूले देखेको सपना आफैंले पूरा गर्न सकिन्छ भने ठीक छ तर बालबालिकामाथि त्यसको बोझ हाल्नु गलत हो। आफ्नो सन्तान साइन्समा कमजोर भए उसलाई डाक्टर बनाउने सपना देख्नु हुँदैन।

प्रश्नहरूको सही उत्तर दिनुपर्छ 
 यो उमेरमा बालबालिकाहरूसित प्रश्नहरूको लामो सूची हुन्छ। उनीहरू हरेक कुरामा प्रश्न गर्छन्। यस्तोमा दिक्क भएर उनीहरूलाई गाली गर्नु वा हप्काउनु हुँदैन। उनीहरूको हरेक प्रश्नको सही उत्तर दिने प्रयास गर्नुपर्छ। आफ्नो कौतूहलता शान्त गर्न शिशुले आफ्ना संवेदनशील अङ्गका सम्बन्धमा प्रश्न राख्दा पनि राम्रोसँग उत्तर दिनुपर्छ।

कसैसित तुलना नगरौं 
 बालबालिकाहरू पि|mज, कुलर, टिभी वा अन्य कुनै मटेरियल होइनन्, जसको अर्को पिस बजारमा पाइन सक्छ। अतः आफ्ना बालबालिकाहरूको अरूसँग तुलना गर्नु हुँदैन। आफ्ना सन्तानलाई सपोर्ट गर्नुपर्छ।

१२ देखि १५ वर्ष 
यो अत्यन्त संवेदनशील उमेर हो। टिनएजमा उनीहरू स्वयंलाई कुनै नायक-नायिकाभन्दा कम मान्दैनन्। यस्तो अवस्थामा उनीहरूको उडान रोक्नुको अर्थ शत्रु बन्नु मात्र हुन्छ।

सामाजिक जागरुकता बढाउनुपर्छ 
 यो उमेरका केटाकेटीसित थुप्रै प्रश्न हुन्छन् जसको उत्तर दिन त्यति सहज हुँदैन। उनीहरू राति पार्टीमा जान सक्छन् कि सक्दैनन् ? यस्तो प्रश्नको जवाफ दिनमा सामाजिक जागरुकता बढाएर दिन सकिन्छ। समाचारप्रति उनीहरूको रुचि बढाउनुपर्छ। यसबाट विस्तारै उनीहरू आफ्नो प्रश्नको उत्तर स्वयं खोज्न थाल्छन्। उनीहरूलाई वरपर के भैरहेको छ भन्ने विषयमा पनि अवगत गराउनुपर्छ।

छुट जरुरी ः
यो उमेरमा केटाकेटीहरूलाई युवावस्थाको अनुभव हुन थाल्छ। तिनमा प्वाँख पलाउँछ र उनीहरू उडेर यो संसारलाई अनुभव गर्ने चाहना राख्छन्। यस्तो अवस्थामा जब अभिभावकबाट विपरीत उत्तर प्राप्त हुन्छ तब उनीहरू आफ्ना कुरा लुकाउन थाल्छन् र गलत साथीको संगतमा पुगेर कुकर्म गर्न बाध्य हुन्छन् जुन आमाबाबुले कल्पनै गरेका हुँदैनन्।

सहयोग गर्नुपर्छ ः पढाइमा दबाब दिनुको साटो सहयोग गर्नुपर्छ। उनीहरूलाई अध्ययनका अतिरिक्त अन्य कुरामा पनि रोक लगाउनु हुँदैन। कति अंक प्राप्त गर्नुपर्छ र त्यसका लागि के गर्ने भन्ने उनीहरूको आफ्नै लक्ष्य हुन्छ। अभिभावकबाट बढी दबाब भयो भने पनि उनीहरू विपरीत दिशातर्फ उन्मुख हुनसक्छन्।

१६ देखि १९ वर्ष 
 यो उमेरमा केटाकेटीहरू आफूलाई प्रायः एक्लो महसुस गर्छन्। उनीहरू यो उमेरमा न त सानो उमेरका नानीहरूसित खेल्न सक्छन् न ठूलाहरूबीच एडजस्ट हुन सक्छन्। यस्तोमा अभिभावकहरूले नै उनीहरूका राम्रा साथी भएर एक्लोपन टाढा गर्न सक्छन्।

निकटता कायम राख्नुपर्छ 
 लालनपालनको अर्थ मात्र पाल्नु होइन। सबैभन्दा महत्वपूर्ण कुरा आफ्ना बालबालिकाको जति नजिक रहन सकिन्छ त्यति नै राम्रो हुन्छ। यो अवस्थामा बालबालिकाहरू न आफूभन्दा ठूलासित आफ्नो भावना व्यक्त गर्न सक्छन् न त आफूभन्दा सानाका बीच सहज महसुस गर्छन्। यसबाट उनीहरूमा चिडचिडेपन बढ्छ। जसको भावना आमाले मात्र बुझ्न सक्छन्। अतः हरेक आमाले आफ्ना छोराछोरीसित कुरा गर्नुपर्छ, उनीहरूका साथ समय बिताउनुपर्छ र उनीहरूलाई बुझ्ने प्रयास गर्नुपर्छ।

प्रेम गर्नुपर्छ 
 जब बालबालिकाहरू आफ्ना साथीहरूसित बाहिर जाने कुरा गर्छन्, तब जानुपर्दैन भन्नुभन्दा तिनलाई आफूसित घुम्न जान तयार गर्नुपर्छ। साथीभाइसित पनि घुम्न जाने छुट दिनुपर्छ तर आफूसित घुम्न जान बढी प्रेरित गरे आफूलाई उनीहरूको साथी बन्ने अवसर प्राप्त हुन्छ। साथीभाइसितको पिकनिकभन्दा परिवारजनसितको पिकनिकका लागि प्रेरित गर्नुपर्छ। बरु उनीहरूका मिल्ने साथीहरूलाई पनि निमन्त्रणा गर्नु उचित हुछ। यसो गर्दा परिवारजनसित उनीहरूको बढी घुलमिल हुन्छ र उनीहरूका साथीभाइका बारेमा पनि जान्ने-बुझ्ने अवसर प्राप्त हुन्छ।

शारीरिक परिवर्तन 
 यो उमेरमा बालबालिकाहरूमा शारीरिक परिवर्तन हुन्छ। अचानक शारीरिक परिवर्तन भएका कारण उनीहरू असहज महसुस गर्छन्। उनीहरू आफूसित कुरा गर्न पनि सक्दैनन्। अभिभावकले विस्तारपूर्वक यो परिवर्तनका बारेमा सम्झाएर मानसिक अवस्थालाई शान्त गर्नुपर्छ। कतिपय अवस्थामा बालबालिकाहरू आफ्ना मित्रजनका बारेमा भावुक हुन्छन्। उनीहरू आफ्ना मित्रजन मित्रताका लागि लायक छन् कि छैनन् भन्ने विषयमा अन्योलमा पर्छन्। यस्तो अवस्थामा ती मित्रलाई त्याग्न दबाब दिए उनीहरूले नराम्रो महसुस गर्न सक्छन्। 
अतः परिस्थितिअनुसार उनीहरूलाई राम्रोसँग बुझाउनुपर्छ। यसबाट उनीहरूले आफ्नो कुरा बुझ्छन् र नराम्रो संगत एवं कुलतमा फस्नबाट जोगिन्छन्। बालबालिकाले यौनका बारेमा प्रश्न गर्दा उनीहरूलाई रोकिन्छ वा गाली गरिन्छ। उनीहरूलाई घरमा यौनका बारेमा जानकारी नदिने हो भने उनीहरू घरबाहिर आफ्नो यौनसम्बन्धी कौतूहलता शान्त गर्ने प्रयास गर्छन्। 
परिवारका साथमा एडल्ट मुभी हेर्न पाइँदैन, गीत सुन्न पाइँदैन। यौनका विषयमा सही जानकारी पनि दिइँदैन। यदि उनीहरूलाई कुमार्गबाट रोक्न चाहने हो भने यौनका विषयमा पनि खुलेर चर्चा गर्नु जरुरी हुन्छ।
Courtesy: Naari, issue-27-19-127,May 18, 2013

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More