October 1, 2012

कुन समयमा कस्तो खाना खाने ? Myths about food when, what to eat or not? food tips in nepali

खाद्यपदार्थ र त्यसको उपयोगको तौरतरिकालाई लिएर विश्वभर अनेकौं धारणा प्रचलित छन् । यसमध्ये कतिपय धारणा वैज्ञानिक हिसाबले सत्य छन् भने कतिपय केवल भ्रमपूर्ण देखा पर्छन् ।
बेलुकाको पाँच बजेपछि कार्बोहाइड्रेडयुक्त भोजन खानु हुन्छ कि हुँदैन ?

यदि तौल नियन्त्रण गर्ने हो भने पाँच होइन सात बजेपछि कार्बोहाइड्रेडयुक्त पदार्थ खानुहुँदैन । राति त्यस्ता चीज खानुपर्छ जुन सजिलैसँग पच्न सक्छन् ।
केरा र स्याउमा आइरन बढी हुन्छ । त्यसैले काटेपछि तिनको रंग परिवर्तन भएर
रातोरातो वा खैरो हुन्छ?

खैरो हुने कारण आइरन नभई इन्जाइम हो। 
खैरो रंग गाढा हुँदै जानुका पछाडि ती फलहरूमा हुने फिनालिक कम्पाउन्डको अक्सिडेसनले भूमिका खेलेको हुन्छ, यो कम्पाउन्ड हावाको सम्पर्कमा आएपछि रंग परिवर्तन हुन्छ।


दूध एवं दूधजन्य पदार्थ बाल्यकाल बितेपछि उपयोगी हुँदैनन्।
दूध एवं दूधजन्य पदार्थमा प्रोटिनका अतिरिक्त एमिनो एसिड, पmयाटी एसिड तथा क्याल्सियमका साथै भिटामिन ए, डी तथा म्याग्नेसियम, फोस्फोरस तथा पोटासियम पनि हुन्छ तसर्थ दूध सबैका लागि उपयुक्त भोजन हो।

खाना पकाउने बेलामा हालिएको नुनले भन्दा छर्केर खाएको नुनले हानि गर्छ ।
खाना पकाउने बेलामा हालिएको होस् वा पाकेपछि माथिबाट छर्किएको नुन होस् दुवैमा सोडियमको मात्रा एक समान हुन्छ।
आइरनको राम्रो स्रोत भएको हुनाले पालुङोको सागले रगतको कमी हुन दिँदैन।
थुप्रै प्रकारका पात भएका सागसब्जीमा पर्याप्त आइरन पाइन्छ । ब्रोकाउलीमा ४० मिलिग्राम, तोरीमा १६-३० मिलिग्राम, गाजरको पातमा १८ मिलिग्राम, चौलाईमा २० मिलिग्राम आइरन हुन्छ जब कि पालुङ्गोमा केवल १ दशमलव १ मिलिग्राम आइरन हुन्छ ।
सुजी अन्न होइन सुजी मैदाको दानादार रूप हो । यसमा पोषक तत्वको मात्रा पालिस लगाइएको चामल तथा मैदासरह हुन्छ ।
सुगर प|mी उत्पादन स्वस्थ हुन्छ ?
सामान्यतया मानिसहरू सुगर प|mी उत्पादनलाई कम क्यालोरीयुक्त मानेर मधुमेह एवं तौल नियन्त्रणका लागि उपयोगी मान्छन् तर यस्ता उत्पादन अनेकौं नदेखिने खालका सुगरले युक्त हुन्छन् । यस्ता चीजको बढी सेवनबाट स्वास्थ्यमा विपरीत प्रभाव पर्न सक्छ ।
अण्डामा कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ, त्यसकारण अण्डा खानु हुँदैन ।
एउटा अण्डामा २ सय १५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । केवल एउटा अण्डाको जर्दीमा ३ सय मिलिग्राम कोलेस्ट्रोल हुन्छ तथापि अण्डामा अन्य पौष्टिक पदार्थ प्रशस्त मात्रामा पाइन्छ । हालै गरिएको एक अध्ययनअनुसार जसले प्रतिदिन एउटा अण्डा खान्छ उसलाई अण्डा नखाने व्यक्तिको तुलनामा हृदय रोगको खतरा कम हुन्छ।

उपवास बसेपछि शरीरबाट टक्सिन बाहिर निस्कन्छ।
उपवासले अतिरिक्त क्यालोरीमा नियन्त्रण गर्छ तर उपवास बसेका बेला रिच डाइट, फलफूल, जुस तथा ड्राइ प|mुट्सहरू खानाले त्यसको फल उल्टो पनि हुनसक्छ।

चिनी खाए मधुमेह हुन्छ ?
चिनी नखाए मधुमेह हुँदैन भन्ने सोच गलत हो । स्टार्च, पmयाट, प्रोटिन तथा चिनीजस्ता क्यालोरीयुक्त खाद्यपदार्थले शरीरमा इन्सुलिनको मात्रा बढाएर मधुमेहलाई जन्म दिन्छन् । जब शरीर कार्बोहाइड्रेड पचाउन असक्षम हुन्छ तब मधुमेह हुन्छ।
महजस्ता प्राकृतिक पदार्थ चिनीका विकल्प हुन्।
धेरैजसो मानिस के सोच्छन् भने यस्ता पदार्थ सुगर प|mी एवं कम क्यालोरीयुक्त प्राकृतिक स्रोत हुन् तथा यिनलाई प्रशोधन पनि गरिएको हुँदैन त्यसैले यी नोक्सानदायक हुँदैनन् । जब कि १ चम्चा महमा ६५ क्यालोरी तथा १ चम्चा चिनीमा ४६ क्यालोरी हुन्छ । ग्लाइस्मिक इन्डेक्स पनि महमा ८७ तथा चिनीमा ५९ हुन्छ।

नुन नहालेको खानाले छिटै तौल घटाउँछ।स्मरणीय के छ भने सोडियम कम भएपछि पानी कम हुन्छ न कि पmयाट । स्नायु प्रणालीले ठीक ढंगमा काम गर्न सोडियम आवश्यक हुन्छ । नुन कम खानु डिप्रेसन, स्वभाव परिवर्तन तथा कमजोरीको कारण बन्न सक्छ।
सुगरले मुडलाई प्रभावित गर्छ।मानिसको दिमाग ऊर्जाका लागि पूर्णरूपमा ब्लड सुगर -ग्लुकोज) माथि निर्भर हुन्छ । यसको कमीका कारण हाइपोग्लिमिया, कमजोरी, डिप्रेसन, दिमागी असन्तुलन आदि हुनसक्छ ।
राति मेटाबोलिज्म सिस्टम सुस्त हुन्छ, त्यसैले बिहान गर्‍हुँगो नास्ता आवश्यक छ।
बिहानको नास्ता दिनभरिको ऊर्जाका लागि आवश्यक हुन्छ तर गर्‍हुँगो नास्ता गरिरहनु पर्दैन। 
केरा वा दूध खाएर पनि काम चलाउन सकिन्छ ।

माछा खानेबित्तिकै दूध पिउनु हुँदैन।सधैं होइन तथापि कुनै-कुनै बेला यसलाई मान्नु राम्रो हुनसक्छ।
गुलियो नहुने फलफूलको जुस प्राकृतिक एवं सुगर प|mी हुन्छ।
ती अवश्य पनि कम क्यालोरीयुक्त हुन्छन् तथापि प|mुकटोस हुने भएका कारण सुगर प|mी भने हुँदैनन्।
राति काँक्रो खानु हुँदैन।राति काँक्रो खानु हुँदैन भन्ने कुनै वैज्ञानिक आधार छैन । मज्जाले खान सकिन्छ ।
खाली पेट नास्तामा फलफूल खानु हुँदैन ।
खान सकिन्छ । यसमा कुनै आपत्ति छैन।

राति दही खानु हुँदैन।विज्ञानले यो कुरा मान्दैन ।
कागती पानी खानाले हड्डीमा पीडा हुन्छ ।
सामान्य अवस्थामा हुँदैन तर कसैकसैलाई भिटामिन सीले बिगार गर्न सक्छ ।

गर्भावस्थामा मेवा र भुइँकटहर खानु हुँदैन।यसमा कुनै वैज्ञानिक आधार छैन। पौष्टिक एवं सुपाच्य भएका कारण चिकित्सकहरू खाने सल्लाह दिन्छन्।

एसिडयुक्त तथा नुनिलो खाद्यपदार्थ आल्मुनियमको भाँडामा राख्नुहुँदैन।टोम्याटो सस, साम्भर तथा चटनीजस्ता सिट्रस खाद्यपदार्थ आल्मुनियमको भाँडामा राख्दा त्यसले आल्मुनियम सोस्छ।

खाना फलामको भाँडामा पकाउनु हुँदैन।नेपालजस्तो देश जहाँ थुप्रै मानिस रक्तअल्पताको सिकार छन्, त्यहाँ यसो गर्नु लाभदायक हुन्छ । आइरन कन्टेनरमा पास्ता सस बनाउँदा त्यसमा आइरनको मात्रा ३ सय प्रतिशतसम्म बढ्छ।
ननस्टिक भाँडामा खाना बनाउनु सुरक्षित छ।
टेफलोन कोटेड ननस्टिक कुक वेयरका अनेकौं फाइदा छन् । यसमा खाना पकाउँदा तेल कम लाग्छ तथा सफा गर्न पनि सजिलो हुन्छ तर स्क्र्याच भएपछि भने यस्ता भाँडामा पकाइएको खाना खानु हानिकारक हुनसक्छ ।

डाल्डा घिउ मक्खनभन्दा राम्रो हुन्छ ।डाल्डा हाइड्रोजन ग्यासद्वारा ताप तथा प्रेसर दिएर भेजिटेबल तेलबाट बनाइन्छ । यसमा पाइने ट्रान्स पmयाटी एसिडले राम्रो कोलेस्ट्रोललाई घटाएर हानिकारक कोलेस्ट्रोल वृद्धि गर्छ । मक्खनले खराब कोलेस्ट्रोल वृद्धि गर्दैन । १ चम्चा मक्खनमा केवल १५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । मक्खनमा फाइदाजनक खनिज, भिटामिन एवं एमिनो एसिड हुन्छ जुन डाल्डा घिउमा पाइँदैन ।

घिउ खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।कोलेस्ट्रोल एवं सेचुरेटेड पmयाटको डरले मानिसहरू घिउ खान डराउँछन् । सत्य के हो भने शुद्ध घिउमा ६५ प्रतिशत सेचुरेटेड तथा ३५ प्रतिशत मोनोअनसेचुरेटेड पmयाटी एसिड हुन्छ । यो जैतुनको तेल जति नै गुणकारी हुन्छ ।
मह बालबालिकाका लागि फाइदाजनक हुन्छ।मह ब्याक्टेरियामैत्री हुन्छ । बालबालिकालाई अप्रशोधित मह ख्वाउनु हुँदैन । महमा हुने ं क्लस्टिरिडियम बोट्युलाइनम व्याक्टेरियाका कारण कहिलेकाहीँ फुड प्वाइजनिङ हुन्छ जसले गम्भीर रोग बनेर बालबालिकाको स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ ।
रिफाइन्ड तेल मुटु र स्वास्थ्य दुवैका लागि राम्रो हुन्छ ।
रिफाइनिङ गर्ने क्रममा कडा तापमान दिइने हुनाले आवश्यक पmयाटी एसिड, प्राकृतिक भिटामिन जस्तो भिटामिन ई तथा एन्टिअक्सिडेन्ट तत्व नष्ट हुन्छन् । यस्तो अवस्थामा यो हानिकारक भएर मुटु रोग हुने खतरा बढ्छ ।
तरल पदार्थ माइक्रोवेभमा तताउनु हुँदैन ।धेरै तताउनाले तरल पदार्थ उम्लिएर बाहिर आई नोक्सान गर्न सक्छ ।
ड्राइ प|mुट्समा कोलेस्ट्रोल बढी हुन्छ ।
एक शोधअनुसार ड्राइ फुट बराबर फाइदाजनक अरू खाद्यपदार्थ छैनन् । यो न केवल कोलेस्ट्रोलरहित हुन्छ बल्की यसमा कोलेस्ट्रोल पनि कम हुन्छ । २०-३० ग्राम ड्राइ प|mुट्स नियमित खानाले तौल नियन्त्रण हुनुका साथै कतिपय रोगबाट छुटकारा पनि मिल्छ ।
खाना खाएको एक घन्टाभित्र पौडी खेल्नु गलत हो ।यो भनाइको कुनै वैज्ञानिक आधार छैन । कतिपय पौडीबाज पौडी खेल्ने क्रममा पनि खाइरहेका हुन्छन् । 
जसको केश तैलीय छ उसले बढी घिउ-तेलयुक्त खाना खानु हुँदैन ।
धेरै चिल्लो खाना स्वास्थ्यका लागि हानिकारक हुनसक्छ तर त्यसले केशमा कुनै असर पुर्‍याउँदैन ।ताजा सुन्तलाको रस चिस्याएको रसभन्दा फाइदाजनक हुन्छ ।
यो केवल भ्रम हो । अनुसन्धानकर्ताहरूका अनुसार चिस्याइएको सुन्तलाको रस ताजा जुसको तुलनामा बढी भिटामिन सीयुक्त हुन्छ । यति मात्र होइन, चिसो भएका कारण यसमा भिटामिन रहने समय पनि बढ्छ । किनभने भिटामिन सी सजिलै नष्ट हुन्छ जब कि प्रशोधन गरेपछि यो लामो समयसम्म टिक्छ ।

कलेजो पौष्टिक खाद्यपदार्थ हो ।कलेजोमा थुप्रै प्रकारका खनिज र भिटामिन हुन्छन् तर यसमा चिल्लो पदार्थ र कोलेस्ट्रोल पनि धेरै हुन्छ ।

ह्याङओभर हटाउन दही ख्वाउनुपर्छ ।नशा उतार्न कागती पानी ख्वाउनुपर्छ । दही ख्वाउँदा नशा कम हुने आधार छैन ।

काठको चपिङ बोर्ड स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
राम्रोसँग सफाइ गर्ने हो भने काठको चपिङ बोर्ड विकल्परहित छ ।
प्रशोधित खाद्यपदार्थभन्दा काँचो खाना खानु राम्रो हुन्छ ।
कुनै चीज काँचै खानु नोक्सानदायक हुन्छ । अहिलेको आधुनिक जीवन शैलीमा प्रशोधित खाद्य पदार्थबाट बच्न मुस्किल छ तथापि स्वस्थ रहन त्यसबाट टाढै रहनु राम्रो हुन्छ ।
जुन खाद्यपदार्थ हेर्दा र सुँघ्दा प्राकृतिक लाग्छ त्यो सुरक्षित हुन्छ ।
सधैं त्यस्तो हुँदैन । कतिपय अवस्थामा खाद्य पदार्थमा बाहिरबाट त्यसलाई बिगार्ने व्याक्टेरिया प्रवेश गरेका हुन्छन् ।
दैनिक एउटा स्याउ खाने हो भने रोगबाट टाढा रहन सकिन्छ ।यसमा कुनै शंका छैन कि स्याउ गुणकारी फल हो तर यसमा धेरै भिटामिन हुँदैन ।
तौल नियन्त्रणका लागि खानपानमा केवल फलफूलमाथि निर्भर हुनु उचित हुन्छ ।
यसो गर्नु ठीक हुँदैन । शरीर स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक हुन्छ । त्यसैले फलफूलका अतिरिक्त अन्य पदार्थ पनि मिलाएर खानुपर्छ ।

नोडाइट अथवा एकै प्रकारको खानेकुरामा जोड दिनुपर्छ ।सीमित खाना स्वास्थ्यका लागि लाभदायक हुन्छ । जस्तो कि फल खाएका बेला फलमात्र, सलाद र सागसब्जी लिएका बेला त्यो मात्र तथा दाल, रोटी र भात खाएको बेला त्यो मात्र एकदिनमा पनि समय मिलाएर खानु उपयुक्त हुन्छ ।
कुनै फलफूल वा तरकारीको ठाउँमा त्यसको सप्लिमेन्ट लिन सकिन्छ ।
यो गलत धारणा हो । फलफूल एवं सागसब्जीमा आ-आपmनै फाइटोकेमिकल्स हुन्छ । फाइटोकेमिकल्सको सुरक्षित माध्यम प्राकृतिक खाद्यपदार्थ हो, सप्लिमेन्ट होइन ।
कुनै वंशानुगत कारणले इटिङ डिसअर्डर हुन्छ ।
कुनै नजिकका नातेदारको इटिङ डिसअर्डरका कारण आफैं पनि त्यसको सिकार हुन सकिन्छ । यसमा खानपानको मात्र नभै स्वभाव एवं व्यवहारगत समस्या पनि कारक हुनसक्छ ।
कफी खानाले रक्तचाप बढ्छ ।यो विवादास्पद विषय हो र यस विषयमा अनुसन्धान भैरहेको छ । शोधकर्ताहरूका अनुसार दिनमा चार कपभन्दा बढी कफी पिउनाले थोरै रक्तचाप वृद्धि हुन्छ ।
लेट्युसको पात खाएर स्लिम हुन सकिन्छ ।
यसमा प्रशस्त क्यालोरी हुन्छ तर यसमा चिल्लो पनि बढी हुने हुँदा धेरै खानु हुँदैन ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More