May 25, 2013

Happy Buddha Jayanti-बुद्धधर्ममा पञ्चशील-कुमार्गबाट टाढा भई दुःखमुक्त सत्मार्गमा अघि बढ्न प्रेरणा


— भिक्ष्ँुसंघरक्षित स्थविर “सद्धम्म कोविद”

शील केहो?
अनुचित पापकार्यबाट अलग्गैराख्नेराम्रोआचरण, असल स्वभाव शील हो। जाल–जंजालमयभवदुःखबाट मुक्त गराउनेसद्बीज शील हो।कलुषित नराम्रो चित्तलाई दमन गर्नसक्नेशक्तिपुञ्ज शील हो। 

भगवान्बुद्धलेएकसमयमाभन्नुभएकोछ—
सीलेन सुगतिंयन्ति, सीलेन भोगसम्पदा ।सीलेन निब्बुतिंयन्ति, तस्मा सीलंविसोधये।।

अर्थ—शील राम्ररी पालन गर्ने व्यक्तिलाई सुगतिमा लान्छ, शीलले भोगसम्पत्ति दिन्छ । अझ शीलले निर्वाणसम्म पनि पु¥याइदिन्छ । तसर्थशील राम्रोसंग शुद्ध हुनेगरी पालन गर्नु पर्छ।

शील पालन गर्दाका गुण 
“दीघनिकाय” तथा “उदान” ग्रन्थमा शील पालन गर्नाका पाू चवटा गुणहरू रहेकोकुरा उल्लेखमाआएका छन्। 

ती हुन्—
१. शीलवान्व्यक्ति प्रमाद वा बेहोशमा नपर्ने हुनालेधेरैधेरैधनसम्पत्ति प्राप्त हुन्छ, भएकोधन विनाशहुनेसंभावना कमैमात्र रहन्छ ।
२. शील पालन गर्ने व्यक्तिकोयशकीर्तिचारैतिर फैलिन्छ, सबैलेसम्मानकोदृष्टिलेहेर्दछ ।
३. जुनैसभामा गए पनि निर्भीक र निशंकोचरूपलेजानसक्छ, मनमा कुनैपनि किसिमकोडर र त्रास हुदैन ।
४. शील पालन गर्ने शीलवान्बेहोश भएर मर्नपर्दै न, अप्रमादीपू र्वक नैप्राण त्याग गर्दछ ।
५. शीलवान्व्यक्ति योनश्वर शरीरलाईत्यागेर मरेपनि सुगतिमा उत्पन्न हुन्छ, दुर्गतिमा गएरदुःखकष्ट भोग गर्नु पर्दै न ।


 शील अन्तर्गत आउनेपञ्चशील 
प्रत्येक व्यक्तिले
आ–आफ्ना आचरण राम्रोपार्नकोलागि, 
आ–आफ्नोबोलीलाईपरिशुद्ध तु ल्याउनकोलागि पनि शील पालन गर्नु पर्दछ । 

शील भन्नालेपञ्चशील, अष्टशील, दशशील, आ–आफू लेपालन गर्नु पर्ने कत्र्तव्यहरू भन्नेबुझिन्छ । यसमा पनि सामान्यतः शील भन्नालेधेरैलेपञ्चशील नैबुझ्नेगरिएकोपनि पाइन्छ ।बौद्ध परम्पराअनुसार जुनसुकैबौद्ध उत्सव वा कार्यक्रम पनि पञ्चशील प्रार्थनाद्वारा थालनी गर्ने प्रचलन अद्यावधि छू दैछ, चाहेत्योकुनैभिक्षुहरू समक्ष होस्अथवा बुद्धप्रतिमा सम्मुख नैकिन नहोस्। 
जीवनमा पालन गर्नु पर्ने पाू चवटा राम्रा शिक्षापद भएकालेनैयसलाईपञ्चशील भनिएकोहो। ती पाू चवटा

शीलहरू यसप्रकारछन्—
१. पाणातिपाता अर्थात्कुनैपनि प्राणीलाईदुःख–कष्ट नदिनु, नमार्नु 
२. अदिन्नादाना अर्थात्अरूकोचीजबस्तुचोरेर नलिनु, नसोधिकन पनि नलिनु
३. कामेसुमिच्छाचारा अर्थात्परस्त्री÷परपुरूष गमन नगर्नु , व्यभिचार नगर्नु 
४. मुसावादा अर्थात्असत्य–झुठोकुरा नबो ल्नु, ख्याल ख्यालैमा पनि भुठोनबोल्नेप्रयत्न गर्नु तथा
५. सुरामेरय मज्जपमादट्ठाना अर्थात्अम्मल नशालुपदार्थसेवन नगर्नु , जाू ड रक्सी आदि नखानु।

शील प्रार्थना किन ?
प्रत्येक व्यक्तिलेआ–आफू मा विद्यमान दोष, भू ल तथा अवगुणहरूलाईस्वयंलेथाहापाईत्यसबाट अलग्गिन शीलप्रार्थना गर्नु पर्छ। आफू भित्र लुकेर रहेका नराम्रा पाप प्रवृत्तिहरूलाईत्याग गर्नपञ्चशील धारणागरिन्छ । आ–आफ्नोआचरण व्यवहारमा निर्मलता, निर्दो षता कायम गरी सबैसंग मैत्रीपू र्वक पारस्परिकमेलमिलापपू र्णजीवन यापन गर्नकोलागि पञ्चशील प्रार्थना गरिन्छ ।
समग्ररूपमा भन्नुपर्दा, आ–आफ्नोचरित्रलाईआ–आफ्नो व्यवहारलाई नराम्रो र असत्कामकुराहरूबाट टाढा नैराखी असल सुवचन सुकार्यमाभिजेर परिशुद्ध बन्नका निम्ति पञ्चशीलकोप्रार्थना तथा व्यवहारमा पालना गर्ने गरिन्छ ।स्मरणीय छ, शील प्रार्थना गर्नु ठू लोकुरा होइन, बरू राम्ररी त्यसकोपालन गर्नु चाहिंमहत्वपू र्णकुरा हो।यसैले, आफू बडोचनाखोरहेर अप्रमादी–होशपू र्वक राम्रोआचरणयुक्त शील पालन गर्नसदा–सर्वदा प्रयत्नशील रहनुजरूरी हुन्छ । 

तिब्बती बौद्ध लोकोक्ति यसरी पनि रहेकोछ— 
“जसलेशील (धर्म) बुझेकोछ तर प्रयोगमा ल्याउू दैन, ऊ त्योमान्छेसरह छ जसलेबत्ती बाल्छ र आू खा चिम्लिन्छ ।”

शीलरहित देश र जीवन कस्तोहोला ?
योसंसारमा हेर्दै जानेहोभनेआधाभन्दा बढी जनसंख्यालाईत पञ्चशीलकोसम्बन्धमा केही पनि थाहाभएकैहुदैन, यसमा कुनैशंका छैन । त्यसोहोभनेयदि पञ्चशील भनेकोथाहानैनपाउनेव्यक्तिलेत्यसकोपालन गर्नकसरी संभव होला ? पञ्चशीलमात्र पनि पालन नगर्ने कुनैव्यक्तिकोआचरणमा केराम्रोविश्वास हला ? उनीहरू कसरी आफू लाईअुनशासित रसंयमित बनाउन सक्लान् ? अनि त्यस्ताशीलरहित व्यक्तिहरूलेभरिएकोपरिवार कस्तोहोला ? टोल, समाज कस्तोहोला ? पू रा देशकोभविष्य नैकस्तोहोला ? झन्अमू  ल्य योमानवजीवन कस्तोहोला ? योकुरा पनि सोचनीय हुन आउू दछ ।यहाू , आफ्नोआचरण–व्यवहार परिशुद्ध तु ल्याउन, शीलमा आबद्ध हुन स्वयंलाईअर्पणगर्ने त्यागी–प्रव्रजितहरू पनि कहिलेकाहींबेहोशीलेदुश्शील र भ्रष्ट हुनेकार्यगर्नपुग्छन्, दुर्गतिगामीपनि बन्नपुग्नेहुन्छन्भने,१) पञ्चशील भन्नेशब्द नैकेही नजानेका,नबुझेका,२) जानेबुझेता पनि शील पालन गर्नतिर पटक्कैध्यान नदिईबेवास्ता देखाउने,३) पञ्चशीलमध्येएक न एक शीललाईवा सबैशीललाईबिगारेर बस्नेमान्छेहरू मृत्युपश्चात्टाउकोबज्रिनेगरी दुर्गतिमा पतन हुनेकुरा अवश्यम्भावी छ ।

जीवनकोफाइदा–बेफाइदा 
जसरी व्यापारीलेकेही रकम लगानी गरी व्यापार गर्दाफाइदैकोचाहना राख्दछ, बेफाइदाकोआशा पक्कैपनि राखेकोहु ू दैन, त्यसरी नैमनुष्य जीवनमा हामीलेफाइदा हुने, सद्गतिमा पुग्नेकुशल कल्याणकारी कार्यगर्नजान्नुपर्छ। यसलाईअझ स्पष्टरूपमा बुझ्नकोलागि यहाू यसरी पनि बुझौ ं—१) मृत्युपछि मनुष्य जीवन नैप्राप्त भएमा अहिलेझै ंसमान भयो, केही कुनैफाइदा भएन ।२) मृत्यपछि सद्गति प्राप्ति भएर देवत्व ब्रह्मात्वमा पुगेविजय नैभयो, हामीलाईफाइदा नैभयो।३) मृत्युपछि दुर्गतिमा परेर पशु–पंक्षी, असुर, प्र  ेत र नारकीय प्राणीहरूमध्येकुनैमा पतन हुनपुगेनराम्ररी घाटाभयो, जीवनमा बेफाइदा नैभयो।
दुर्गतिबाट सुगतिमा पुग्न गा¥हो
कथंकदाचित्हामीमध्येकोही दुर्गतिमा पतन भयोभनेत्यहाू बाट मुक्त हुन र सुगतिमा पुग्न भनेकोसा¥हैगा¥होकाम हो। सबैलाईथाहाभएकैकुरा हो, दुर्गतिकोअवस्थामा धर्मकोकुरा सुन्न अति दुर्लभ वा कठिन हुन्छ ।धर्मो पदेश सुनिहालेमा पनि बुझ्न गा¥होहुन्छ वा भनौ ं, बुझ्न असम्भव प्रायः हुन्छ । त्यस्ता प्राणीलेपापमुक्त पुण्यकार्यगर्नु भनेकोआकाशकोफल आू खा तरी मर भनेझै ंहो। तसर्थ, एकपल्ट दुर्गतिमा पतन भइसकेपछि  फेरि त्यसबाट मुक्त भएर सद्गतिमा पुग्नकोलागि आशामात्र गर्नपनि अति गा¥होछ । यसैलेदुर्गतिमा पतन गराउनेत्यस्ता नराम्रोदुर्वचन र दुष्कर्मलाईत्याग्न जान्नुपर्छ। सुख र शान्तिकोमू ल एवंसद्गतिकोप्रवेशमार्गरूपी राम्रोआचरण, राम्रोशिक्षा र राम्रोशीललाईहरहमेसा परिपालना गर्नतत्पर हुनुपर्छ।

हिंसा गर्नु हुन्न 
सबैलाईथाहाभएकैकुरा हो, यहाू जसलेअरूलाईदुःख–कष्ट दिन्छ, उसलाईदुःखकष्ट दिनेअर्को आउू छ । जसलेअरूलाईमार्ने , हत्या–हिंसा गर्ने अपराध गर्दछ, उसलाईमार्ने पनि अर्को व्यक्ति जन्मिसकेकोहुन्छ । पुनः हिंसक व्यक्तिकोरूपलावण्यमा सौन्दर्यताकोकमी हुन्छ, शीलस्वभावमा कमी भइरहन्छ ।रूपमा विरूपता, अपांग, दुर्बल, कुष्ठरोग, अरूकोघृणा, अशान्त स्वभाव, अलक्षण, सू रोनभईकातर,बलशक्ति हीन, अस्पष्ट बोलीलेहास्यास्पद बन्ने, लाटो, एक्लैभईदुःख भोग्नुपर्ने , फाइदाजनक कार्यमा लाग्न नसक्ने, आफ्नोधनधान्य लुटाएर बस्नुपर्ने , अरूबाट मर्नु पर्ने , प्रियजनसंग बिछोडिने, अल्पायुहुने, दुर्गतिगामीहुनेआदि सम्पू र्णविपाक प्राणीहिंसाकैदुष्परिणाम हुन्भन्नेकुरा बौद्ध वाङ्मयमा उल्लेख गरिएकोछ । त्यस्तै,लोभलाग्दोआकर्षक रूप, अ¨प्रत्य¨ परिपू र्णशरीर, शू र–वीर, शक्तिमान्, अरूबाट मृत्युहुन नपर्ने , ठू लोसम्पन्न परिवार, रोग व्याधिकोकमी, प्रिय बियोग नहुने, दीर्घायुआदि भनेहिंसा नगर्दाका राम्रा फल वा सुपरिणामहरूहुन्।

चोरी गर्नु हुन्न 
आफ्नोमनभित्रकोलोभलेगर्दा, तृष्णाकोकारणलेगर्दामान्छेलेचोरी गर्दछ । आफ्नोचिजबस्तुहराउू दा वा कसैबाट चोरिंदा योआफ्नोमन दुख्छ, अरूलाईधिक्कार्दछ तर पनि हामी जानी–नजानी अर्काकोचिजबस्तुचोरी पनि गर्नपुग्छौ ं, कस्तोअचम्म ।दरिद्र–दुःखी बन्ने, कमाइकोधन स्थिर नहुने, कडा परिश्रमलेमात्र केही प्राप्त हुने, राजा, पानी, आगो,चोर र शत्रुहरूबाट सधै ंभयभीत हुने, नीच्कुलमा अनेक दुःख भोग्नुपर्ने , खाने, पिउनेकुराकोअभावमा माग्दैबाू च्नुपर्ने , चोरीकोदुष्टतालेदुर्गतिगामी हुनेआदि चोरी गर्दाका नराम्रँ विपाकहरू हुन्। धनसम्पत्तिकोपरिपू र्णता,स्थिरता, इच्छित बस्तुकोसहज प्राप्ति, चोर, शत्रुआदिद्वारा अनिष्ट नहुनेधनधान्य हुनेआदि चोरी नगर्दाका राम्रँफलहरू हुन्भनी बौद्ध साहित्यमा उल्लेख भएकोछ ।

व्यभिचार गर्नु हुन्न 
इज्जत र प्रतिष्ठा भनेकोसबैकोप्यारोविषय हो। यसमा बाधा पुग्दा जोसुकैलाईपनि मन नपर्नु ,भित्रैदेखि रिस आउनुस्वभाविक कुरा हो। यसका बावजू द पनि मान्छेहरू व्यभिचार भ्रष्टाचार गर्नपछि पर्दै न ।धेरैकोअप्रिय शत्रुबन्ने, अरूकोसहयोग बिल्कुलैनपाउने, सजिलैउठ्न, बस्न र सुत्न नसक्ने, नपु ंसकहुने, मरणपश्चात्अपाय दुर्गति भोग्नुपर्ने आदि व्यभिचार गर्नाका नराम्रा दुष्परिणामहरू हुन्। त्यस्तै, शत्रुरहित भईपारस्परिक हेलमेल बढ्ने, आनन्दलेसुत्न, बस्न, उठ्न सकिने, चिन्ता पीर नभईप्रतिष्ठालेप्र  ेमपू र्वक बाू च्न सकिनेआदि व्यभिचार नगर्नु का राम्रा फलहरू हुन्।

असत्य बोल्नुहुन्न 
असत्य मिठोलाग्नसक्छ तर परिणाम भनेयसकोभयावह एवंअप्रिय नैहुन्छ । झुठोबो ल्नेमान्छेमनपर्छकिभनी कसैलाईसोधेमा सबैबाट एउटैजवाफ आउनेछ,मनपर्दै न । पक्का हो, हामीलाईपनि झुठोबो ल्नेमान्छेमन पर्दै न तर जानेर होस्अथवा नजानेर, हामी आफै ंझुठोबोलिदिन्छौ ं।अशुद्ध कुलमा विरूप हुने, लाटोबक नफुट्ने,दाू तकोबनावट नमिली अस्पष्ट बोलाइ हुने, अति मोटोअथवा अति दुब्लोतथा अति भद्दा अथवा अति पुड्केशरीरहुने, दुर्गन्धित, अरूलेकुरा सुन्न पटक्कैमन नपराउने,मरणपश्चात्दुर्गतिगामी हुनेइत्यादि असत्य कुरा बो ल्नाका दुष्परिणामहरू हुन्। त्यस्तै, राम्रोइन्द्रिय भएकोशरीर लाभ, दाू तहरूकोपंक्तिबद्ध सौन्दर्य, अनावश्यक रूपलेमोटो–दुब्लोनभईमध्यम ठिक्ककोशरीर, मुखबाट सुवासना, सबैलेकुरा पत्याउने, आज्ञाकारी बन्नेआदि झुठोनबो ल्नुका असल परिणामहरू हुन्।
सुरापान गर्नु हुन्न 

विभिन्न कारण देखाई, विभिन्न बाध्यता औ ं ल्याईमान्छेअम्मल नशामा चुर्लु म्मिनेगर्दछ । एकपल्ट मान्छेअम्मल नशालुपदार्थकोकुलतमा फू सेपछि दीर्घकालसम्म फू स्छ, फू सिरहन्छ । यसकोसेवनलेहानी सिवाय कुनैलाभ छैन, थाहा छ तर पनि जाू ड–रक्सी आदि नशालाईआफ्नोअभिन्नरूपमा अंगालिरहन्छ ।बुद्धिहीन, स्मृतिहीन, अल्छी, बदमास, पागल जीवन, समाधिरहित, द्वेषी–क्रोधी, कपटी–ईश्र्यालुचित्त, झुठ्ठा,चुकली गर्ने , कृतध्न, दान–शील नजान्ने, पापकार्यमा निर्लज्ज र निर्भय हुने, मिथ्यादृष्टिमा परी दुष्ट नीच कर्मगर्ने आदि नशा सेवन गर्नु का अनिवार्यदुष्परिणाम हुन्। त्यस्तै, ज्ञान–बुद्धि युक्त, निरालसी, ईश्र्यारहित, स्मृतिवान्,प्रमादविहीन, शान्त–सभ्य स्वभाव, कुकर्ममा लज्जा र भय हुने, प्रतिष्ठा रहनेकुरामात्र गर्नजान्नेहुनेआदि नशा सेवन नगर्दाहुनेराम्रा परिणाम वा आनिशंसहरू हुन्भनी बौद्ध वाङ्मयमा स्पष्ट उल्लेख गरिएकोछ ।

उपसंहार 
सकेमा नित्य शीलप्रार्थना गरौ ं, तर नराम्रोकाम–कुरा गर्नवा हुनलाग्दा सजग–सचेत भनेअवश्यैबनौ ं ं।जबसम्म हामी स्वयंशीलकोमहिमा, महत्व र वास्तविकता जान्न सक्तैनौ ं, भित्री ह्दयलेअनुभव र अनुभू ति गर्नजान्दैनौ ं, तबसम्म नराम्रोव्यवहारबाट अलग्गिन र शीलमा प्रतिष्ठित हुन गा¥होमात्र होइन, असंभव प्रायः नैहुन्छ । 

तसर्थ, शील–पञ्चशीलकोवास्तविकता जानेर शील परिपालना गर्नसकौ ं,
कुमार्गबाट टाढा भईदुःखमुक्त सन्मार्गमा अघि बढ्न सफल होऔ ं, यही हाम्रोसामू हिक आवाज हुनुपर्छ। भगवान्बुद्ध आफ्ना अनुयायीभिक्षुहरूलाईभनिरहनुहुन्थ्यो—– असंमयी दुराचारी भैदेशकोअन्न खानुभन्दा आगोझै ंरातोतातेकोफलामकोडल्लोखानुबेस छ ।– दुराचारी र असमाहित पुरूषकोसय वर्षकोजीवनभन्दा सदाचारी र ध्यानी पुरूषका एक दिनकोजीवन नैबेस छ ।



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More