January 12, 2014

भ्रस्ट पद्दति र प्रवृति बिरुद्ध एकल बृहस्पति डा. गोविन्द केसी फेरी आमरण अनसनमा

प्रा. डा.गोविन्द केसीले त्रिविका पदाधिकारीको दबाबमा राजीनामा दिन बाध्य पारिएका डिन प्रकाश सायमीको पुनर्बहाली हुनुपर्ने, नयाँ डिन नियुक्ती प्रक्रियाको छानबिन गर्नुपर्ने, संस्थानको क्षमता बिस्तार नगरी थप मेडिकल कलेजको सम्बन्धन प्रक्रिया बन्द गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका भ्रष्ट पदाधिकारीलाई कारबाही गर्नुपर्ने चार सूत्रीय माग अघि सारे र पुनः अनसन सुरु गरेका छन् ।

नेसनल मेडिकल कलेज, नेपाल प्रहरीको मेडिकल कलेज, मनमोहन मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजलाई सम्बन्धन दिन दवाव आएपछि डिन सायमीले २ पुसदेखि लागू हुने गरी १९ मंसीरमा राजीनामा दिएका थिए । उनको राजनीनमा त्रिवि कार्यकारी परिषदले २४ पुसमा स्वीकृत गरेको थियो ।

कार्यकारी परिषदले २५ पुसमा नयाँ डिनमा विवादित छविका चिकित्सक डा. शशी शर्मालाई नियुक्त गरेको थियो । विना राजनीतिक हस्तक्षेप पदाधिकारी नियुक्तिको माग गर्दै प्रा।डा। केसी पटकपटक अनसन बसेपछि १ भदौ २०६९ मा प्रा।डा। सायमी डिन नियुक्त भएका थिए ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More