March 3, 2014

कन्डम प्रयोग कसरी ?कन्डमको प्रयोगबाट यौनानन्दमा कुनै कमी आउँदैन-how to use condom?

अचेल धेरैजसो युवा प्रायः कन्डम बोक्छन् । तिनले वालेट/पर्समा लुकाएर कन्डम राख्ने गरेका हुन्छन् । तर, तीमध्ये धेरैजसोलाई कन्डमलाई उपयोगको समय प्रभावकारी हुने गरी कसरी सुरक्षित राख्ने वा त्यसको सही प्रयोग गर्ने कसरी भन्नेबारे खासै थाहा हुन्न । तिनले कन्डमलाई आफ्नो पार्टनरसँग सम्पर्कको अनुमति दिने औजारका रुपमा लिने गरेका छन् ।

'लामो समयसम्म मनि ब्यागमा राखिएको कन्डम सुरक्षित हुँदैन', छाला तथा यौन रोग विभाग, त्रिवि शिक्षण असपतालका डा. दिनेशविनोद पोखरेल भन्छन्, तापक्रम, घर्षण आदिले गर्दा यसरी राखिएको कन्डम सुरक्षित प्रयोगको म्याद नाघ्नुअघि नै बिगि्रसक्छ । यस्तो कन्डमबाट पूर्ण सुरक्षाको ग्यारेन्टी हुँदैन ।'

सुरक्षित ठाउँमा भण्डारण गरिएको कन्डम प्रयोग गर्नुपर्ने जनाउँदै पोखरेल थप्छन्, 'कन्डमको प्याकेट च्यात्नुभन्दा अघि यो पूरा टाँसिएको छ कि छैन भन्ने हेर्नपर्छ । टाँसिनुको मतलब बिगि्रनु हो । एक्स्पायरी डेट पनि ख्याल गर्नुपर्छ ।'

आफूले चाहेको समयमा उपयोग गर्न घरमा ल्याइएको कन्डमलाई उपयुक्त स्थानमा भण्डारण गर्नुपर्छ । यसलाई अतिरिक्त प्रकाश, गर्मी आदिबाट जोगाउनुपर्छ । कन्डमलाइ चिसो र अँध्यारो स्थानमा राख्नुपर्छ । उपयोगभन्दा पहिले प्याकेटबाट निकाल्नुहुन्न ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को तथ्यपत्र अनुसार, कन्डमको नियमित र सही उपयोगले यौन क्रियाका माध्यमले सर्ने एचआईभी जस्ता रोगको जोखिम त कम हुन्छ । तर, यसले यौन सञ्चारित रोगबाट पूर्णरूपेण बचाउ भने गर्दैन ।

अचेल गर्भनिरोधसँगै एचआईभी लगायतका यौन रोगबाट जोगाउन सघाउने खालका विभिन्न कन्डम बजारमा पाइन्छन् । सुगन्धित (फ्लेभर्ड) कन्डम पनि जताततै पाइन्छ । चकलेट, स्ट्रबेरी, मिन्ट, केरा आदिको सुगन्धयुक्त कन्डम मुख्यतः मुखमैथुनका लागि बनाइएको हुन्छ । यसलाई सामान्य यौन क्रिया (पेनिट्रेटिभ सेक्स) का लागि समेत उपयोग गर्न सकिन्छ । यस्तो कन्डम सामान्य यौन क्रियामा उपयोग गर्दा भने त्यो सुगर फ्री छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ ।

'फ्लेभर्ड कन्डममा कास्ना र स्वादको लागि केही न केही मात्रामा चिनी प्रयोग गरिएको हुन्छ,' डा. पोखरेल भन्छन्, 'त्यसैले यस्तो कन्डम सहवासमा उपयोग गर्दा तपाईंको पार्टनरको यौन अंगमा संक्रमणको सम्भावना हुन्छ ।'

नेपाल परिवार नियोजन संघका डा. ओम महर्जनका अनुसार, बास्नायुक्त कन्डममा भएको गुलियोपनाले योनिलगायतका अंगमा ब्याक्टेरियाको संख्या बढाउँछ । सहवासमा यस्ता कन्डमको उपयोगले शारीरिक रूपमा पूर्ण स्वस्थ व्यक्तिलाई खासै फरक नपार्ने भए पनि मधुमेहले पीडितहरूलाई त्यति उपयोगी मानिन्न ।

बजारमा पाइने डटेड कन्डमले अलि बढी उत्तेजना दिने गरेको डा. महर्जन बताउँछन् । युवाहरूले बढी रुचाउने यस्ता कन्डमलाई छाम्दा नै दानादाना अनुभव हुन्छ ।

'तर, योनि सुक्खा हुने समस्या भएकाहरूको लागि डटेड कन्डमको उपयोग थप पीडादायी हुन्छ', डा. पोखरेल भन्छन्, 'यसमा हुने बढी घर्षणले गर्दा योनि झिल्ली च्यातिने, बढी दुख्ने हुन सक्छ । योनि सुक्खा हुने समस्या भएकाहरूमा यस्तो कन्डम प्रयोग गर्दा कन्डममा सकेसम्म चिप्लो पदार्थ (लुबि्रकेन्ट) को प्रयोग गर्नुपर्छ ।'

तर, कन्डम चिप्लो बनाउन नरिवल वा अन्य तेल, भेसलिन आदि घरमा उपयोग गरिने चिल्लो वस्तु व्यवहारमा ल्याउनु हुँदैन । यसो गरे कन्डम च्यातिन्छ । पोखरेलका अनुसार, कनडममा सधैं पानी जस्तो सुरक्षित चिप्लो पदार्थ लगाउनुपर्छ । बरु केही पाइएन भने शुद्घ पानी उपयोग गरे हुन्छ ।

अचेल कन्डम लगाए पनि नलगाए झैं अनुभव दिलाउन अति पातला कन्डम पनि बजारमा आउन थालेका छन् । यस्ता कन्डमले यौनानन्द बढी दिए पनि च्यातिने डर बढी हुन्छ । कन्डम जति पातलो हुन्छ, सहज रूपमा प्रयोग गर्दा च्यातिने सम्भावना पनि त्यति नै बढी हुन्छ ।

डा. पोखरेलका अनुसार, हाल भाइब्रेटिङ कन्डम पनि पाइन्छ, जुन फयान्टासी र यौनको नयाँ स्वाद लिन चाहने युवाहरूमाझ बढी आकर्षणको वस्तु बनेको छ । यसबारे हालसम्म विस्तृत अध्ययन त भएको छैन, तर यसले स्वास्थ्यलाई खासै बिगार भने गर्दैन ।

लेटेक्स अर्थात् रबरबाट एलर्जी भएकाहरूले कन्डम उपयोग गर्दा चिलाउने, पोल्ने, बिमिरा आउने आदि समस्या देखिन सक्छ । यस्ता व्यक्तिले कन्डम उपयोग गर्नु हुँदैन । परिवार नियोजनका लागि उपयोग गरिने भए अन्य विकल्प रोज्नुपर्ने डा. महर्जन सुझाउँछन् ।

केही व्यक्तिमा कन्डमले यौन सम्बन्धमा स्पर्शको आनन्द दिँदैन भन्ने धारणा व्याप्त छ । तर चिकित्सिकहरूका अनुसार, कन्डमको प्रयोगबाट यौनानन्दमा कुनै कमी आउँदैन । यौन प्रजनन विशेषज्ञ डा. खेम कार्की भन्छन्, 'यो भ्रम हो । कन्डम प्रयोग गर्दा दुवै यौन साथीको चरमोत्कर्षमा पुग्ने क्षमतामा अलिकति पनि कमी आउँदैन । कन्डम उपयोग गर्दा गर्भ बस्दैन र रोग नसर्नेमा ढुक्क रहन पाइने हुनाले झन् बढी आनन्द प्राप्त हुने गर्छ ।'

लिंग पूर्ण रुपमा उत्थित नभएको अवस्थामा कन्डम लगाउनु वा लिंगको माथिसम्म नलगाउनु यसको गलत उपयोग हो । डा. कार्कीका अनुसार, यौन सम्पर्कपछि कन्डम निकाल्दा सावधानी अपनाउनुपर्छ । यौनांग खुम्चिनु अगावै कन्डम झिक्नुपर्छ ।

यौनकर्मीसँग सम्पर्क राख्ने बेला युवाहरूमा थप सुरक्षाका लागि दुइटा कन्डम लगाउने अभ्यास देखिएको छ ।

एकै पटक दुइटा कन्डम उपयोग गर्नुले बढी सुरक्षा दिन्छ भन्ने सोच्नु अर्को भ्रम हो । यस्तो गर्नाले कन्डम च्यातिने सम्भावना झन् बढी हुन्छ । यस्तै, कन्डमलाई नङ, औंला ादिले नोक्सान पुर्‍याउन सक्छ । यसको प्रयोग गर्नुअघि प्याकेटमा लेखिएको निर्देशन पढ्ने गर्नुपर्छ ।

अर्को कुरा, कन्डम किन्दा त्यसको लेबल अवश्य परीक्षण गर्नुपर्छ । गर्भधारण र यौनजन्य रोगबाट बचाउका लागि फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले प्रमाणित गरेको कन्डम मात्र किन्ने गर्नुपर्छ ।

हाम्रो मुलुकमा हालसम्म नेपालीहरूका लागि कुन आकारको कन्डम उपयुक्त हुन्छ भन्ने अध्ययन गरिएको छैन । यहाँ उपयोग गरिने कन्डम अन्तर्राष्ट्रिय स्तरमा निर्धारित आकारका छन् । भारतीय

चिकित्सा अनुसन्धान परिषद ले सन २००६ मा गरेको अध्ययन अनुसार, मुम्बईका ६० प्रतिशत पुरुषको लिंगको आकार अन्तर्राष्ट्रिय कन्डमको दाँजोमा २.५ सेन्टिमिटर सानो छ ।



सुरक्षा कसरी ?

- म्याद नाघे/ननाघेको हेर्नुपर्छ

- लामो समयसम्म वालेट/पर्समा राख्नु हुन्न

- तातो ठाउँमा, घाम सीधा पर्ने गरी राख्नु हुन्न

- फ्लेभर्ड कन्डम यौनक्रियामा उपयोग गर्नु हुन्न

- धेरै पातलो भए च्यातिने जोखिम बढी हुन्छ

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More