November 18, 2014

Potato seeds in Nepal-अब बियाँ रोप्दा आलु फल्ने आलुनै रोप्नु पर्ने झन्झट टर्ने भो

किसानलाई आलु फलाउनका लागि आलु नै रोप्नुपर्ने बाध्यता टरेको छ । राष्ट्रिय आलुबाली विकास तथा अनुसन्धान केन्द्र खुमलटार ललितपुरले आलु खेतीका लागि बियाँ तयार पारेपछि किसानलाई आलु फलाउन आलु नै रोप्नुपर्ने बाध्यता हटेको छ।
अनुसन्धान केन्द्रले तयार पारेको आलुको वियाँबाट तयार पारेको आलुको विउ पहिलोपटक लमजुङमा भित्रायको हो । जिल्ला कृषि विकास कार्यालय लमजुङले पहिलो पटक जिल्लामा बियाँबाट आलुखेती गर्नको लागि बियाँ ल्याएको हो ।

परम्परागत तरिकाले आलुको दानाबाट आलुखेती गदा आलुको उत्पादन घट्दै गएपछि बियाँबाट आलुखेती गर्नका लागि एकसय पोका बियाँ ल्याएको कृषि विकास कार्यालयले बताएको छ । दुई सय रुपैयाँ पर्ने आलुको बिउलाई जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदान अर्थात एक सय रुपैयाँमा किसानलाई बिक्रीवितरण शुरु गरेको छ ।

बियाँबाट आलुखेती बिस्तारका लागि वर्ण शंकर नामको आलुको बिउ लमजुङमा ल्याएको हो । बियाँबाट रोपिने आलुमा डढुवा रोगको प्रकोप कम हुने, बिउ अभावले आलुखेती हुन नसकेको ठाउँमा सजिलै खेती गर्न सकिने, पहिले भन्दा आलु खेती निकै सस्तो पर्ने, बीउको लागतमा कमी, ढुवानी र भण्डारण गर्न सजिलो हुने, बिउमा प्रयोग हुने आलु खानामा प्रयोग गर्न सकिने र बियाँको उपचार गर्नुपरेमा कम खर्च लाग्ने भएकाले बियाँबाट आलु उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालय लमजुङका बागबानी विकास अधिकृत ज्ञानप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बियाँबाट आलुखेती गर्नका लागि बारीमा अग्लो ब्याड बनाएर आलुको बियाँ जमाउनुपर्ने अधिकारीले बताउनु भयो । बिरुवा उमार्नका लागि ब्याडको माटोलाई आवश्यकता अनुसार मसिनो बनाएर त्यसमा पाकेको कम्पोष्ट मल प्रति वर्गमिटरमा ४ देखि ५ किलोको दरले मिसाउनुपर्ने उनको भनाई छ । यसैगरी रासायनिक मलको हकमा डी।ए।पी २०, युरिया १० र म्युरेटअफ पोटास २० ग्राम प्रति वर्गकिलोमिटर र ब्याडको उपचारका लागि बियाँ छरिसकेपछि बेभिष्टिन धुलो २ ग्राम पानीमा मिसाएर सिँचाइ गर्नुपर्ने अधिकारीले बतोनु भयो । ब्याडमा जमाएको विरुवा २५ दिनमा तयार हुने उहाँले बताउनु भयो ।

परम्परागत आलुखेती गर्न सजिलो भएपनि बढी बीउको आवश्यकता पर्ने, बीउमा लागेको कीरा नियन्त्रण गर्न निकै अप्ठेरो र खर्चिलो पनि हुने भएकाले पनि आलु उत्पादन पछिल्लो समय घट्न थालेको छ । लमजुङमा बिशेष गरी करापुटार, भोर्लेटार, रम्घा, धमिलिकुवा, बेसीशहर क्षेत्रलाई आलुको लागि पकेट क्षेत्रको रुपमा मानिन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More