March 18, 2015

अथ्राइटिसको आयुर्वेदिक उपचार- Ayurvedic treatment of arthritis



आफूले खाएको अन्नको आधारमा तन र मनले काम गरेको हुन्छ । त्यसैले उचित भोजन सेवन गर्न आवश्यक पर्छ । यसले मानव शरीरलाई स्वस्थ र निरोगी राख्छ । स्वस्थ खानपानले शरीरमा प्रतिरोधात्मक क्षमतामा सुधार, हृदयाघातको संभावनामा कमी, घातक रोग (क्यान्सर, पक्षघात, मधुमेह) आदिबाट बचाउँछ ।
आयुर्वेद विज्ञानमा सम्पूर्ण रोगको मुख्य कारण भोजन, जीवनशैली र व्यायाम मानिएको छ । अस्वस्थ खानपानले हुने रोगमध्ये अथ्राइटिस पनि एक हो । यो रोग अब उमेर पुगेका व्यक्तिहरुमा मात्र हुने भएन । बढ्दो अस्वथकर खानपानले हरेक उमेरका व्यक्तिलाई देखिन थालेको छ । विशेष प्रकारका स्वस्थकर खानपानबाट अथ्राईटिसको दुःखाईबाट आराम पाउन सकिन्छ र जोर्नीहरुलाई पुग्नसक्ने संभाविता खतराबाट बचाउन मद्धत मिल्छ । शरीरको पाचनतन्त्रलाई अस्वस्थकर खाना पचाउन गा¥ह«ो पर्छ । यसले उल्टै विशाक्त तत्व उत्पन्न गराउँछ । यस्तो विशाक्त तत्व शरीरका जोर्नीहरुमा पुगेपछि अथ्राइटिसका लक्षण देखिन थाल्छ । एन्टि अक्सिडेन्टले शरीरको लागि घातक रेडिकल्सलाई नियन्त्रण गर्छ । अथ्राइटिस १०० भन्दा बढि प्रकारका हुन्छन् । तर मुख्य रुपमा गउन्ट अथ्राइटिस, अस्टियो अथ्राइटिस र ¥यूमोट्वाइड अथ्राइटिस मुख्य मानिन्छ ।
अथ्राइटिसका कारण
बूढेसकाल, अत्यधिक परिश्रम र मोटो शरीर, अत्यधिक नूनिलो, अमिलो, पिरो, क्षारयुक्त, स्निग्ध र तातो भोजन, शरीरमा क्याल्सियम, म्याग्नेसियम, प्रोटिन, अत्यावश्यक फ्याटी एसिडको कमी, चिसो, ओसिलो ठाउँमा बसाई, मद्यपान, धुम्रपान, रोग प्रतिरोधात्मक क्षमताको कमी आदिका कारण अथ्राइटिस हुनसक्छ ।
अथ्राइटिसका लक्षण
जोर्नीहरुमा धेरै पीडा, मांसपेशी, लिगामेन्टमा इन्फ्लामेसन, हिँडडूल गर्दा जोर्नीहरु दुख्ने, चिसो मौसम र हावा चलेको बेला जोर्नीहरु चलाउन गा¥ह«ो, जोर्नीहरु सुन्निने र ज्वरो आउने आदि ।
ध्यान राख्नुपर्ने कुरा
प्रशस्त मनतातो पानी पिउने तर धेरै चिसो नपिउने, भुटेको, तारेको, तातो, मसालादार खाना नखाने, एन्टिबायोटिक, स्टेरोइड, निकोटिन र पेनकिलरको सेवन नगर्ने, दिउँसो नसुत्ने र राति जागा नबस्ने, शारीरिक वजन नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, धेरैपटक उकालो र भरयाङ्ग नचढ्ने, चिसो मौसममा न्यानो कपडा लगाउने, खानामा चिल्लो कम गर्ने, खानामा नून र सोडियमको मात्रा कम गर्ने, योग, ध्यान, साधना नियमित गर्ने, पचाउन सक्ने भोजन मात्र लिने, धेरै चिन्ता नलिने, धेरै परिश्रम नगरी आराम लिने ।
खान नहुने खाना
चकलेट, कैण्डी, कैक, पेस्टी, जैम, मह, चिकन, ज्यादा चिसो पानी, रातो मासु, मकै, आँटा, धेरै नून, सेतो आलु, तमाकु, रातो खुर्सानी, दूधबाट बनेका वस्तु, अण्डा, माछा, आदि ।
खान हुने खाना
ताजा फल र तरकारी, ताजा तरकारीको सुप र जूस, नरिवल पानी र जरिवल दूध, गाँजरको जूस, कांक्रोको रस, धनियाँ, अद्रक, सौंफ, लसुन, निम्बू, आदिको मसाला, मुंगको दाल र चामल मिलाएर बनाएको खिचडी, रसायन नमिसिएको फाईबरयुक्त खाना, तरबुजा, मेवा, स्याउ, शाकाहारी भोजन, जौ एवं गौं आदि ।
अथ्राइटिसमा उपयोगी जडिबुटी
अदुवा ः अदुवाले दुःखाई र इन्फालेमेशनमा फाईदा पु¥याउँछ ।
बेसार ः यसले हरिद्रा प्रोस्टाग्लान्डिसको उत्पादनमा कमी ल्याउँछ र कर्टिसोललाई सञ्चालित छ । जसको फलस्वरुप इन्फेलेशनमा कमी आउँछ ।
अश्वगन्धा ः यसको प्रयोगले ¥यूमेटिजम, उच्च रक्तचाप, शरीरको प्रतिरोधमत्मक गडबडि र इन्फेलेमेशन आदिलाई ठिक गर्छ । अन्य जडिबुटिहरुमा गुग्गुल, वचा, पूर्ननवा, मुस्ता, र्निगुण्डी, त्रिकटु, दालचिनी, हर्रो आािद । यस्ता चिजले अथ्राइटिसको नियन्त्रणमा मद्दत गर्छन् । यसको साथ आराम, व्यायाम र उचित भोजन महत्वपूर्ण हुन्छ ।
घरेलु उपचार
हरेक दिन बिहान र बेलुका मनतातो पानीमा कागति रस, स्वादअनुसार नून वा चिनी मिसाएर पिउनाले फाइदा गर्छ । मेथीको सागको तरकारी खाने, दालचिनीलाई मसिनो धूलो पारेर लेप बनाउने र दुःखेको ठाउँमा लगाउने, चिसो मौसममा तिलको तेल दुःखेको ठाउँ र नुहाएपछि टाउकोमा मालिस गर्ने, १ गिलास मनतातो पानीमा १ चम्चा मह र १ चम्चा दालचिनी मिसाई विहान बेलुका सेवन गर्ने, दैनिक २—३ वटा लसुनको पोटी सेवन गर्नाले फाइदा मिल्छ । भिटामिन सी युक्त खाना खाने, अदुवाको रस मिसाएर दैनिक एक गिलास पानी खानाले दुःखाई कम हुन्छ । ३—५ ओटा हर्रो पिसेर सख्खर मिलाएर पिउने, ज्वानाको तेलले मालिस गर्दा दुखेको ठाउँमा आराम मिल्छ । १० ग्राम कपुर र २०० मि.लि. तोरीको तेल मिसाउने, यसलाई कपुर नपग्लने समयसम्म घाममा राख्ने र पग्लेपछि शरिरमा मसाज गर्ने । फिटकिरीलाई मनतातो पानीमा घुलाएर जोर्नीमा लगाउँदा सुन्निेएको कम हुन्छ । बोझोको जराको लेप बनाएर दुःखेको ठाउँमा लगाउँदा सुन्निएको र दुःखाई कम हुन्छ ।
आयुर्वेद उपचार
यदि अथ्राइटिसको सुरुको अवस्थामा उपचार गरेमा चाँडो ठीक हुन्छ । सामान्य घरेलु उपचार र खानपानमा सुधार गर्नाले पनि ठिक नभएमा आयुर्वेद चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्दछ । आयुर्वेद सिद्धान्त अनुसार, अथ्राइटिसमा स्वस्थ आहार, औषधी सेवन, व्यायाम, र पञ्चकर्म चिकित्सा पद्धति आदि बताइएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरेपछि अथ्राइटिस पूर्ण रुपमा ठीक हुन्छ ।
योग अभ्यास
योग, प्राणायाम, साधना र व्यायामको दैनिक अभ्यासले अथ्राइटिसमा फाइदा मिल्छ । विहान बेलुका नियमित शारीरिक अभ्यास गर्नाले जोर्नीहरु मजबुत हुँदै जान्छन् । यसका लागि तालिमप्राप्त योग प्रशिक्षकको सल्लाह लिनुपर्छ । ताडासन, पवनमुक्तासन, मकरासन, स्वस्तिकासन, जानुहस्तासन, भुजङ्गासन, विरासन, त्रिकोणासन, वृक्षासन आदिको आसन लिन सकिन्छ । कपालभाँती, अनुलोम विलोम आदि प्राणायाम गर्न सकिन्छ । स्टिम बाथ, बस्तिकर्म, सन बाथ, बिहान मनतातो पानी पिउने जस्ता प्राकृतिक चिकित्सा पद्धतिले पनि अथ्राइटिस नियन्त्रणमा सहयोग पु¥याउँछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More