May 4, 2015

किन टोक्छ सर्पले ? सर्पले टोकी हालेमा के गर्ने ?-Snake bite treatment insructions in Nepali

किन टोक्छ सर्पले ?
जाडो समयमा सर्पहरू कुनै न्यानो ठाउँमा हलचल नगरी केही नखाई बसिरहन्छन् जसलाई बैज्ञानिक भाषमा हाइवरनेसन भनिन्छ । तर गर्मीयाममा सर्पहरू बाहिर निस्कन्छन् । प्रायजसो सा“झ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बच्चा खेल्ने ठाउँ तथा मानिसको घरसमेतमा आउने गर्छन् । मुख्यतः करेँत सर्प मानिसको घरमा समेत पस्छन् । सर्पको आहारा मानिसको बालीनालीलाई बिगार्ने मुसा र किराफट्यांग्रा हुने भएकाले धेरैले यसलाई राम्रो मान्छन् र मार्दैनन् पनि । सर्पको आहार मानिस होईनन् । बरू मानिसदेखि सर्प डराउ“छन् । त्यसैले सर्पले मानिसलाई हत्तपत्त टोक्दैन । यदि कसैले जान अन्जानमा सर्पलाई चलाएमा प्रत्याक्रमणस्वरुप वा आफ्नो बचाउका लागि सर्पले टोक्ने गर्छ । घरभित्र पसेको करेँत सर्पलाई निदाएको व्यक्तिले हातखुट्टा चलाउ“दा वा घच्चा लागेमा सर्पले आफ्नो बचाउस्वरूप निदाएको मानिसलाई टोकिदिन्छ ।


कसरी छुट्याउने बिषालु सर्प ?
हुन त सर्पलाई हेरेर विषालु वा विष नलाग्ने भनेर छुट्याउन गाह्रो हुन्छ । विषालु सर्पको मुखमा दुईवटा फ्या¨ (भाँंचिएको भए एउटा, त्यो पनि नहुन सक्छ) तथा कत्ला पेटको एक छेऊदेखि अर्को छेऊसम्म हुन्छ । टाउकोको कत्ला सानो तर धेरै हुन्छ । तर सर्प हेरेरै भने ढुक्क हुनुुहु“दैन ।
विषालु सर्पको विष तीन प्रकारको हुन्छ ।
१. हिमोटक्सिन (रगतमा असर गर्ने )
२. न्यूरोटक्सिन (स्नायू तन्तुमा असर गर्ने)
३. मायोटक्सिन (मांसपेशीमा असर गर्ने ) । यिनै विषको आधारमा बिरामीमा लक्षण देखिन्छ ।

सर्पको टोकाईबाट कसरी बच्ने ?
सर्पको टोकाईपछि उपचार गर्नुभन्दा सर्पको टोकाईबाट बच्नु नै उत्तम हो । यस्ता व्यवहारिक उपाय अपनाएर सर्पको टोकाईबाट बच्न सकिन्छ ।
१. सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ ।
२. घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जंगल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ ।
३. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चा¨, ढु¨ा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरु घर वरपर कदापि हुनुहुन्न ।
४. सर्पलाई जिस्क्याउनु वा चलाउँनु हुँदैन, कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ ।
५. सर्पले मरेको जस्तो स्वा¨ पार्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनुहुँदैन । बरू अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ ।
६. साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथै अभिभावकले आफ्नो बच्चामाथि विषेश निगरानी राख्नु पर्छ ।
७. राती सुत्दा झूलको प्रयोग गर्नु पर्छ ।
८. सर्पको बढी प्रकोप भएको ठाउमा सकभर एक्लै हिड्नु हुँदैन ।
९. ताल—तलाऊ, नदी—नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।

सर्पले टोकेमा देखिने संकेत
टोक्ने सम्पूर्ण सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्पहरूको टोकाई विष नलाग्ने खालको हुने गरेको एक तथ्यांकले देखाएको छ । तर सर्पले टोकेमा मान्छे आत्तिने गर्छन् । यसले उनीहरूमा तनाव सृजना भई हृदयाघात हुन्छ र त्यसैकारणले पनि मृत्यु हुने गरेको छ । विषालु सर्पले टोकेमा विषको प्रकारको आधारमा लक्षण देखापर्न थाल्छ ।

सामान्यतया सर्पले टोकेको ठाउँमा यस्ता लक्षण देखिन्छन्क)
 दुईवटा फ्या¨ (डसेको चिन्ह) हुन्छ ।
ख) सुन्निन्छ
ग) दुख्छ
घ) रगत बग्न सक्छ
ङ) फोका आउन सक्छ
च) टोकेको क्षेत्रका लिम्फनोड बढ्न सक्छ ।
छ) ढिलो भएमा पाक्ने, संक्रमित हुने र तन्तुहरू मरेर जाने हुनसक्छ ।
२. टोकेको भागभन्दा शरीरका अन्य भागमा देखिने लक्षण
क) प्रारम्भिक लक्षण
– चक्कर लाग्ने तथा बान्ता आउने
– अल्छी लाग्ने
– पेट दुख्ने
– सम्पूर्ण शरीर दुख्ने
– तनाव सृजना हुने
– बिरामी निदाउने
– रक्तचाप कम हुने
– नडीको चाल बढ्ने
ख) ढिलो देखिने लक्षण
– बान्ता आउने
– बिरामी शकमा गई बेहोस हुनसक्ने
– फोक्सो सुनिन गई श्वास फेर्न गाह्रो हुन्छ ।
– रगतमा असर पार्ने विष लागेमा अत्याधिक रक्तश्राव हुने तथा नाक, कान, आ“खा, गिजा, मुख, पिसाबमार्ग तथा योनिमार्गबाट समेत रक्तश्राव भई बिरामीमा पानीको मात्रा कम हुने र बेहोससमेत हुने गर्छ ।
– स्नायुतन्तुमा असर गर्ने विष भएमा ¥याल बढी बग्ने, आँखाका ढकनी तल झर्ने, मुटुको चाल बढ्ने । श्वास फेर्न गाह्रो हुने गर्दछ ।

सर्पले टोकी हालेमा के गर्ने ?
सबै सर्प विषालु हु“दैनन् र टोक्नासाथ व्यक्तिको मृत्यु पनि हु“दैन । तुरुन्त मृत्यु भएमा बिरामी डराएर मुटुघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ
१. तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने
२. टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ आंैला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने (प्रेसर व्यान्डेज)
३. टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट (काम्रो) को प्रयोग गर्ने र सक्दोचा“डो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पु¥याउने ।
४. सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने, तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न
५. उपचार नहुन्जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने
सर्पले टोकेमा के गर्नु हुदैन ?
हाम्रो समाजमा अन्धविश्वास व्याप्त भएकाले सर्पले टोकेमा यस्ता कार्य गर्नुहँुदैन ः
१. सर्प मार्ने प्रयास नगर्ने बरू विरामीलाई प्राथमिक उपचार दिने र सक्दो चा“डो अस्पताल पु¥याउने
२. टोकेको ठाउलाई नचलाउने, चलाएमा शरीरमा विष चाँडै पस्न सक्छ
३. बिरामीलाई सन्चो नभएसम्म वा अस्पतालमा उपचार नगर्दासम्म प्रेसर व्यान्डेज नहटाउने ।
४. ब्यान्डेज धेरै कसेर बाँध्नुहुदैन तथा डोरीले टोकेको भागभन्दा माथि बाँध्नु हुदैन यसो गरेमा रक्त सञ्चार रोकिन गई त्यस भागका तन्तु मर्न सक्छन् र ती भाग÷अंग नै नष्ट हुन सक्छन् ।
५. धामीझाँक्री, तन्त्रमन्त्र तथा झारपातको प्रयोग गरेर बिष लागेको वा नलागेको छुट्याउन सकिंदैन । बरू बिरामीको ज्यान जान सक्छ तसर्थ सक्दो चाँडो बिरामीलाई अस्पताल पु¥याउनुपर्छ ।
७. पुराना विधि जस्तै ः धारिलो हतियारले चिर्ने, अंग नै काट्ने, डढाउने गर्नुहुँदैन यसो गर्नाले अत्यधिक रक्तश्राव भई मृत्युसमेत हुन सक्छ ।
८. टोकेको ठाउमा रसायनको प्रयोग पनि गर्नु हुदैन ।
९. मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य पनि गर्नुहुँदैन ।
हाम्रो समाजमा व्याप्त केही अन्धविश्वास

हाम्रो समाजमा केही अन्धविश्वासहरू अझै पनि व्याप्त छन । आधारहीन यस्ता अन्धविश्वासका कारण सर्पको टोकाईबाट कयौंको ज्यानसमेत जाने गरेको छ । हाम्रो समाजमा यस्ता केही अन्धविश्वास अझैं पनि व्याप्त छन् ।
१. खुर्सानी खाएर सर्पले टोके–नटोकेको थाहा हुन्छ ।
२. धामीझाँक्रीले फूकेको भरमा सर्पको विष हराएर जान्छ ।
३े कुखुराको मल टोकेको भागमा लगाउ“दा विष हराएर जान्छ ।
४. टोकेको भागभन्दा माथि कसेर बाँधेमा सर्पको विष माथि सर्दैन ।
के गर्नुपर्छ अब ?
सर्पको प्रकोप भएको तराईका जिल्लामा सरकारले सर्पसम्बन्धी जानकारीमुलक कार्यक्रम ल्याउनु अति आवश्यक छ साथै उपचारका लागि उचित व्यबस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ । हुन त सरकारले विराटनगर, जनकपुर, चितवन तथा नेपालगंजमा यससम्बन्धी तालिम दिएर सर्प उपचारसम्बन्धी जानकारी राख्ने करिब पाँचसय जनशक्ति उत्पादन गरिसकेको छ । अस्पतालमा सर्प विष प्रतिरोधात्मक सेरम को प्रयोगबाट सर्पको विषलाई समाप्त पार्ने गरिन्छ । नेपालमा पाईने एएसभी धेरै विषहरूको विरूद्धमा हुन्छ त्यसैले यसलाई पोलीभेलेन्ट एएसभी भनिन्छ । विदेशमा भने कुनै खास विषविरुद्ध लड्ने खालको एएसभी पनि पाईन्छ र त्यस्ता एएसभीलाई मोनोभ्यालेन्ट एएसभी भनिन्छ । तर उपचार पद्दति भए पनि उपचार पाएर सबै बिरामी बा“च्छन् भन्ने ग्यारेन्टी हुन्न त्यसैले सर्पको टोकाईबाट बच्ने उपाय अपनाउनु नै बुद्धिमानी हुनेछ ।
डा. मुकेशकुमार शाह

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More