September 24, 2015

कुन बाटो रोज्ने – अग्रगमन कि आत्मघात ?

By: Punya Prasad Subedi
This article of mine was refused to publish by national publications for my opinion on madhesi leaders and madhesi andolan. Regarding this matter, I would like to request my friends to judge how far I was biased to the point. I accept your fair judgement and all the comments are welcome.
Punya Prasad Subedi केहो के हो भन्दा भन्दै आखिर संविधानसभाबाट संविधान बनेरै छाड्यो । यसको औपचारिक घोषणाको व्यग्र प्रतिक्षा भै रहेको छ । देशका अधिकांश भागमा स्वागत, समर्थन र दिपावली भइरहेकोछ । सभा र ऱ्यालीहरु हुन गइरहेका छन् । विशेषत: प्रमुख राजनीतिक पार्टीहरु, तिनका नेता तथा कार्यकर्ताहरु थोरै समयकै लागि भए पनि चियापान र सहभोजमा सरिक भइरहेका छन्, हुने छन् । धेरै मानिसहरु भोलिको संभावित सुन्दर, शान्त नेपाल तर्फ शंका मिश्रित आशालु नजरले हेरिहेछन् ।
लामो समयको पट्यार लाग्दो र कष्टप्रद संक्रमणकालको अन्त्य भई देशले शान्ति, स्थिरता प्रगतिको बाटो समात्ने हो कि भन्ने आशा जगाएको पनि छ । नभन्दै पुरानो युगको ध्वंश र नया युगको निर्माण सानो कुरा होइन । हिजोका दिनहरुको तुलनामा अहिलेको परिवर्तनलाई हेर्दा ऐतिहासिक र युगान्तकारी छलाङ नै हो भन्नुपर्छ । असम्भव ठानिएका कुराहरु सम्भव भए । राज्य सत्ताको मालिक जनता हो वा हुनुपर्छ भन्ने मान्यता स्थापित भयो । पञ्चायत कालका प्रजाहरु वहुदलकालमा जनता हुदै अहिले गणतान्त्रिक नेपालका सार्वभौमसत्ता सम्पन्न नागरिक भएका छन् । सदुपयोग गर्न सकियो भने यो संविधान पूर्ण नभए पनि पूर्णताको दिशा तर्फ अग्रसर हुने आधार चाहि हो । यो संविधानले देशमा अब औपचारिक रुपमै सामन्तवादको उन्मुलन गरी नया प्रगतिशील पूजिवादी व्यवस्था तर्फ पाइला राखेको छ । यस अर्थमा यो संविधान नया नेपालको लागि कोशे ढुंगा सावित हुन सक्दछ । कवि रिमालको एक युगको यो एक दिन त्यतिकै आएकोचाहि होइन । 

समाजको स्वभाविक र क्रमिक विकासबाट आएको नभई बल प्रयोग, प्रहार वा क्रान्तिबाट आएको हो । यो दिन त्यति सस्तो छैन । संविधान सभा पाउन देश दश एघार वर्ष युद्धमा होमियो । फेरि त्यहि संविधान सभाबाट संविधान पाउन देशले आठ वर्ष कठोर कसरत गर्नु पर्यो । यसरी हेर्दा यो संविधानका लागि देशले झण्डै दुइ दशक अवधि लगानी गर्नु पर्यो । हजारौं हजार जिन्दगीको वलिदान, दुइ दशक समय र अरबौ अर्व रुपैया खर्चेर ल्याएको यो संविधान सारै नै महंगो छ । त्यसैले समय, रगत ( पसिना र नगदको मुल्यमा पाएको वहुमुल्य संविधान घोषणाको पूर्व सन्ध्यामा यतिको हर्ष बढाइ स्वभाविकै छ । केहि खोट, अपर्याप्तता र कमि सहितकै भए पनि यसले देशलाई कुहिरोमा हराएको जहाज हुनबाट बचाएको छ । ‘नहुनु मामा भन्दा कानो मामा जाती’ भन्ने उखान त्यसै बनेको होइन । तर ठीक यसै बेला तराइका अधिकांश भाग यो ऐतिहासिक र युगिन भनिएको संविधानप्रति अस्वीकृति जनाउदै विरोधमा ओर्लिएका छन् र अझ सशक्त विरोधको तयारीमा छन् । यसै गरी अन्य कतिपय जातिय, क्षेत्रिय र राजनीतिक संगठनहरु संविधानको विपक्षमा मोर्चावद्ध हुदै छन् । समर्थन र विरोधको विचको ध्रुविकरण आगामी दिनमा अरु बढ्ने स्पष्ट छनक पाइदैछ । अहिले नसके कहिल्यै हुदैन भन्ने मानसिकताबाट प्रेरित केहि जातिय क्षेत्रिय र राजनीतिक स्वार्थ समूहरु आक्रोश र अत्यासका विच ‘अश्पृष्य’ र ‘विजातिय’ ठानिएकाहरु सित समेत कार्यनीतक गठबन्धन र सहकार्य गर्ने भइसकेकाछन् । राष्ट्रको विशिष्ट परिस्थिति र शक्ति संतुलनको अवस्थालाई नबुझेर संविधानको विरोध गरेका होइनन् ( असन्तुस्त पक्षहरुले । नबुझि गरेका भए सम्झाउन बुझाउन सकिन्थ्यो । तर सुतेको अभिनय गर्नेलाई उठाउन सकिन्न । यसका पछाडि राजनीतिक कठमुल्लावाद ९ागलमबmभलतबष्किm०, संकीर्ण जातिय क्षेत्रिय चेत, कुण्ठा र प्रतिशोधले काम गरेका छन् । अझ यस्ता सोच र चिन्तनका विच राष्ट्रघाती, विखण्डनकारी प्रवृति पनि घुसपैठ गरिहेको छ । असन्तुष्टहरु विचको गठबन्धनका इकाइहरु मध्ये कोही सिद्धान्तको रक्सी पिएका, आजको दिनको समस्या हल गर्नु पर्यो भने शताब्दी अघि लेखिएका किताबका हरफहरु पेन्सिलले अन्डरलाइन गर्दै हुन्छन् । उनीहरु अहिलेको परिवर्तनलाई स्वीकार गर्दै अघि बढ्न होइन यसलाई खल्बल्याउनमा क्रान्तिकारी धर्म निर्वाह गरेको ठान्छन् । द्यभष्भिा क्थकतझ ले कसरी मानिसहरुको द्यचबष्ल धबकज गर्छ भन्ने उदाहरणमा पुरातन कम्युनिष्ट र वालखै देखि कुरान मात्र घोकेको मुस्लिम आतंककारीलाई हेरे थाहा हुन्छ ।

 दासयुग भन्दा सामन्तवादी युग एक कदम प्रगतिशील व्यवस्था मान्ने कम्युनिटहरुले समाजवाद उन्मुख प्रगतिशील पूजिवादी चरित्रको संविधानलाई हिजोको सामन्ति राजतन्त्रात्मक संसदीय व्यवस्थाको संविधान भन्दा प्रगतिशील छ भन्न किन सकिरहेका छैनन ? यदि यो भन्दा बढी क्रान्तिकारी चरित्रको संविधान निर्माण संभव थियो वा हुनेछ भन्ने भावनाले विप्लवी मार्ग राजेको हो भने कम्युनिष्टहरुले नै भन्ने गरेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ उनीहरुले नबुझेको देखिन्छ । विश्वमा साम्राज्यवादी निकायहरुले युगोस्लाभिया, रुस, कंगो, इराक आदि देशहरुमा जात र भाषाका विच काटमार गराई राष्ट्र विखण्डनसम्मको स्थिति ल्याएको देखेर उनीहरु सतर्क हुनु पर्नेमा यदाकदा जातिय, साम्प्रदायिक द्वन्दलाई बढावा दिएको आभाष हुन्छ । ल्हासा जानु कुतिको बाटो भनेको यहि होला । आफूलाई मात्र खाटि कम्युनिष्ट ठान्ने समूहहरु वर्तमानको अत्यन्त तरल र संवेदनशील अवस्थामा अन्य आन्दोलनकारी समूहरुसंग कार्यगत एकता र गठबन्धन गरिरहदा राष्ट्रको जीवनमा पर्न सक्ने घातक प्रहारसंग के अनभिज्ञ छन् ? के उनीहरुले आन्दोलन भित्र घुसिरहेका संकास्पद विखण्डनकारी, राष्ट्रघाति र देश द्रोही सोचलाई हौसला प्रदान गर्न चाहेकै हुन त ? सोचनीय छ । जातियवादी र क्षेत्रियतावादी सोचको उद्भव पहिल्यादै जादा नेपाल एकिकरणसम्म पुग्नु पर्छ । अनेकौ टुक्राहरुमा विभक्त स(साना राज्यहरुलाई समाहित गरी एकिकृत विशाल नेपाल राष्ट्रको निर्माण गर्न सक्नु पृथ्वीनारायण र उनका उत्तराधिकारीको महान दुरदर्शितापूर्ण कदम थियो । अंग्रेज उपनिवेशको पञ्जाबाट यस क्षेत्रलाई जोगाउन युगको आवश्यकताले पृथ्वीनारायण शाहको जन्म भएको हो । उनको योगदानलाई कसैले भुल्न सक्दैन । विश्व मानचित्रमा नेपाल सस्थान र सगर्व रहनु उनकै देन हो । आज नेपाल र नेपाली भन्ने हुनै चिज यो दुनियामा हुने थिएन, पृथ्वीनारायण नभएको भए । विशाल नेपालको राजनीतिक एकिकरण त भयो । तर दुर्भाग्यवश यस विशालता भित्र समाहित कतिपय भाषा जाति संस्कृतिले ताडना र उपेक्षाको तीतो महसुस गर्नुपर्यो । नेपाल भावनात्मक, सांस्कृतिक रुपले एकिकृत भएन । खस ( आर्य बाहेक अन्य सांस्कृतिक, जातिय, भाषिक समाजले आन्तरिक औपनिवेशिकरणको अनुभव गर्यो । जात जातिबिच सांस्कृतिक, भाषिक, धार्मिक सम्मान, समानता र लेनदेनको परम्परा बसेन । राष्ट्र वहुसांस्कृतिक, वहु राष्ट्रिय साझा फूलबारी बन्न सकेन । यो दु:ख लाग्दो छ । दश वर्षसम्मको ‘जनयुद्ध’ र त्यसपछिको मधेश आन्दोलनले इतिहासको यस रिक्ततालाई पुरा गर्ने बाटो खोलेको हो । भावनात्मक र सांस्कृतिक एकिकरणको ढोका खोलेको हो । राज्य पुनसंरचनाका केहि त्रुटि, केही प्राविधिक कमि कमजोरीहरुलाई मात्र जोड तोडले उरालेर माथिका उपलब्धिहरुलाई ओझेलमा पार्न खोजिएको छ । संविधानको क्रान्तिकारी विशेषताहरुलाई नजर अन्दाज गर्न खोजिएको छ । इतिहासमा भएका भूलहरुलाई यो संविधानले मूलत: सच्याएको छ । तराइवासी, आदिवासी, जनजातिहरुले इतिहासको यो भूललाई समातेर वर्तमानमा आफ्नै छिमेकी, नेपाली दाजुभाइसंग द्वेश गर्नु सानो चित्त गर्नु कुण्ठा हो । कुण्ठा कहिल्यै पनि श्रृजनात्मक हुदैन । जिजुवाजेले गरेको गल्तीको दण्ड उसको पनातीलाई दिइनु हुदैन । जातिवादी सोच प्रखर हुने खतरा देखिदैछ । प्रतिशोधको मनोविज्ञानले आफ्नै घर जलाउछ । नेपालका हरेक राजनीतिक, सामाजिक आन्दालेन र उपलब्धिहरु जातिय सद्भाव र एकताबाट मात्र संभव भएका हुन् । इतिहासको घाउ कोट्याएर वर्तमानलाई पिडा दिनु भविष्यलाई जोखिममा पुऱ्याउनु मात्र हो । संविधानको निर्माण र घोषणाको क्षणलाई ‘कालो दिन’ मान्नु कुण्ठा, संकीर्णता र हीनताबोधको मनोविज्ञान हो । युगैंसम्म खालि रहेको मधेश र केहि ठाउको घैटो अहिले आधा भन्दा बढी भरिएको छ यसलाई ‘हाफ फूल’ भन्ने कि ‘हाफ एम्प्टी’ भन्ने कुरा मात्र हो । यो दृष्किोणको कुरो हो । केहि समय यता खास गरि तराइमा राष्ट्र विरोधी, विखण्डनकारी तत्वहरु सलवलाउन थालेको पाइएको छ । संक्रमण कालको तरल अवस्था, कमजोर सरकार, विभाजित जन एकता जस्ता नाजुक परिस्थितिलाई सही मौका ठानी देश द्रोहको रिहर्सल झै लाग्ने शंकास्पद गतिविधि र अभिव्यक्तिहरु पन्पनाउन थालेका छन् । नेताको पृष्ठभूमि र चरित्र, भाषण र अन्र्तवार्ता, आन्दोलनको स्वरुप, हाउभाउ हेर्दा मन सङ्लो छैन भन्ने प्रष्ट देखिन्छ । विखण्डनका शब्दहरु, विदेशीसंगको समर्पण र हारगुहार क्षणिक आवेग मात्र हो अथवा खास्टोले छोपेको विरालोले म्याउ गरेको हो ? केही बुद्धिजीवि, लेखक, भनाउदाहरुका आगोमा घिउ हाल्ने लेख विचार देख्ता छक्कै परिन्छ । राज्यद्वारा आन्दोलनकारीमाथि भएका दमनको विरोध गरेको त बुझ्न सकिन्छ तर कथित आन्दालनकारीले भाला रोपेका, आगोले जलाएका, एम्बुलेन्सबाट थुतेर घाइतेलाई लठ्ठीले कुटी कुटी मारेका विभत्स घट्नालाई निन्दा नगरी मौन बस्नुलाई रहस्यमय ह्दयहिनता किन नभन्ने ? अझ केही कथित बुद्धिजीवि, लेखकले यस्ता नृसंस आततायी गतिविधिलाई ‘जनताको आन्दोलन’, ‘जनताको प्रतिशोध’, ‘जनताको असन्तुष्टि’ जस्ता शब्दले सुशोभित गर्न खोज्नु विडम्बनापूर्ण छ । घातक मनसाय लुकेको आत्म निर्णयको अधिकार सहितका स्वायत्तताका पक्षमा लेख्ने मानिसलाई नेपालमा बुद्धिजीवि लेखक भन्ने चलन छ । घरमा आगो लागेकै बेला चोरले मौका छोप्छ । अत्यन्त संवेदनशील र रणनीतिक दृष्टिले महत्वपूर्ण तराइ क्षेत्र अराजक, विखण्डनकारी तत्वहरु, नेपाली नागरिकता लिएका अनेपालीहरुको सीमा पारिका सशस्त्र समूहरु, पेशेवर अपराधिहरुसंगको मिश्रणले जटिल बनेको छ । अपराधि र विखण्डनकारीबाहेक अरु सबै सतमार्गमा चल्ने, आफ्नो गरि खाने सर्वसाधारण जनतालाई यसले झनै सताउने छ । राजनीतिलाई साधन र शान्ति, सुशासन, स्थिरता र विकासलाई साध्य मानी जनताको सेवामा समर्पित हुनु सच्चा नेताको ध्येय हुन्छ । तर मधेसवादी नेतामा दु:खका साथ भन्नुपर्छ, त्यो पाइदैन । अनेकौं मर्मभेदी र प्रेरणादायी विषयहरुले समेत उनीहरुका हृदयमा ठाउ पाउदैनन् । त्यहि समयमा उनीहरु जनताको हितसित प्रत्यक्ष सरोकार नराख्ने, तर आफ्नो कुनियतको पूर्तिको साधन हुन सक्ने विषयमा तल्लिन हुन्छन् । मधेशी जनताको कन्त विजोग स्थिति माथि रत्तिभर सहानुभूति नराखि अर्थोक नै गरिरहेका हुन्छन् । हिन्दीभाषालाई मान्यता दिलाउन, आत्म निर्णको अधिकार सहित स्वायत मधेश प्रदेश दिलाउन, मधेशीहरुको छुट्ट्रै सैनिक बटालियन राख्न, नागरिकता कानूनलाई चकलेट किने सरह बनाउने जस्ता मार्गमा लिति कसेर लाग्नु भित्र के नियत हुन सक्छ ? के यी माग पुरा हुनु वा नहुनुसंग समग्र मधेश र मधेशीको सुख शान्ति जोडिएको छ ? अवश्य होइन । मधेशको विकास गर्न नभइ नहुने चीज यी होइनन् । खस ( आर्य बाहुल्य राज्य सत्ताको मूल चरित्र जातिय भन्दा वर्गीय बढि हो । आफ्नै वर्ण व्यवस्था भित्रका कथित दलित अछुतहरु पनि आर्य नै हुन् । गरिब भूमिहीन बाहुन, क्षेत्रि पनि पुरानो सत्ताबाट उत्तिकै पीडित थिए । सारमा उच्च आर्थिक ( सामाजिक वर्गको हितको प्रतिनिधित्व गर्ने राज्य सत्ताले जुनसुकै जात धर्म क्षेत्रका गरिब, मजदुर, किसानलाई शोषण गरेको थियो । सरल भाषामा भन्ने हो भने पहाड, मधेश हिमालका सामन्त, पूजिपति र नोकरशाहहरुले अन्य र आफ्नै ठाउका आफ्नै जातका मानिसहरुलाई पनि शोषण गर्दथे । त्यो अहिले पनि विद्यमान छ । यसर्थ लडाई ब्रम्हणवादसंग हुनुपर्छ, ब्राह्मणसंग होइन । लडाई खसवाद विरुद्ध हुनुपर्छ, खस विरुद्ध होइन । लडाई जातिवाद विरुद्ध हुनुपर्छ, जाति विरुद्ध होइन । कुनै पनि व्यक्ति कुन जातमा जन्म लिने भन्ने उसको निर्णयमा हुदैन ।

 पुरानो केन्द्रिकृत राज्य प्रणालीमा कम स्वतन्त्रता वा अवसर थियो भने त्यसको गणतान्त्रिक विकल्प वा उपचार अराजकता हुन सक्तैन । पुरानोसत्ताको जाति भेदको लोकतान्त्रिक उपचार जातिय द्वेस र घृणा हुन सत्तैन । एउटा समस्या हल गरेर दुइवटा समस्या जन्माउनु लोकतान्त्रिक अग्रगमन हुन सक्तैन । अल्सरलाई क्यान्सरमा बदल्नु गणतान्त्रिक उपचारको लक्ष्य हुन सक्त्तैन । संघियता समावेशिता जस्ता प्रणाली सभ्य, अनुसाशित र शिक्षित जनताहरुको विकसित समाजमा मात्र फापेको र सुडान, इराक, नाइजेरिया जस्ता देशमा यसले खासै खालो नसारेको दृष्टान्तबाट होसियार हुने कि? नेपालका घघडान नेताहरुलाई अनुरोध छ, यो लोकतन्त्र बादरको लोकतन्त्र नहोस् । यो गणतन्त्र तावाबाट उम्केर भुंग्रोमा खसेको माछाको गणतन्त्र नहोस् । जीवन र जगतलाई, यसका अनेकौ दृश्य र घटनाहरुलाई हेर्ने दृष्टिकोण केवल कोरा भौतिकवादी मात्र भयो भने समाधानको प्रयत्नमा अहंकारको प्राधान्य रहन्छ र अहंकार प्रेरित समाधानको प्रयत्नले परिस्थितिलाई अरु जटिल वनाइदिन्छ । आज हामी देख्न सक्तछौं, राजनीतिक विश्लेषक, अर्थशास्त्री, योजनाकारहरु जति ज्यादा दिमाग लगाएर योजनाहरु बनाउछन् र समाधानका उपायहरु अवलम्बन गर्दछन्, त्यति नै अनुपातमा समाज समस्याहरुमा जेलिदै गइरहेको हुन्छ । तसर्थ जीवन – जगतमा घट्ने घटनाहरुमा, आउने परिस्थितिहरुमा, सोच विचारहरुमा वस्तुवादिताका साथ–साथै आध्यात्मिकता पनि हुन जरुरी रहन्छ । दृष्टिमा आध्यात्मिकता रहयो भने अहंकार लोप हुन्छ । अहंकार नरहेपछि समस्या वा काम सरल देखिन्छ । यहि कुरा हाम्रो संघियता र गणतन्त्रको सन्दर्भमा आएका केहि अप्ठेरा वा जटिलतामा पनि लागु हुन्छ । चिताएका सबै कुरा जीवनमा पाइदैन । जीवन भनेकै अपूर्णताका बिच पूर्णताको खोज हो । भोलिलाई सुन्दर बनाउन आज गरिने प्रयत्न पनि अनिश्चयताका विच गरिने लगानी जस्तै हो । परिणाम हाम्रो हातमा छैन । एक एक कदम हिड्यो भने हजार माइलको यात्रा पुरा हुन्छ । विकासको नियम पनि यहि नै हो । आजै सबै कुरा हुनुपर्छ भन्नु तातै खाउ जति मरु हुन जान्छ । अहिले व्यक्तिग, जातिगत, क्षेत्रगत, राजनीतिक महत्वकांक्षा नै देशको अग्रगतिको वाधक बनेको देखिन्छ । यहि महत्वाकांक्षा र भय मिश्रित मनोविज्ञानले भुइको टिप्न खोज्दा गोजीको पनि फुत्किन सक्छ । प्रचण्डहरुले दीर्घकालिन शसस्त्र जनयुद्ध मार्फत जनवादी जनगणतन्त्र नेपालको सपना देखेका थिए । देखाएका थिए । पुरा भएन । कांग्रेस–एमालेले माओवादीलाई निमिट्यान्न पारी राजासंग सत्ता वाडचुड गरी खाने सपना पालेका थिए, त्यो पनि पुरा भएन । राजाले माओवादी र कांग्रेस–एमाले सबैलाई ठेगान लगाएर आफ्ना गुमस्तासंग मिलि एक्लै राज्य भोग गर्न चाहेका थिए, त्यो पनि पुरा भएन ।

 यहा कसैले जितेन । यहि कसैले नजित्नु नै देशको जीत थियो । फेरि कसैले नजित्नु सबेको जितमा फेरिएको छ । प्रचण्डहरुले हजारौंको बलिदान सहितको दश वर्षे युद्धको औचित्य सावित गर्न पाए । कांग्रेसले आफ्नै नेतृत्वमा युगान्तकारी संविधानको निर्माण गरेको गर्व गर्न पायो । एमालेले संविधान निर्माणमा अग्रणी भूमिका साथै संविधान निर्माण पछिको सरकारको नेतृत्व गर्न पाउने गौरव हासिल गर्यो । त्यस्तै प्रकारले मधेशले चाहे जति नपाए पनि धेरै थोक जितेको छ । सबै जातिका आर्थिक, भौतिक, नैतिक उन्नतिका साथसाथ भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण र विकास गर्ने सु–अवसर संविधानमा सुनिश्चित गरिएको छ । सामन्तवादको समूल अन्त्य भएको छ । अब मिलेर बाकी काम गर्दै जाने गरी राष्ट्र निर्माणमा नलाग्ने हो भने र यो वा त्यो निहुमा आन्दोलननै मात्र गरिरहने हो भने यो उपलब्धि बादरको हातमा नरिवल हुनेछ । ‘सम्म जमिन’ जति सबै पाउदा हक अधिकार पाएको हुने, २(३ जिल्ला अरु क्षेत्रमा मिसिदा आफ्नो निजी सम्पति नै गुमेको जस्तो सम्झने प्रवृति र चुनावि राजनीतिक दाउपेचका अनुकुल हुने गरी प्रदेशहरु बनाइनु अर्को विडम्बना बनेको छ । तथापी घोषणाको संघारमा रहेको गणतान्त्रिक नेपालको संविधानले मधेशी जनजाति आदिवासीको हितलाई निषेध गरेको छैन । भविष्यमा सुधार संशोधन गर्ने प्रावधान ज्यूदै छदा छदै युगको अवसरलाई उपेक्षा गर्नु बुद्धिमानी किमार्थ होइन । अभागिलाई खाने बेलामा रिस उठ्छ भन्छन् । असहमतिकै विचमा सहमतिका बुदा पहिल्याउनु, विरोधलाई बर्बर जंगली होइन सभ्य तरिकाले प्रदर्शन गर्नु, आफ्नो माग पुरा गराउन अर्को पक्षालाई रित्तो नपार्नु, सफा नियतले राष्ट्र निर्माणमा संलग्न रहनु, आफ्ना मनोकांक्षा पुरा गराउन गरिब जनतालाई पैसाको प्रलोभन नदेखाउनु, आफ्ना व्यक्तिगत हित र महत्वाकांक्षालाई समाज रुपान्तरणमा जोड्नु, घर भित्रका आपसी असमझदारीलाई लिएर छिमेकीमा हार गुहार गरि आफ्नो औकात नदेखाउनु, निष्ठा र देश प्रेमले अरुलाई प्रभावित गर्नु, पैसा र पदका लागि ‘कुछ भि करेंगे’ बाट टाढै बस्नु, आफू बाहेक अरु जातजाति–जनसमुदायलाई पनि आफ्नै मानी घुलमिल हुनु, व्यर्थमा समय बरवाद नगरेर आफ्नै गाउका कुपरम्परा, कुरीति, विकृति, अन्धविश्वासका विरुद्ध अभियान गर्नु, सहमति(संवाद, एकता, सहकार्यमा सबैको हित हुन्छ भनी भित्रै देखि विश्वास गर्नु भनी मधेसका महान नेतालाई हाम्रो सुझाव छ ।

संविधानको घोषण पश्चात यसको कार्यान्वयन र प्रभावकारितालाई प्रभावित गर्ने अन्य पक्षहरु भएता पनि सर्वाधिक महत्वपूर्ण भने मधेश विषय र मधेशी नेताहरुको नियत र गतिविधि नै हो । इतिहासको यस घडिमा निम्न कोटीको कुण्ठा ग्रस्त नाजायत प्रतिशोध होइन जिम्मेवारीयुक्त, विशाल हृदयको प्रदर्शन समयको माग हो । एक युगमा एक चोटी आएको यो एक दिनको स्वागत गरौं । दुई दशक समय, हजारौं हजार जिन्दगीको बलिदान र अरबौं रुपैयाको मूल्य तिरेर पाएको (अपर्याप्त नै भएपनि) गणतान्त्रिक संविधानको सम्मान गरौं । यो अन्तिम अवसर हो । यसलाई पनि गुमाएर देशलाई द्वन्दको अर्को भूमरीमा धकेल्नु आत्मघाति हुने छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More