September 27, 2015

भूपरिवेष्ठित मुलुकमा भारतपरिवेष्ठित राजनीति रहुन्जेल समस्या उस्तै

खगेन्द्र सिटौला 
भूपरिवेष्ठित नेपाल २००७ साल देखि नै भारतपरिवेष्ठित राजनीतिको शिकार छ सधैं । नेपाललाई भारतपरिवेष्ठित राजनीतिबाट नेपाललाई मुक्त गर्न राजा महेन्द्रले धेरै गरे । राजा महेन्द्रलाई चीनका
नेता अध्यक्ष माओ र प्रधानमन्त्री चाओले ठूलै सहयोग गरेका हुन् । लामो समयसम्म भारतमा निर्वासनमा
बसे पछि पाकिस्तान टुक्रयाएकी, सिक्किम भारतमा विलय गराएकी इन्दिरा गान्धीको नेपालको तराई
टुक्रयाउने षडयन्त्रको भेउ पाएका वीपी राष्ट्र र राजालाई सहयोग गर्न राष्ट्रिय मेलमिलापको नारा लिएर नेपाल
फर्किएका हुन् । वीपी र राजाको योग भए नेपालको शक्ति अरु बलियो हुन्छ र भारतपरिवेष्ठित राजनीति
नेपालमा झन कमजोर भएर जाने ठूलो डरले त्यसलाई सफल हुन नदिन कथित राष्ट्रवादी पञ्च र राजावादी आवरणमा भारतपरिवेष्ठित राजनीतिको गार्ड बसेका सूर्यबहादुर थापालाई भारतले सकृय गरायो ।

राष्ट्रवादी आवरणमा सूर्यबहादुरले देशै भरि नारा घन्काए वीपीलाई फाँसी देउ । राष्ट्रलाई संकट पर्दा वीपी
राजालाई सहयोग गर्न नेपाल आए राष्ट्रलाई संकटमा पार्न उनका भाई गिरिजाप्रसाद भने १२ बुँदे संझौता गर्न भारत गए । फरक यति हुन्छ एकजना राजनेता र पदनेतामा । वीपी कम्युनिष्टहरुसंग सहकार्यमा त्यति उत्साहित भएनन् । उनी कम्युनिष्टहरुलाई धेरै शंकाले हेर्दा रहेछन् । वीपी भारतले नेपालको राष्ट्रियतामा खतरा पु¥याउने डरले जोखिम मोलेर नेपाल आए राजासंग सहकार्यका लागि । 

२०४६ सालमा तत्कालिन मालेका एकजना नेताले पार्टीको पोलिटव्यूरो वैठकमा भारतले सिविल ड्रेसमा भारतीय सेना(गोर्खाली धेरै) को सहयोग दिन्छु भनेको छ ल्याएर गणतन्त्र स्थापना गरौं भनेछन् । महासचिव मदन भण्डरीले प्रस्तावलाई ठाडै
अस्वीकार गर्दै छलफलको एजण्डामा राख्न दिएनछन् । देशभक्त राजा वीरेन्द्रसंग सुमधुर सम्बन्ध राख्दा
नेपालकै हित हुन्छ भन्ने चीनको सुझाव प्राप्त पछि राजा पनि एउटा शक्ति भने पछि र टनकपुर सन्धीको विरोध पछिको पृष्ठभूमीमा उनको रहस्यमय मृत्यु भयो । कम्यनिष्ट नेताहरु बाबुराम भट्टराई, पुष्पकमल दाहाल र माधवकुमार नेपालले १२ बुँदे मार्फत भूपरिवेष्ठित नेपाललाई भारतपरिवेष्ठित राजनीतिको घेराभित्र राख्न निकै ठूलो योगदान पु¥याएका छन् । बाबुराम त्यो घेरालाई बलियो पार्ने कोशिसमा छन् भने पुष्पकमल दाहाल त्यो घेराबाट उम्कने कोशिसमा छन् केपी वलीसंगको सहकार्यमा । थाहा छैन यो सुरुङ्गयुद्घ जस्तै
नाटक हो कि हिजोको प्रयाश्चित हो प्रचण्डको । सुशिल दा लाई पनि गिरिजापथ मन परेको रहेनछ कि क्याहो ।
अहिले एमाले, माओवादी र नेपाली काँग्रेस मरिचमानको ठाउँमा उभिएका छन् ।
 आन्दोलनकारी मधेसीहरु नेपाली काँग्रेश र वाममोर्चाको ठाउँमा छन् । पद र पैसाको लागि परिवर्तनको नाममा परहरुलाई बोकेपछि

राष्ट्रिय स्वार्थ माथि परस्वार्थ हावी हुन्छ भन्ने कुरो न ०४६ सालकाले बुजे न १२ बुँदेहरुले बुजे न मधेसी
भन्नेहरुले बुझेका छन् । राष्ट्रिय स्वार्थलाई परस्वार्थ भन्दा बलियो र माथि पार्न राष्ट्रिय शक्तिलाई एक
ढिका पार्नु पर्दछ भन्ने राजाहरु महेन्द्र, वीरेन्द्र ज्ञानेन्द्र कसैले पनि बुझेको देखिएन । अहिले पनि नेका ,एमाले, र एमाओवादीले पनि बुजेको पाइएन । आफ्नो कित्तालाई बलियो बनाउन संभव सबै शक्तिलाई परिचालन गर ।

राष्ट्रिय अन्तराष्ट्रिय दुबै क्षेत्रमा । परहरुको स्वार्थको लागि आउन सक्ने चुनौति र खतराको मूल्यांकन नै
नगरी नेपालको परम्परागत राजनीतिक तथा सांस्कृतिक एकताको शक्ति राजसंस्था र हिन्दुराज्य विस्थापन र नेपालको विशेषता र आवश्यकता विपरितको जातीय क्षेत्रीय विचारको संघीयता नेपालको लागि महंगो देखिदै छ । नेपाललाई भारतपरिवेष्ठित राजनीतिबाट मुक्त गराउने नेताहरुको इमान्दार प्रयाश हो भने राष्ट्रनिर्माता
पृथ्वीनाराण र पृथ्वीविचारबाट उर्जा लिनु पर्दछ । उनको परतन्त्र र भ्रष्टतन्त्र विरोधी स्वाधीन,सम्पन्न,स्वच्छ
स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र सामाजिक न्यायमा आधारित राष्ट्रिय एकताको पूmलबारी लोकतन्त्रलाई
राष्ट्रिय सहमतिको आधार विचार बनाएर अघि बढ्ने अठोट लिएमा परषडयन्त्रलाई परास्त गर्न सकिन्छ । भूपरिवेष्ठित मुलुकलाई भारतपरिवेष्ठित राजनीतिबाट मुक्त गराउने यो नै एउटा प्रभावकारी उपाय हुनसक्छ ।



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More