October 28, 2015

पेट्रो चाइना र नेपाल बीच तेलको सम्झौता भयो-तेलमा भारतीय एकाधिकार तोडीयो- नुनतेलबन्द गरेर नेपाललाई धम्क्याउने दिन गए


भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्राेलियम पदार्थकाे चरम अभाव भइरहेकाे बेला चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ। नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार दिउँसो सम्झौता भएको हो।
चीनबाट इन्धन आयात गर्ने व्यावस्था मिलाउन बेइजिङ गएको नेपाली प्रतिनिधिमण्डलले चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र पेट्रो चाइनाका अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरेपछि सम्झौता भएको हो। नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेको सम्झौता पत्रमा 'चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ आयात गर्ने' उल्लेख छ।

'चीनबाट व्यापारिक रुपमा नेपालमा इन्धन आयात गर्ने प्रक्रिया अब अगाडि बढ्यो'



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More