November 12, 2015

भारतीय बिक्रमसम्बत खारेज गर !- नेपालको आफ्नै सम्बत ११३६ को शुभकामना

भारतीय राजा विक्रमादित्यको नामले चलेको बिक्रम सम्बत् भारतले पनि माम्दैन । भारत बिश्वको भुमन्डलीकरणलाई पछ्याउदै  बिश्वब्यपी अन्ग्रेजी क्यालेन्डर मान्छ सबैतिर मानिने हुदा यसलाई अङ्गीकार गर्दा ब्यबहारिक देखिन्छ तर नेपालले मान्ने सम्बत भने अचम्मको छ न आफ्नो मौलिक न ब्यबहारिक । धेरै क्रान्तिकारी आए मौलिक झन्डा , दौरा सुरुवाल फेर्ने कुरा गरे क्यालेन्डर फेर्ने कुरा गरेनन । 
यस्तो छ नेपाल सम्बतको इतिहास त्यसैले बरु यो उपयुक्त होला ?

राष्ट्रिय विभूति शंखधर साख्वाले ११३६ वर्षअघि काठमाडौंका जनतालाई ऋणमुक्त गराई नेपालसंवत् चलाइएका थिए । त्यसरी एकजना साधारण जनताले राष्ट्रको नाममा चलाइएको संवत् फेरिएको खुसियालीमा एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र शंखधर साख्वाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गर्दछन् ।
‘लिच्छविकालका राजा राजवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’ ।
विसं १९६० बाट भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यमपञ्चकको चौथो दिन बिहीबार मुलुकभर नेवारहरूले आफ्नै शरीरको पूजा गरी ‘म्ह:पूजा (शरीर) मनाइँदै छ । यस दिन गोवद्र्धनपूजा भनी गोवद्र्धन, बहर र बलिराजाको पनि पूजा गरिन्छ ।
द्वापरयुगभन्दा पहिले गोकुलवासीहरूले देवराज इन्द्रको पूजा गर्ने चलन थियो । द्वापरयुगमा भगवान् कृष्णले गोकुलवासीहरूलाई इन्द्रको पूजा गर्न बन्द गर्न लगाई गोवद्र्धनको पूजा गर्न लगाएका थिए । यसले गर्दा स्वर्गको राजा इन्द्र रिसाई ठूलो वर्षा गराएका थिए । तर कृष्णले भने गोवद्र्धन पर्वतलाई नै उचाली गोकुलवासीहरूलाई त्यस वर्षाबाट बचाई इन्द्रको घमण्ड चुर गरेका थिए । त्यसपछि इन्द्र आफैं आएर भगवान् कृष्णको दर्शन गरेको र त्यसै समयदेखि गोवद्र्धनको पूजा गर्ने प्रचलन रहेको पौराणिक कथन छ ।
तर नेवारहरूले यस दिन ‘म्ह:पूजा’ भनी आफ्नै शरीरको पूजा गरेर यो पर्व मनाउने गर्दछन् । 
यमपञ्चकको पाँचौं वा अन्तिम दिन शुक्रबार भाइटीकाका दिन दिदीबहिनीहरूद्वारा आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी ठाडो टीका र गलामा मखमली, गोदावरी फूल पहिराई पूजा गर्ने गरी विभिन्न प्रकारका परिकारसहित भोजन गराउँछन् । नेवार समुदायमा भने दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सगुन नै अर्पण गरेर पूजा गरी टीका लगाइदिने चलन छ । वर्षभरिको रिस वैमनश्यतालाई बिर्सेर हुने यस रमाइलो चाडमा दाजुभाइहरूले पनि आफ्नी दिदीबहिनीहरूलाई उपहार प्रदान गर्ने गर्छन् ।
मृत्युदेव यमराजले समेत आफ्ना दैनिक कार्यलाई स्थगित गरेर पाँच दिनसम्म आफ्नी बहिनी यमुनाको पाहुना हुन जाने पौराणिक कथन छ । रातमा केटाकेटी तथा युवायुवतीहरू समूहगत भई परम्परागत भाका लय हालेर गीत गाउँदै घरघरमा भैलो र द्यौसी खेल्न जाने चलन छ |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More