November 2, 2015

बुद्धको शान्त भुमी मधेशलाइ कास्मिर बनाएर भरतलाइ फाइदा होला?दुख पाउने हामीमधेसी-मंगरु यादव


मधेसी आन्दोलन उचाल्ने नेताहरूले छिटो सद्भाव कायम गराउन नसके मधेसीबाट उनीहरू बढारिने छन् । वर्तमानमा तराई—मधेसका नारा उचाली आफ्ना माग पूरा नभएमा देशलाई विखण्डन गर्ने धम्कीका साथ आन्दोलनमा उत्रिएका कथित मोर्चाका नेताहरूको मागप्रति गम्भीर हुन जरुरी छ । के उनीहरूले उठाएका माग साँच्चिकै जायज छन् अथवा कसैको उक्साहटमा संविधान भाँड्न र प्रतिगमनलाई मद्दत गर्ने उद्देश्यले अभिप्रेरित छन् ? केलाउन जरुरी छ । 

नेपालमा पूर्ण लोकतन्त्रको बहाली, गणतन्त्रको स्थापना र वैज्ञानिक भूमिसुधार गर्ने भन्ने कुरा त्यहाँका जमिनदार र सामन्त वर्गलाई सुपाच्य भएको छैन । देशीय जमिनदार सामन्त वर्ग र भारतीय सामन्त वर्गको आआफ्नो वर्गीय स्वार्थ एउटै छ । 
मधेसी आन्दोलन उचाल्ने नेताहरूले छिटो सद्भाव कायम गराउन नसके मधेसीबाट उनीहरू बढारिने छन् । वर्तमानमा तराई—मधेसका नारा उचाली आफ्ना माग पूरा नभएमा देशलाई विखण्डन गर्ने धम्कीका साथ आन्दोलनमा उत्रिएका कथित मोर्चाका नेताहरूको मागप्रति गम्भीर हुन जरुरी छ । के उनीहरूले उठाएका माग साँच्चिकै जायज छन् अथवा कसैको उक्साहटमा संविधान भाँड्न र प्रतिगमनलाई मद्दत गर्ने उद्देश्यले अभिप्रेरित छन् ? केलाउन जरुरी छ । 
नेपालमा पूर्ण लोकतन्त्रको बहाली, गणतन्त्रको स्थापना र वैज्ञानिक भूमिसुधार गर्ने भन्ने कुरा त्यहाँका जमिनदार र सामन्त वर्गलाई सुपाच्य भएको छैन । देशीय जमिनदार सामन्त वर्ग र भारतीय सामन्त वर्गको आआफ्नो वर्गीय स्वार्थ एउटै छ ।
त्यो स्वार्थ हो– नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो भने तिनका हरुवा, चरुवा, कमैया, विभिन्न जाति, समुदायमा फुटाइएका जनजाति दलित थारू, दुसाद, मुसहर, चमार, डोम, पासी आदि आधारभूत तहका जनता मुक्त हुन नपाऊन् । आधारभूत तहका जनता सचेत भए भने तराईका जमिनदार (ती चाहे नेपालका हुन् वा भारतका) को शोषणको जालो च्यातिदिनेछन् । तराईको शोषक वर्गले जनताकै प्रतिनिधिबाट बनेको जनसंविधान लागू नहोस् भन्ने चाहना राख्छ । यही मूल चाहनाकै कारणले तराईमा आन्दोलनका नाममा देशलाई नै नाकाबन्दीमा पारिएको छ |
नेपालको खाद्य भण्डारको धनी तराईमा एकातिर सबैभन्दा निर्धन र अधिकारबाट वञ्चित गरिबको बसोबास छ भने अर्कोतिर हिजोका दिनमा राजतन्त्रसँग मिलोमतो गरी हजारौँ बिघा जमिन विभिन्न नाममा कब्जा गरी बसेको सामन्त वर्गका मानिस छन् । ती हिजोका सामन्तले तराईकै जनतालाई चुसेर आज पुँजीपति वर्गमा रूपान्तरण भएका छन् । तिनीहरूले राजा महाराजासरहको ऐसआरामको भोग गरेका छन् । तिनका सन्तानले देश–विदेशका राम्रा कलेजमा उच्च शिक्षा हासिल गर्ने मौका पाएका छन् । 
तिनीहरूले जमिनदारी शासन सञ्चालन गरी गरिबलाई थिचो–मिचो र शोषण गरी उनीहरूको ज्यानमा हाडछाला मात्रै बाँकी राखेका छन् । तिनीहरू अकूत धनदौलतले सम्पन्न छन् । उनीहरूले खेती गर्ने किसानको शोषण त गरेकै थिए । राजनीति त्योभन्दा राम्रो खेती हो भन्ने मूल्यांकन गरेका यिनीहरूले जनतालाई जसरी पनि गुमराहमा राख्न चाहन्छन् । 
यिनीहरूले नेपालको राजनीतिमा विभिन्न पार्टीको माध्यमबाट आधिपत्य जमाउन सफलता पाए तथा विभिन्न मन्त्रालयका पद सम्हाली गर्नु भ्रष्टाचार गरे । भ्रष्टाचारको रसास्वादन गरेका यिनीहरूले जे–जसरी हुन्छ सत्तामा बसिरहनुपर्ने भयो । यसका लागि यिनीहरूले पहाडी मधेसीको नारा उचाली फेरि पनि चुनाव जितेर आफ्नो राजनीतिक हैकमको खेती कायम राख्ने चालबाजीमा लागेका छन् ।
तराईको आन्दोलनमा व्यापार–व्यवसाय तथा उद्योग–धन्दामा लागेका व्यक्ति विशेसगरी मारवाडी र अन्य समुदाय समावेश भएका छैनन् । उनीहरूलाई आफ्नो व्यवसाय तथा उद्योगधन्दा सञ्चालन गर्न र शान्तिसुरक्षा कायम भएमा पुग्छ । उनीहरू सामन्ती हैकम रुचाउँदैनन् र ज्याला नदिई मानव शोषण गर्न मन पराउँदैनन् । कमाएको केही हिस्सा सामाजिक कार्यमा लगाउने गौरव ठान्छन् । मारवाडी समुदायलाई सामान बेच्नु छ, उसलाई मधेसी र पहाडीमा भेद गर्नु छैन । 
त्यसको ठीक विपरीत सामन्ती वर्गका व्यक्तिहरू तराईका गरिब जनतालाई बिनाज्याला काम गराउन पल्केका छन् । उनीहरूले देखाउनका लागि कुनै मन्दिर बनाएका होलान् तर जनताको कल्याणमा कुनै काम गरेका छैनन् । अहिले तराई मधेस लोकतान्त्रिक मोर्चालाई नेतृत्व गरिरहेका नेताहरू प्रायः जमिनदार र सामन्ती वर्गका छोराछोरी छन् । कसरी राज्य ढुकुटीको तर मार्न सकिन्छ, लुट मच्चाउन सकिन्छ त्यसैमा उनीहरू लागेका छन् । मधेस आन्दोलन पनि यसैको सेरोफेरोमा घुमेको छ ।
पहाडमा पनि गरिबी छ, शोषण छ तर मधेसजस्तो असमानता छैन । त्यहाँ मजदुरी गर्नेले खानासहित राज्यले तोकेभन्दा बढी ज्याल पाउँछन् । जनजाति पनि आफ्नो अधिकारका लागि सचेत छन् । विकास निर्माणको काममा धनी र गरिब सबै सहभागी हुन्छन् । 
पहाडमा कतै राम्रा घर देखियो भने पक्कै पनि त्यहाँ सामाजिक घर तथा विद्यालय, अस्पताल, गाविस भवन सबै मिलेर बनाएका हुन्छन् । आफू बस्ने घर सामान्य भए पनि आफूलाई आवश्यक पर्ने शिक्षा, स्वास्थ्यका लागि एकजुट हुन्छन् । मधेसमा ठूला घर जमिनदारको हुन्छ । शिक्षा आर्जन गर्न विद्यालय रुखमुनि, बगैँचाको तल, टाटी र खपटाको झुपडीमा । किन यस्तो असमानता भयो भने त्यहाँको आयस्ता लिने लुट गर्ने वर्गले त्यहाँ एक कौडी पनि लगानी गरेनन् ।
सत्तासीन दलका नेताहरूले हालको आन्दोलनको अन्तरविरोध चिर्न सकेनन् । संगठित रूपमा एक ढिक्का भई तराईका जनतालाई सम्झाउन सकेनन् । एकै स्वर र आवाजमा जनतालाई सम्झाएमा यो आन्दोलन उनीहरूतिरै फर्किनेछ । आन्दोलनमा सक्रिय भएका केही नेताहरू विगतमा भएको ऐतिहासिक आन्दोलनमा संलग्न भएकाहरू पनि छन् । अहिले बुद्धिभ्रममा परेका छन् । सत्ता साझेदारी गर्दा लिएको स्वार्थले मात लाग्यो, भ्रष्ट मती पलायो, कालिदास बने । मधेसमा आन्दोलन गरी जनतालाई हैरान पार्ने नेताहरूलाई प्रश्न छ– के तपाईंहरूको अन्तिम लक्ष्य देशलाई गृहयुद्धमा लैजानु हो ? देशमा गृहयुद्ध भयो भने तपाईंहरूको नेतृत्वमा पनि आन्दोलन रहने छैन । कल्पना गर्नुभएको छ ? 
बाह्य शक्ति लगाएर सबैलाई भुट्ने, देशलाई निर्जन बनाउन त्यही शासन गर्नका लागि हो भने भनिदिनुहोस् । म पनि मधेसीको नाताले भन्छु । विगतको ऐतिहासिक आन्दोलनपश्चात् मधेसवासीका धेरैजसो माग सम्बोधन अथवा पूरा भइसकेका छन्, केही समझदारीमा पूरा पनि होलान् तर बिनासिद्धान्त र कार्यक्रम शोषितपीडित जनताको मुक्ति पाउने उद्देश्यबिनाको साम्प्रदायिक दंगाको राजनीतिबाट मधेसको आन्दोलन उराल्ने नेताहरूले छिटो सद्भाव कायम गराउन नसके मधेसी जनताबाट सबभन्दा पहिले उनीहरू नै बढारिने छन् ।
तराईमा संविधानबारे गलत हल्ला फैलाइएको छ । यति राम्रो संविधान मधेसी जनताले भविष्यमा कहिल्यै पाउने छैनन् । तर सत्तासीन दल, मूलतः एमाले र एकीकृत माओवादीका नेताहरूले तराईका जनतालाई सही कुरा बुझाउन किन ढिलाइ गरिरहेका छन् ? किन संविधानको पक्षमा वकालत गर्दै आमसभा राखिएको छैन ? यसले मधेसलाई ठूलो घाटा पुर्याएको छ । संविधान निर्माणको अर्को सहयात्री कांग्रेसले पनि संविधानको व्याख्या गर्ने गरी तराईमा किन कार्यक्रम राख्दैन ? तत्काल तराईका जनतालाई संविधानबारेको सही कुरा बुझाइ दिनुपर्यो । अनि तराईका जनताले मधेस आन्दोलनको वास्तविकता थाहा पाउनेछन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More