November 11, 2015

वीपीपछि देशको चिन्ता लिने र भिजन भएको नेता बाबुराम -बाँकि अधिकाम्स सत्ता केन्द्रित



बास्तवमा अहिलेसम्मको परिस्थिति र घटनाक्रम हेर्दा सबै पदोलुप , सत्ता र शक्तिको लागि जे सुकै गर्ने नेता देखिए तर बाबुराम भट्टराई आफ्नै पार्टीलाइ नाफुटाइ एक्लिएर नया शक्तिको  निर्माणमा लागेका छन् । प्रधानमन्त्री बन्दा आफ्नै पार्टी देखि सबैतिरबाट घेराबन्दि खेपेर शान्ति प्रक्रिया टुंगयाए भने उनको जोडदार माग संबिधान सभाको चुनाव र संबिधान बनेको छ । एक व्यक्ति जसप्रति धेरै आस गरियो जुनकुरा बहुमतपनि नभएको सरकार हाँकेर पुरा गर्नु भट्टराइलाई सम्भव थिएन। चरम असहयोग गरि उनको सरकार गिराएर र पहिलो संबिधानसभा भंग गराइयो  र सम्पुर्ण दोस उनलाईदिने कोसिस भए तर समयले बिस्तारै प्रमणित गरिदियो उनि अन्तिन्सम्म संबिधान बनाउन चान्थे । बाबुराम भट्टराईको कर्यकालमा अर्थ सचिब भएर काम गर्नु भएका  सदाचारी राष्ट्र भक्त  भनिएर चिनिनु भएका रामेश्वर खनालले गर्नुभएको टिप्पणी अनलाइन खबरबाट लिइएको छ ।

आर्थिक विश्लेषकसमेत रहेका पूर्वअर्थसचिव रामेश्वर खनालले वीपी कोइरालापछि डा. बाबुराम भट्टराईलाई आफूले भिजन भएको नेताका रुपमा पाएको बताएका छन् । 
वीपी र बाबुरामबाहेक अन्य प्रधानमन्त्रीहरुमा आफूले भिजन नदेखेको खनालको तर्क छ । नेपालमा लोकतन्त्रको पुनस्थापनापछि पनि किन विकासले फड्को मार्न सकेन भन्ने विषयमा विश्लेषण गर्ने क्रममा खनालले नेपालमा सिंगापुर र दक्षिण कोरियामाजस्तो ‘भिजनरी’ नेतृत्वको खााचो औंल्याए । चाहने हो भने प्रधानमन्त्रीले देशमा कायापलट गर्न सक्ने खनाल बताउँछन् ।
नेपालको राजनीतिक नेतृत्वबारे खनालको विश्लेषण :
हाम्रो राजनीतिक नेतृत्वमा गम्भीरता पनि छैन । सोच पनि छैन । ठूलो खडेरी के हो भने सोच नै छैन । पाँच-पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले म कुनै दिन बिरामी परौंला, मेरो उपचार गर्नका निम्ति भए पनि राम्रो अस्पताल चाहिन्छ भन्ने मात्रै सोच लिएको भए पनि पुग्थ्यो । त्यही भिजन भएको भए पुग्थ्यो ।
नेपालमा ‘टर्न एराउण्ड’ एक व्यक्तिले मात्रै गर्न सक्छ । तर, हामी कहाँ नेतृत्वमा भिजन नहुनु ठूलो समस्या हो ।
राजनीतिक नेतृत्वले भिजन लिने हो । चीनमा आर्थिक वृद्धि भएको कर्मचारी र प्राविधिकले गर्दा होइन नि । नेतृत्वले के भन्यो भने मलाई यो चाहिन्छ, तपाईले डेलिभरी गरेर देखाउनुस् ।
ल्हासासम्मको रेल्वे ट्रयाक कुन आर्थिक विश्लेषकले, कुन प्राविधिकले यो आर्थिकरुपमा सम्भव छ भनेर भनेका थिए र ? ल्हासा सानो बस्ती, त्यत्रो खर्च गरेर रेलवे ल्याउनुपर्ने । कसैले पनि सम्भव भन्दै भन्दैन ।
राजनीतिक नेतृत्वले के गर्ने हो भने मलाई सम्भाव्यको मतलब छैन, मलाई यो चाहिन्छ । राजनीतिज्ञले टाढाको देख्न सक्नुपर्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा नै मलाई उपचार गर्न अस्पताल चाहिन्छ भनेर देख्न सक्नुपर्थ्यो  नि । पाँच पटक प्रधानमन्त्री हुँदा पनि उहाँले देख्न सक्नुभएन । प्रत्येकपटक विदेशमा गइरहनु भयो । भिजनको कमी ।
भिजन भएका नेता वीपीपछि बाबुराम
मैले देखेको त अहिलेसम्म बीपी कोइराला र अहिले आएर बाबुराम भट्टराईमात्र हो । आग्रह पूर्वाग्रह, माया गरेको भनेको होइन । उहाँले चाहिँ कम से कम यो चाहिन्छ है भनेर अलिकति हेर्न सक्नुभएको छ । अरु कसैको भिजन नै छैन । थुप्रै प्रधानमन्त्रीसँग मैले काम गरेँ । उहाँहरुकै अन्तरगत काम नगरे पनि कामको शिलसिलामा विकासको मुद्दामा, नीतिगत कुरामा उहाँहरुसँग पटक-पटक भेट र बैठक भए । कसैले पनि भिजनरी कुरा गरेनन् ।
यदि आफूले भिजनरी कुरा गर्न सकिन्न भने अरु कसैले भनेको भिजन पनि मानिदिन सकिन्थ्यो । अलिकति भिजन भएको मान्छेले अरुको भिजन पनि बुझ्न सक्छ । आफ्नो भिजन नै नभएपछि के बुझ्ने ?
विकास सम्वन्धी भिजन त सबैमाथि माथिल्लो नेतृत्व (प्रधानमन्त्री) बाट आउने हो । भारतको गुजरातमा थुप्रै मुख्यमन्त्री भएका थिए नि । तर, भिजनरी आएपछि त ‘टर्न अराउन्ड’ हुँदो रहेछ त । गुजरातमा कर्मचारीतन्त्र त्यही थियो । मोदी पहिलोपटक जाँदा कर्मचारीतन्त्रमा आमूल परिवर्तन पनि गरेका होइनन् ।
गिरिजाबाबुले ०४८ मा माथिल्लो तहलाई धपाएर फ्रेसब्लड ल्याउने कोसिस गर्नुभयो । तर, मोदीले त्यसो पनि गरेनन् । यसले के देखाउँछ भने नेतत्व तहमा रहेको एक व्यक्तिले ड्राइभ र भिजन दियो भने सबैतिर काम हुन्छ । यस्तो भिजन र ड्राइभ मन्त्रीहरुबाट आउँदैन । मन्त्री जतिसुकै भिजनरी भए पनि आफ्नै मन्त्रालयको काम गर्न पनि गाह्रो हुन्छ । किनभने सचिव त प्रधानमन्त्रीले खटाउने हो नि ।

नेपालमा ‘टर्न एराउण्ड’ एक व्यक्तिले मात्रै गर्न सक्छ । विश्वमा जुन देशको ‘टर्न एराउण्ड’ भएको छ, त्यो देशमा आइन्स्टाइन वा कुनै ठूलो वैज्ञानिक जन्मिएका कारणले टर्न एराउण्ड भएको होइन ।
चीनमा तेङ स्याओ पिङ पावरमा आउँदा माओका पालाका राजनीतिज्ञहरु पनि त्यहीँ थिए । चाटुकारहरु । उनले भिजन लिए र मलाई यो चाहिन्छ, भने । इफ यु कान्ट डेलिभरी, तपाई जानुस्, म अर्को ल्याउँछु ।
हाम्रा कुनै पनि प्रधानमन्त्रीले मैले यो भिजन लिएको छु, तपाईले यो यो काम गर्नुपर्छ, गर्न सक्नुहुन्न भने तपाई जानुहोस् भनेर कसैलाई भन्न सके ? बरु त्यस्ता (काम नगर्ने) व्यक्तिलाई नियुक्तिको समयावधि थप गरिदिए ।
हामी कहाँ नेतृत्वमा भिजन नहुनु ठूलो समस्या हो । यो समस्याबाट हामी अझै केही वर्ष गुज्रन्छौं । किनभने, भिजनरी मान्छे देखिएका छैनन् । कुनै दलको गर्भमा लुकेर बसेको होला । जसलाई हामीले अहिले भिजनरी होला कि भनेका छौं, गगन थापा, गोकर्ण विष्टहरु । बाहिर बस्दा पो भिजनरी देखिएको हो, पदमा बस्दा हुनुपर्यो नि । पदमा गएर ड्राइभ गर्न सक्ने हुनुपर्छ ।
धेरै प्रधानमन्त्रीहरु पदमा गएपछि सानो कुरा गर्नुबाहेक ठूलो कुरा गर्ने क्षमता छैन ।
राजनीतिक भिजनले समाजको व्यवहारमा परिर्वतन ल्यायो भने विकास पनि तीव्र गतिले अघि बढ्छ । विकास भएपछि समानता आउँछ । आजको मितिसम्म पनि ४० प्रतिशत घरहरुमा शौचालय छैन । सही तरिकाले हाम्रो दिशा पिसाबलाई व्यपस्थापन गर्नुपर्छ, यो भयो भने हाम्रो स्वाथ्य राम्रो हुन्छ, हामीलाई रोग लाग्दैन भन्ने सन्देशसमेत पुर्याउन सकेका छैनौं । यो हाम्रो समाजको संरचनात्कगत समस्या हो । त्यो वर्गको मान्छे र अत्याधुनिक सेवा सुविधा प्रयोग गर्न जान्ने मान्छेको आर्थिक हैसियत पनि फरक हुन्छ । किनभने यसको उत्पादकत्व बढी हुन्छ । अर्कोको कम हुन्छ किनकि उसले त एक महिना झापाडखाला लागेर काम गर्न सक्दैन ।
हाम्रो समाजमा परम्परागत र आदिम युगीन बस्तीहरु भएका ठाउँ अझै पनि छन् । ०४६ सालसम्म कम गर्ने प्रयास गरेनौं । त्यसबेला ३६/३७ जिल्लामा सडक नै पुगेको थिएन । यो अवधिमा सक्दो प्रयास गर्दा पनि तीन जिल्लामा पुग्न सकेको छैन, गाविसको त कुरा छाडौं तर, पछिल्लो अवधिमा सदरमुकाममा नपुगे पनि गाविसहरुमा भने पुगेका छन् ।
जब समाज चेतनशील हुँदैन, उसले दाबी गर्न सक्दैन । विकासका लागि क्लेम पनि गर्नुपर्छ । हामीले वीचमा विकास भनेको ‘राइट्स बेस अप्रोच’ अर्थात अधिकारमा आधारित विकासको धारणा भन्यौं । जसको अधिकार हो, उसकहाँ विकास पुग्नुपर्छ भनेको हो । त्यो अधिकार दिएर कसैको निगाहले पुग्ने होइन, माग्ने हो । म कर तिर्छु भने मेरो घरको ढोकामा सडक पुग्नुपर्छ भन्ने हाम्रो अधिकार हो । हामीकहाँ त घर बनाएर बाटो पुग्दैन । किनकि घर बनाउनेले कर पनि तिरेको हुँदैन ।
हाम्रो सामाजिक संरचनाले नै विभेद बनाइरहन्छ र यो अझै २० वर्ष भइरहन्छ । यो विभेद कम गर्न समाजिक संरचनामा रहेको समस्या समाधान गर्नुपर्छ भन्ने मान्छे सम्भवतः एकजना बाबुराम भट्टराई होला । अरु मैले देखेको छैन । केको राजनीतिक तहबाट सुधारको कुरा गर्ने ? त्यसले ०६२/०६३ पछि सामाजिक असमानता कम भयो होला भनेर कल्पना गर्न हुँदैन । त्यसले अबको १०/१५ वर्ष रहन्छ ।
यदि राजनीतिक नेतृत्वले त्यो जेहाद छोड्ने हो भने फेरि सम्भव छ । यो भनेेको के हो भने सन्देश दिने हो । भारतमा मोदीले गरे, भारत सफा करो । त्यो सन्देश हो । जस्तो चीनमा राजाले कसैले पनि आजको मितिदेखि नउमालेको पानी खान पाउँदैनौं भनेर भनेका रहेछन् । अहिलेसम्म पनि कुनै चिनियाँले चिसो पानी खाएको देख्नु भएको छ ? छैन । उमालेको पानी खाँदा मात्र पनि उनीहरुको रोग आधा कम भयो । त्यो राजाको उर्दी थाइ राजाले थाहा पाए । उनले घरमा चिसो पानी खान पाइँदैन भनेर उर्दी जारी गरेका छन् । अहिले नेपालमा सबैले उमालेको पानी खानेको हो भने झाडा पखालाको समस्या ९० प्रतिशत घट्छ ।
कति विश्वविद्यालय बने, कति अस्पताल बने जस्ता कुराहरु क्षेत्रगत विकासको कुरा हुन् । क्षेत्रगतको छाड्नुस्, सिंगल भिजन, ब्रोड भिजन हुन्छ नि म मेरो देशलाई यस्तो बनाउँछु । उल्लु नै भएपनि राजा वीरेन्द्रले एसियाली मापदण्डमा पुर्याउँछु भनेको जस्तो । कृष्णप्रसाद भट्टराईले सिंगापुर जस्तो बनाउँछु भनेको जस्तो । त्यतिको भिजन पनि भइदिए हुन्थ्यो । त्यो केही छैन । कसैको पनि छैन । सानो कुरा गर्नुहुन्छ ।
अहिलेसम्मका प्रधानमन्त्रीले कति आर्थिक सहायता बाँडेका छन्, त्यो सूची हेर्नुस् । जसले बाँड्यो त्यो प्रधानमन्त्रीको भिजन छैन भनेर बुझेहुन्छ ।
लोकेन्द्रबहादुर चन्दले, बैतडीको मान्छे, विरामी भएछ, ५ लाख रुपैयाँ भनेर आए । अर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठ । सँधै पास हुने भएपछि एकदिन म आफैं गएँ । श्रेष्ठजतिको इमान्दार मान्छे कोही थिएनन् । मन्त्रालयको पैसाबाट चिया नखाने । सरकारको पैसा खर्च हुन्छ भनेर एसियाली विकास बैंकको साधारण सभामा समेत जानुभएन । त्यस्तो भन्ने उहाँ, उहाँकै प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । उनले चिर्कटोमा लिएर आएर ५ लाख रुपैयाँ फलानोलाई, २ लाख रुपैयाँ फलानोलाई । भिजन भनेको यस्तो छ । प्रत्येक प्रधानमन्त्रीले पैसा बाँड्ने बाहेक भिजन बनाएनन् ।
मुलुकको कार्यकारी प्रमुखले त पैसा बाँड्नुपर्ने अवस्था आउन नदिन पो सोच्नुपर्ने हो त । उसलाई किन पैसा चाहियो भन्दा उपचार गर्न हो नि । सबैलाई उपचारमा सहज पहुँच हुने अवस्था बनाउनेतिर काम सुरु गरौं न । क्यान्सर फ्री गरौं । एउटा व्यक्तिलाई सुविधा दिन प्रधानमन्त्री बन्ने होइन नि ।
यदि एउटा व्यक्तिलाई संकट परेका कारण सरकारले ५ लाख रुपैयाँ दिनु परेको छ भने यस्तो संकट त अरुलाई पनि परेको होला । सबैलाई संकट नआउने नीति पो सोच्ने हो । अहिलेसम्मका प्रधानमन्त्रीले कति आर्थिक सहायता बाँडेका छन्, त्यो सूची हेर्नुस् । जसले बाँड्यो त्यो प्रधानमन्त्रीको भिजन छैन भनेर बुझेहुन्छ ।
नेपालमा अहिलेको समस्या भनेको दिर्घकालीन सोचको हो । राजनेताले यस्तो कुरा देख्छ, जुन कुरा आम मानिस र बुद्धिजिवीले पनि देख्न सक्दैन| 

6 प्रतिक्रिया हरु:

हो बाबुराम एक असल राष्ट्र सेवक हुन् , मान्छे हुन् गल्ति कन्जोरी हुन्छ फेसबुकमा तल्लो स्तरमा गाली गर्नेहरु या त माओबादीका कुरा नाबुज्ने प्रचंड़, ओलि जस्ता गोबर गणेशका हनुमान जसले जे भने नि पत्याउने सत्य तथ्य के हो खुट्याउन नसक्ने बैचारिक् कमैया या त बाबुरामलाई देउताको अवतारमा हेरेर चमत्कार नपाउनेहरु हुन्

bhaaratiya agent
tyaag tapasyaa n bhayako
rismaa chhito aaune shaalintaa n bhayako
chaamro anuhaar
dal badalu swabhaaw sthaayeetwa n bhayakaa byakttimaa ke ko vision hun patrukaarle bhanne kuraa kin gareko ho

Prabesh shah
Narayan ji Adhar hin kura garne? Je Payo tei Bolne ? Baburam jati spasta Ra salin Byakti Kp oli ra parchanda Ko bhrasta mandali Ma chaina. Satya bolnus Sabai milaera lanu parcha bhanda Dalal ? Timro Kp prachabda maha Dalal Hun raw Ko agent sangai uthne sutne , desh tukryaune andha raatra badi Hun.

Narayan upadhya le prachabda le jana senako Naam Ma gareko bhrastachar, WA oli kaa gunda Harule liye Ko prasaad bheteko jasto cha ? Communist Ko Naam Ma lutne , janata ko nam Ma Safat khane saait Herrera hidne, pathibhara darshan Jane janata ka asali thag Haru sattako makhesanglo Ma pare Aba Sab sakinchan

१ हातले मात्र ताली बझादैना हजुर , २ हात नै चाहिन्छ. खास कुरा के हो भने नेताहरु मात्र हैनन किनकि नेपालको जनताहरु नै सबै भन्दा बेबकुब छन् किन भने आफुलाई केहि पायो भने आफनै मात्र सोछ्न. आफनो जस्तो समस्या अरुको पनि हुन्छा भनेर सोच्ने कोहि नेता अथवा नेपाली जनताहरु भेतनु भयको छ र हजुरले अझ सम्म ? म ग्यारेन्टीको साथ भन्छु नेताहरु भन्दा पहिला जनताहरु बाट सुध्रिन्नु परेको छ किनकि देशको विकास र जनताहरुको लागी सबै सरकारबाट सहायता मिलनलाई . अरु कुरा जो संबिधानको काननु छ तेसै आधारीत मान्नु पर्छा तर यसको विपरीतार्थक काम गर्नु हुन्छा भने संबिधान बनाय र के हि हुने वाला छैन सरकार नेताहरु नै कुर्शीको लागी लड़छन भने जनताहरु ???????? नेपाल सरकार मा बाबुराम सर हुनु हुन्ठेयो तेयो समयमानै सबैले साथ दियको भय संबिधान बन्ने थियन र ? सबैलाई पालो पालो चाहियको थियो कुर्सि जब सबैलाई पालो पुगेयो भन्ने महसुस भयो बन्यो संबिधान तर पनि अलिक पालो पुग्न बाकी छ जस्तो मलाई लागी रेको छ. सान्ति र बिकासको बत्तोमा जानु हुन्छा भने ? सबै भन्दा पहिला जो सरकारमा हुनु हुन्छ $ नेताहरु हुनु हुन्छ अनि जनताहरु सबै मिलेर जानुस नेपालमा विकास हुनु लै कत्ति नै समय लाग्छा र ? हो मैले पनि सुनेको छु गुजरातमा पहिला के नै थियो र ?आहिले हेर्नु ? अनि दुबैलाई हेर्नुस < चीनलाई हेर्नुस कानुनमा रहेर काम गर्न सिकौ हामी सबै नेपालीहरुले पनि. समस्याको समधान गर्न सिकौ ? आहिले कत्ति गरीब जनताहरुलाई दुख र पीडाले सती रहेको छ , कत्ति भोग भोगाई बस्नु परेको छ, पैसा भयर पनि खानालाई पायको छैन खोइ सरकारले हेर्नु र गर्नु सक्नु भयको ? १ पछी अर्को सरकार औछा र भन्छन दोस लागौछां अर्को लै खोइ सबैको भिजन ? रामेशोर खनाल ज्यु ? .

हो एक् हातले तालि बज्दैन!
महासय यो कुरा हामिलाइ भनिरहनु पर्दैन हामिपनि तेत्ति बुद्दु हैनौ कि एकहातले तालि बज्दैन भनेर कसैले भनिरहनु पर्ने र बुझाई सम्झाई रहनु पर्ने! तर साथि तालि बजाउन एकहात् पहिले ऊठ्नुपर्छ् पहिले एकहातले कोशिसको सुरुवात् गर्नुपर्छ् अनि अग्रसरता एकहातलेनै लिनुपर्छ् तालि बज्नलाई वा बजेपछि हुनसक्ने सकारात्मक् कुराको भन्दापनि यदि नकारात्मक् असर् प्रत्युत्पन्न रहेमा तेस्को जिम्मेवारि र क्षति बढी तेहि एकहातले ब्याहोर्नुपर्छ्!
यहि प्रयास हो डा भट्टराईको देशको निर्मान र बिकाशको लाग्छ। कसैन् कसैले पहल् लिनुपर्दछ् हामी चाहन्छौ तेसर् पहल् लिनेछ ब्यक्ति तुलतात्मक रुपले मालिक् बौद्दिक होस् देशको र जनताको अन् परिस्थितिको गहन अध्यायन् होस् अलि लोभी लालच र छुद्र ब्यक्तिगत् स्वार्थ् र खिचातानिबाट् आफुलाई मुक्त राख्न सक्ने होस् जो समानान्तर् परिप्रेक्षमा र परिधि परिस्थितिका अन्य् भन्दा सक्षम् र दूरद्रिस्ट्रि राख्नसक्न् होस् जस्ले देशको लागि योजना र खाका दिन् सकोस् जो बिगतका संघर्ष र अभ्यासमा खरो उत्रद आफुलाई पूस्टि गरेको होस् जो सबक द्रिस्त्रिले आन्यभन्दा उपयुक्त र त्यागगर्न सक्नेछन होस्! हालकोलागि हामिसङ यस्तो ब्यक्तित्वो डा भट्टराई भन्दा अर्को छैन!
भन्न र सोच्न् त जस्ले जे पन् सक्दछ् तर् सत्य भनेको सत्यन हुन्छ। कसैलाई मन् नपर्दैमा त्यो बदलिदैन र हाम्रइ देशक् सत्य यहि हो!

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More