May 31, 2016

ओलीको रेल,तेल जहाजको सपना बाँडेर राजिनामा ठोकी प्रचन्डलाई प्रधानमन्त्री बनाउने गुह्य सहमतिको खुलासा


अन्ठ सण्ठ गफ गर्दै ठुला ठुला सपना बाँडी हिड्ने प्रम ओलीले फुस्किन लागेको आफ्नो प्रमको  कुर्सीबचाऊन जो संग जुनसुकै सम्झौंता गर्न पछि नपर्ने हालै खुलासा भएको एक सहमतिले पुस्टि गरेको छ । आफ्नो सत्ता स्वार्थ टिकाउन जबजको  सिद्धान्त , आदर्श सबै बेचेर घोर राजा बादी , हिन्दु बादी, संघियता बिरिधि , परिबर्तन बिरोधि हरुसंग मिलेर सरकार बनाउन सफल भए संगै मधेशी दलको  जनबिरोधि कदम बिपक्षीको अकर्मन्यता नाका बन्दीले ओलीको भाग्य साथ्  दिदै आएकोमा अब रास्ट्रीयताको मोहनी लगाएर ठग्ने दिन सकिदै आएको देखिन्छ । 
तीन बुँदे र नौ बुँदे बालुवाटार बैठको भोलिपल्ट बिहानै वामदेव फेरि प्रचण्ड निवास पुगे । एक घण्टा लामो बार्ता भयो । बजेट र नीति तथा कार्यक्रमपछि ढिलोमा असार १५ भित्र सरकार परिवर्तन गर्ने विषयमा एमाले र प्रधानमन्त्रीका तर्फबाट वामदेवले जिम्मा लिएपछि सहमतिको मस्यौदा बनाउने तयारी सुरु भयो ।
तर उता कांग्रेस पनि एमाओवादीसाग सहमति गर्न प्रतीक्षारत थियो । १० बजे देउवा, विमलेन्द्र र रमेश लेखक प्रचण्ड निवास लाजिम्पाट आइपुगे । सुरुमा देउवा र प्रचण्डबीच छुट्टै कुराकानी भयो । प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न तयार भएकोमा देउवालाई धन्यवाद दिए तर तत्काल आफू प्रधानमन्त्री बन्न नसक्ने जानकारी गराए ।



प्रचण्डको कुरा सुनेर देउवाले भने, ‘ए ठिकै छ, तपाईं आफै पछि हट्नुभयो भने हामीले अन्यथा सोच्नुपर्ने केही छैन ।’
लगत्तै निधि र लेखक पनि बैठकमा बसे । प्रचण्डले तत्काल सरकार छाड्न नसकिने, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा मिलेर जानुपर्ने दोहोर्याए । प्रचण्डको भनाइले विमलेन्द्र निधि भने अलिक आक्रोशित थिए । उनले प्रचण्डलाई धोका दिएको र पछि मूल्य तिर्नुपर्नेसम्मको चेतावनी दिए ।
यता एमाले र एमाओवादीका नेताहरू नयाँ सहमतिको मस्यौदा बनाउन जुटिसकेका थिए । एमालेका वामदेव गौतम र विष्णु पौडेल, एमाओवादीका वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थमन्त्रीको सिंहदरबारस्थित गोप्य कक्षमा बसेर ११ बुादे र तीनबुँदे प्रस्ताव बन्यो । तीन बुँदे गोप्य राख्ने सहमति थियो ।
सहमतिमा हस्ताक्षर गर्न बालुवाटारमा भएको बैठकमा एमालेबाट प्रधानमनन्त्री ओली, झलनाथ, माधव, वामदेव, ईश्वर पोखरेल, विष्णु पौडेल, भीम रावल र अग्नि खरेललगायत तथा एमाओवादीबाट प्रचण्ड, नारायणकाजी, वर्षमान, टोपबहादुर र हरिबोल थिए । असन्तुष्ट भएका कृष्णबहादुर महरा भने गएनन् । विष्णु पौडेलले ११ बुँदेको मस्यौदा पढेर सुनाए । ११ बुँदेमा बहिर्गमित लडाकुलाई २–२ लाख दिनेलगायतका दुई बुादा हटाउने र त्यसलाई बजेटबाटै सम्बोधन गर्ने सहमति भयो ।
अब पालो आयो तीन बुँदेको । वाचनपछि वामदेवले ‘यसको स्पिरिट भनेको ढिलोमा असार १५ सम्ममा सरकार हस्तान्तरण गर्ने हो’ भनेर व्याख्या पनि गरे । यो सब सुनेर प्रधानमन्त्री भड्किए ।
‘त्यस्तो सही गरेर मलाई बजेट पनि ल्याउनु छैन, नीति तथा कार्यक्रम पनि चाहिएन, क्याबिनेट बोलाएको छु, अहिल्यै राजीनामा घोषणा गर्छु ।’
प्रधानमन्त्रीको यो कुरा सुनेपछि एमाओवादी उपाध्यक्ष नारायणकाजीले पनि प्रश्न गरे, ‘यो के हो तरिका ? हामीलाई झुक्याउन खोजेको हो कि के हो ?’
लगत्तै वामदेव जंगिए, ‘के हो ओलीजी ? हिजो यी सबै कुराका लागि तयार छु, माओवादीसँग कुरा मिलाउनुस् भनेर जिम्मा दिने, अहिले तर्किने ? तपाईंको सबैभन्दा नजिकको मान्छे विष्णु (पौडेल) जीसँग मिलेर तयार पारेको सहमति पनि मान्दिन भन्ने ? अप्ठेरोमा काम लगाएर अहिले उसैलाई अप्ठेरोमा पार्ने ? यो तपाईंसँग सल्लाह भएर गरेको हो कि होइन ? विष्णुजी बोल्नुस् ।’
तर विष्णु केही बोलेनन् । बरु प्रधानमन्त्री उठे र केही नभनी लसकलसक अर्को कोठातिर लागे । एमाओवादीको टोली अब वामदेवतिर सोझियो ।
‘यो के तरिका हो ? यो के गरेको हो ? के आधारमा अब एकअर्कालाई विश्वास गर्ने ? तपाईंहरुको खास कुरा के हो ?’ माओवादीहरूको प्रश्न थियो । तर वामदेव आफै अलमलमा थिए ।
एकैछिनमा विष्णु पौडेल निस्किए, केही बेरमा अग्नि पनि निस्किए । २० मिनेटपछि उनीहरुले प्रधानमन्त्रीलाई बैठकमा फर्काए ।
बस्दा नबस्दै प्रधानमन्त्रीले भने, ‘ल ल्याउनुस् म साइन गर्छु । जे तयार छ त्यही ल्याउनुस् ।’
त्यसपछि प्रचण्डले भने, ‘एघार बुादेमा सही गरौं । ३ बुँदेमा हस्ताक्षर नै गर्ने कुरा मलाई पनि धेरै कन्फर्टेबल पनि लागेको थिएन । साथीहरूलाई मैले सोधेको पनि हुँ, अब प्रधानमन्त्री आफै कन्फर्टेबल नभइकन हस्ताक्षर किन गर्नुपर्यो ? आपसी विश्वासको कुरा हो, हस्ताक्षरले मात्र के हुन्छ र ? विगतमा तपार्इंहरूले कांग्रेससँग सही गरेर पनि कहाँ लागु भयो र ?’
त्यसपछि विष्णुले ११ बुँदे पढेर सुनाए । दुबै पक्षको सहमतिमा नौ बुँदामा सीमित भयो ।
त्यहीबीचमा माधव नेपालले सोधे, ‘केपी कमरेडको जम्मा सात महिना भयो, प्रचण्डजीले चाहिँ बीस महिना खाने ?’
प्रचण्डले जवाफ दिए, ‘माधवजीको कुरा जेन्युइन हो । त्यसलाई पनि विचार गर्नुपर्छ ।’
केहीबेरमा माधव निस्किए । प्रधानमन्त्री क्याबिनेट मिटिङमा गइसकेका थिए ।
झलनाथले प्रचण्डलाई भने ‘तपाईंपछि मेरो पालो है ।’
अनन्तले जिस्काए, ‘पालो त वामदेवजीको पो हुनुपर्ने । उहाँ त प्रधानमन्त्री नै हुनुभएको छैन ।’
वामदेवले भने, ‘पालो भनेर मलाई २ महिनामा टुंग्याउने कुरा छ भन्ने मैले पनि सुनेको छु । म कहाँ मान्छु ? अब एमाले र एमाओवादी मिल्ने हो, बहुमत ल्याउने र मैले ‘फुल टेनियर’ (पूरा कार्यअवधि) चलाउने हो ।’
दुई दिनअघि छुट्टिने घोषणा गर्दा डिनर गरेका थिए । तर त्यो दिन मिलेर अघि बढ्ने घोषणा गर्दा चियामात्र खाएर बिदा भए ।
के के थियो एमाले र एमाओवादीबीच तीन बुँदे सहमतिमा ?
१) वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट सदनसमक्ष प्रस्तुत एवं पारित गरेपछि तत्काल वर्तमान प्रधानमन्त्री क. केपी ओलीले राजीनामा गर्ने । नेकपा (एमाले)को प्रस्ताव एवं सहभागितामा एनेकपा (माओवादी)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन गर्ने । त्यस सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने ।
२) संविधानअन्तरगत हुने आगामी संघीय, प्रादेशिक तथा स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) र एनेकपा (माओवादी)की बिच कार्यगत एकता गरी संयुक्त रुपमा अघि बढ्ने ।
३) दुई पार्टीबीचको सहकार्य एवं एकतालाई सघन एवं सुदृढ बनाउँदै समृद्ध, सामाजिक, आर्थिक रुपान्तरण र समाजवाद निर्माणको दिशामा अघि बढ्ने ।नयाँ पत्रिका दैनिकबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More