May 26, 2016

जनताका स-साना काम नि नगरी ठुला हावादारी गफमात्र दिने भए #iAmNotWithKPOli-लक्ष्मी खतिवडा

सुनचाॅदी ब्यबसायी ज्याला जर्तीको नाममा भनेजति ठग्न नपुगेर चोरीको सुन किन्दा पुलिसले कारवाही गर्यो भनेर बिरोध गर्छन,यातायात ब्यबसायी ट्राफिक शुल्कमा वृद्दी भएको विरोधमा चक्काजाम गर्छन,पेट्रोलमम्प ब्यवसायीहरू मट्टितेल मिसाएर पेट्रोल बेच्न नपुगेर मेशिन मै घपला गरेर जनता ठग्छन, स्कुल ब्यबसायीहरू भनेजति शुल्क लगाउन पाईएन भनेर सरकारकै विरोध गर्छन,अस्पताल ब्यबसायीहरू(डाक्टर भन्न मन लागेन,कसाई भन्न मिलेन)को लापरवाहीमा प्रश्न उठ्दा अनिश्चितकालिन अस्पताल बन्द गर्छन,गैर्ह सरकारी संस्था त जम्मा आफु खान खोज्ने,घरैपिच्छे संघ संस्था छन,देशको बिकाश तातो भुत्लो केहि भएको होईन।संञ्चार गृहका मालिकहरू आफु दुईकरोड पर्ने गाडी चड्छन सहुलियत ब्याॅजमा ऋण खोज्छन,भन्सारमा छुट खोज्जन तर ब्यबसाय चलाउन गार्हो भयो भनेर श्रमजिवी पत्रकारलाई भोकै मार्छन ।
सरकारी कर्मचारीहरूको काम गर्न भनेपछि भोलि बाहेक मुखमा छैन,घुसविना हलचल हुन्न,त्यै पनि तलब उनीहरूको बढाउनै परेको छ।सबैलाई आफआफ्नो क्षेत्रमा मनलाग्दी गर्नु परेको छ अनि अरू सबै तिर चै ब्यबस्थापन भएन भन्ने गुनासो।तॅपाई सिनेमा हलदेखि पेट्रोलपम्प र अस्पतालसम्मको लाईन मिच्न खोज्नु हुन्छ तर तॅपाईको गुनासो अर्को चै लाईनमा बसेन भन्ने हुन्छ।
फिटिक्क ग्याॅस पछि खौलौला,साउदीलाई तेल पनि अलिक पछि नै बेचौला,हावाबाट विजुली पनि अलिक पछि नै निकालौला अनि पानी जहाज पनि अलिक पछि नै गुडाउला।
लौ त प्रधानमन्त्रिज्यु कानूनको बर्खिलाप गर्नेलाई गौर्खे लौरी लाउने हुति देखाउनुस।अनि निकालौला तॅपाईको समर्थनमा जुलुस अनि लेखौला नि #iamwithKPOli भनेर अहिलेसम्म गफ बाहेक केहि गरेका छैनौ फोस्रा गफले देश बन्ने भए उहिल्यै बन्थ्यो होला नि।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More