June 26, 2016

नेपाल अपराधको कमाइ चोख्याउन सजिलो गन्तब्य बनेको भन्दै कालो सुचिमा राख्ने मुद्राकोशको चेतावनी

सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ ।यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले ,बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

केही अघि आएको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ ।

यस्तै फइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो ।

बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ ।

तरल राजनीतिक अवस्थाका कारण सरकार कमजोर भएको र चाहरेर पनि कारबाह गिर्न नसकेको गुनासो मिसन अधिकारीहरुले गरेका छन्

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More