July 21, 2016

केपी ओली र कमल थापा मिलेर राजतन्त्र ल्याउने -सेनाले साथ् दिए तानासाही लादन तयार

ओलीलाई कमल थापाले दिएको १४ करोड खोई!

‘राजा फालेको माओवादी र कांग्रेसले हो, एमालेले होइन, अब कांग्रेस र माओवादीसँग एमालेको दूरी बढेको छ, यही मौकामा हाम्रा लागि वातावरण बन्छ ।’ एकीकरण हुन गइरहेको राप्रपा र एमाले एक ठाउँमा उभिँदा कांग्रेस र माओवादीले दुई तिहाइ बहुमत जुटाउन नसक्ने उल्लेख गर्दै थापाले भने-‘संविधान संशोधनको ग्यारेन्टी नभएसम्म मधेसी दलहरू पनि सरकारमा सामेल हुँदैनन्, राप्रपा र एमाले एक ठाउँमा रहेसम्म संविधान संशोधन सम्भव छैन, राजसंस्था फर्काउन सकिने भनेको यस्तै बेलामा हो ।’- कमल थापा
काठमाडौं । जनआन्दोलन २०६२/६३ को विपक्षमा रहेका खड्गप्रसाद ओलीलाई त्यतिबेला एमालेकै कार्यकर्ता पंक्तिले आन्दोलनविरूद्ध गतिविधि गर्न तत्कालीन गृहमन्त्रीसँग १४ करोड रुपैयाँ लिएको आरोप लगाएका थिए । यद्यपि यो आरोपको कसैले प्रमाणित गर्न सकेन । जनआन्दोलनले गति लिँदै गर्दा ओलीले सार्वजनिक रूपमै भनेका थिए- ‘गोरूगाडा चढेर अमेरिका पुगिन्न, राजा फाल्ने कुरा नसोचे हुन्छ ।’ ओली दरबारकै हुन् भनेर धेरैले पत्याएका थिएनन् र छैनन् पनि । तर एक दशकपछि तत्कालीन गृहमन्त्री एवं राप्रपा नेपालका वर्तमान अध्यक्ष कमल थापाले भने यसको भेद खोलेका छन् ।
गत बिहीबार राप्रपासँगको एकीकरण वार्ताका क्रममा सरकारविरूद्ध कांग्रेस र माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावमा साथ दिने कि नदिने ? भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले रहस्य खोल्दै भने- ‘खड्गप्रसाद ओलीजीलाई एमालेको पार्टी अध्यक्षमा निर्वाचित गराउन र प्रधानमन्त्री बनाउन निकै ठूलो मेहनत गर्नु परेको छ, अब सिंगो एमाले पार्टी हाम्रो एजेन्डामा आएको छ, त्यसैले अब कांग्रेस र माओवादीलाई साथ दिने कल्पना पनि गर्नुहुन्न, ओलीलाई साथ दिन भएभरको ताकत प्रयोग गर्नुपर्छ ।’ सत्ता समीकरण परिवर्तनको मुख्य घटक नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी रहेका कारण त्यसलाई साथ दिनुपर्ने तर्क पनि केहीले अघि सारेका थिए । तर कमल थापाले उनीहरूलाई थप कुरा बोल्नै दिएनन् । तपाईहरूलाई गोप्य रहस्य के थाहा छ ? भनेर हकार्दै उनले भने- ‘राजा फालेको माओवादी र कांग्रेसले हो, एमालेले होइन, अब कांग्रेस र माओवादीसँग एमालेको दूरी बढेको छ, यही मौकामा हाम्रा लागि वातावरण बन्छ ।’ एकीकरण हुन गइरहेको राप्रपा र एमाले एक ठाउँमा उभिँदा कांग्रेस र माओवादीले दुई तिहाइ बहुमत जुटाउन नसक्ने उल्लेख गर्दै थापाले भने- ‘संविधान संशोधनको ग्यारेन्टी नभएसम्म मधेसी दलहरू पनि सरकारमा सामेल हुँदैनन्, राप्रपा र एमाले एक ठाउँमा रहेसम्म संविधान संशोधन सम्भव छैन, राजसंस्था फर्काउन सकिने भनेको यस्तै बेलामा हो ।’
राप्रपा नेपालका अध्यक्ष थापा राजसंस्था फर्काउने  रणनीतिमा लागे पनि राप्रपाभित्र भने दुईवटा धार देखिएको छ । राप्रपाभित्रको गणतन्त्रवादी धार कांग्रेस-माओवादी अर्थात् जनआन्दोलन २०६२/६३ को संवाहक शक्तिका पक्षमा देखिएको छ भने राजावादी धार  कमल थापा-ओली अर्थात् जनआन्दोलन २०६२/६३ को विरूद्धमा रहेको शक्तिका पक्षमा उभिएको छ । जसका कारण दुई राप्रपाबीचको एकीकरण प्रक्रिया बिथोलिने संकेत देखिएको छ । चक्रिय प्रणालीअनुसार यही साउन ११ गतेदेखि राप्रपाको अध्यक्ष पदमा पशुपतिशमशेर राणा आसीन हुनेछन् । उनी थापा-ओली गठबन्धनको पक्षमा छैनन् । लोकेन्द्रबहादुर चन्दले भने आफ्नो छोरा जयन्तले मन्त्री पदमा निरन्तरता पाउने अवस्थामा थापा-ओली गठबन्धनलाई छाड्ने बचन दिएका छन् । दीपक बोहोराको पनि त्यही सर्त छ । तर सकेसम्म राजावादीहरूलाई सरकारमा सामेल नगराउने गृहकार्यमा कांग्रेस-माओवादीका शीर्ष नेताहरू छन् । संसदमा एमालेका एक सय ८० र राप्रपा नेपालको २५ सिट छ । यो जोड्दा दुई सय पाँच हुने भएका कारण अरूको दुई तिहाइ पुग्दैन । जसका कारण राजावादीहरू निकै उत्साहित भएका हुन् ।

दरवारमार्गमा भूमिगत कार्यालय

समाचार स्रोतका अनुसार माओवादीले सरकार छाड्ने चेतावनी दिएसँगै राजावादीहरूले प्रधानमन्त्री ओलीका लागि दरबारमार्गमा गोप्य सम्पर्क कार्यालयको व्यवस्था गरिदिएका थिए । नबिल बैंकको पछाडि थारसाङ थकाली भन्साघर नजिकै रहेको उक्त सम्पर्क कार्यालयको जिम्मेवारी  आनन्द पोखरेल र राजन भट्टराईले लिएका छन् । एमाले र राजावादीहरूको गोप्य वार्ता यहीँ हुने गरेको समाचार स्रोतले जनाएको छ । कांग्रेस र माओवादी दुवै पार्टीमा आन्तरिक फुट सिर्जना गराउने तयारी अन्तर्गत गोप्य तयारी पनि यही सम्पर्क कार्यालयमार्फत नै भएको बुझिएको छ । गत शुक्रबार नेपाली कांग्रेस र माओवादीका चार/पाँचजना सांसद यो सम्पर्क कार्यालयकै आसपासमा देखापरेको समाचार स्रोतले जनाएको छ । तर उनीहरू संपर्क कार्यालयमा छिरे वा छिरेनन् ? त्यसको पुष्टि हुन सकेको छैन ।

२०७३ साउन ३ गतेको तरुण साप्ताहिकमा प्रकाशित समाचार

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More