July 14, 2016

नेपाल सखाप पार्न साम्राज्यबादी हरुले यसरी प्रचण्डलाइ जन्माए र जनयुद्धलाइ प्रयोग गरे

पुष्पकमल दाहाल र बाबुरामहरुले के गर्लान् भन्ने प्रश्नको त्यति महत्व हुँदैन, जति महत्व उनीहरु कस्तो गर्भमा हुर्काईएका थिए भन्ने कुराको हुन्छ । गर्भ भनेको यस्तो इतिहास हो, जहाँ कसैको बिजारोपण र पोषण गरिएको हुन्छ । कुनै प्राणी आफ्नो गर्भको उत्तरदानका रुपमा विकास भएको हुन्छ । गर्भासयसँगको नाताको सम्बन्ध बिच्छेद असम्भव प्रायः घटना हो । यसर्थमा, विभिन्न नक्कली बहानाहरु देखाएर माओवादीले सरकार गिराउन खेलेको भूमिकालाई बुझ्नका लागि यसको विकासको पृष्ठभूमिमाथि ध्यान खिच्न एकदमैं जरुरी छ ।

 

 मोहन बैद्यको नेतृत्वलाई ‘कू’ गरेर दाहालको नेतृत्वमा पश्चिमा साम्राज्यवादीहरुले

•भरत दाहाल
युद्धको रणनीति बनाईरहेको सुइँको पाएपछि ‘रअ’ले बाबुरामलाई ने.क.पा. (मसाल)बाट अलग गरेर पुष्पकमलको दलसँग एकता गर्न पठाएको र कथित एकताको वार्ता सुरुगर्ने तयारी हुँदादेखि नै दाहालले आफ्ना निकटस्थहरुसँग भट्टराईलाई ‘भारतबाट परिचालित सन्दिग्ध व्यक्ति’का रुपमा सतर्क गराउँदै आएको घटनाबारे मैले अर्को कुनै सन्दर्भमा सविस्तार चर्चा गर्नेछु ।

 

यस लेखमा म एकतापछि यी दुई व्यक्तिका श्रृंखलाबद्ध क्रियाकलापहरुमा केन्द्रित हुन चाहन्छु । दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको हत्या गरिएपछि २०५१ सालमा बाबुरामको पत्रिका ‘जनादेश साप्ताहिक’ले दासढुंगा काण्डबारे दार्जिलिङ बसोबास गर्ने टीएन प्रधानको नामबाट निजको फोटो समेत टाँस गरी धारावाहिक लेखहरु प्रकाशित गर्यो । आधा दर्जनभन्दा बढि श्रृंखलामा प्रकाशित सो लेखमा हत्याराको रुपमा एमालेभित्र अरु कसैको चर्चा नगरेर केपी ओलीलाई प्रस्तुत गरिएको थियो ।

 

शाही सेनामाथि हमला सुरु गरेपछि माओवादी परिचालनको जिम्मा भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डेज र ‘रअ’का पूर्व प्रमूख हर्मीज थाराकानले लिए । थाराकान दरबार हत्याकाण्डका बेला नेपाल प्रमूख र त्यो घटना सफल भएपछि भारत प्रमूख बनाईएका थिए । माओवादीलाई हतियार, तालिम र पैसा आपूर्ति गर्ने जिम्मा फर्नान्डेजको र संगठनात्मक परिचालनको जिम्मा थाराकानले लिएका थिए । 

 

बाबुरामलाई ‘रअ’का एजेन्टहरुले लेखेर उपलब्ध गराएका ती लेखहरु सबै नक्कली भएको, टीएन प्रधान नामको व्यक्ति पनि नभएको र निजको नाममा टाँस गरिएको फोटो भारतका बरिष्ठ पत्रकार कूलदीप नैयरको भएको तथ्य भण्डाफोर भयो । बाबुरामको ‘रअ’ प्रायोजित नक्कली हर्कतको पर्दाफासको त्यो घटनाले दासढुंगा हत्याकाण्डमा मतियारका रुपमा संलग्नलाई जोगाएर केपी ओलीलाई शिकार बनाउने ‘रअ’को योजना असफल गरायो ।

 

देशभित्रका कार्यकर्ताहरुका आँखामा धुलो छरेर २०५२ सालमा दाहाल र भट्टराईले दिल्लीबाट ‘जनयुद्ध’ सुरु भएको वक्तव्य जारी गरे । भरतीय सत्तासँग सबै तारतम्य पहिले नै मिलाएर दिल्ली र फरिदावादमा बस्नेगरी युद्धको घोषणा गरिएको थियो भन्ने कुरा उनीहरु अधिकांश समय दिल्ली र फरिदावादमैं बसेको तथ्यबाट प्रमाणित हुन्छ ।

 

 दाहाल र भट्टराईको नियति नबुझेर २०५३ सालको बैशाखमा भारतीय कम्युनिष्ट पार्टी (माओवादी)ले भारतीय सत्ताको खतराबाट जोगिन आफ्नो आधार इलाकामा ‘सेल्टर’ लिन भनि गरेको अनुरोधलाई प्रचण्ड बाबुरामले अस्वीकार गरे । १० बर्षको लामो युद्धमा माओवादीले जम्मा ३५ वटा केन्द्रीय स्तरका सम्मेलन, बैठक, भेला र प्रशिक्षणहरु गरेको थियो, जसमध्ये ३१ वटा कार्यक्रमहरु दिल्ली, फरिदावाद, कानपुर, बनारस, लखनऊ, गोवा, सिलगुडी, जालन्धर, मैसुर, चण्डीगढ, पानीपत, पटना लगायतका भारतका सर्वाधिक ठूला शहरहरुमा भएको यथार्थता एमाओवादी र बाबुरामबाट प्रकाशित प्रकाशनहरुमा लिपिबद्ध गरिएका छन् ।

 

२०५९ सालमा दाहाल र बाबुराम आफै हाजिर भएर तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीको कार्यालयमा लिखित बिन्तिपत्र दर्ता गरे, जसमा भारतको स्वार्थमा कुनै आँच नपुर्याउने बाचा गरिएको थियो । पछि यो तथ्य एसडी मुनीले आफ्नो पुस्तकमार्फत सार्वजनिक गरे । 

 

गरिब नेपालीहरुको रगतको प्रयोगबाट शक्ति सञ्चय गरेपछि २०५७ सालको दोश्रो राष्ट्रिय सम्मेलनमा माओवादीले ‘जनमुक्ति सेना’को गठन गर्यो । ‘जनमुक्ति सेना’को गठनबाट वार्गेनिङको आधार परिपक्व भएपछि सोही सम्मेलनमा त्यसले ‘क्रान्ति’को बाटो परित्याग गरि ‘गोलमेच सम्मेलन, अन्तरिम सरकार र नयाँ संविधान’को नीति पारित गर्यो ।

 

 यो नीति पारित भएको २ महिनापछि पार्टी बैठकमा पारित एक प्रस्तावमा दाहालले ‘विना रक्तपात’ सत्ता कब्जा गर्ने परिस्थिति बनेको उल्लेख गरे, जो साम्राज्यवादीहरुमाथिको भरोसाको अभिव्यक्तिका रुपमा आएको थियो । आफूले खेलाउने हतियारका रुपमा दाहाल र बाबुरामका हातमा सेनाको संगठित संरचना तयार भएको र ‘गोलमेच’का नाममा वार्गेनिङको नीति पारित भैसकेको यथार्थतालाई हेरेर माओवादी सम्मेलन सकिएको २ महिनाभित्रै विदेशीहरुले दरबार हत्याकाण्ड मचाए । त्यसै बर्षको मंसीरमा माओवादीले शाहीसेनामाथि महला सुरु गरेपछि नर्वेले युद्ध सञ्चालन सहजताका लागि माओवादीलाई अत्याधुनिक स्याटालाईट टेलिफोनहरु चन्दा दियो ।

 

शाही सेनामाथि हमला सुरु गरेपछि माओवादी परिचालनको जिम्मा भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डेज र ‘रअ’का पूर्व प्रमूख हर्मीज थाराकानले लिए । थाराकान दरबार हत्याकाण्डका बेला नेपाल प्रमूख र त्यो घटना सफल भएपछि भारत प्रमूख बनाईएका थिए । माओवादीलाई हतियार, तालिम र पैसा आपूर्ति गर्ने जिम्मा फर्नान्डेजको र संगठनात्मक परिचालनको जिम्मा थाराकानले लिएका थिए । उनीहरु दुबैजना पश्चिमी सेन्टरका क्रिश्चियनहरु हुन् । 

 

२०५९ सालमा दाहाल र बाबुराम आफै हाजिर भएर भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीको कार्यालयमा लिखित बिन्तिपत्र दर्ता गरे, जसमा भारतको स्वार्थमा कुनै आँच नपुर्याउने बाचा गरिएको थियो । बिन्तिपत्र दर्ता गरेर उनीहरु ‘रअ’को प्रधान कार्यालयमा गएर सबै रिपोर्टिङ गरे भन्ने तथ्य एसडी मुनीले आफ्नो पुस्तकमा पछि सार्वजनिक गरे । बिन्तिपत्र दर्ताबाट भारतीय सत्ता सन्तुष्ट भएपछि २०६० सालमा माओवादीले ‘नयाँ जनवाद’को विद्रुपिकरण गर्दै ‘एक्काईसौं सताब्दीको जनवाद’ नामक संसदीय राजनीति पारित गरेर ०५७ को निर्णयलाई बलियो बनायो ।

 

‘एक्काईसौं सताब्दीको जनवाद’ पारित भएपछि दाहाल र बाबुरामको नांगो नाँच सुरु भयो । यो बाटोमा आउने व्यवधानहरु किनारा लगाउने योजनाका रुपमा दुबै जनाको सहमतिमा २०६० सालको सुरुमा सीपी गजुरेल र त्यसको अन्त्यतिर मोहन बैद्यलाई क्रमसः चेन्नई र सिलगढीमा गिरफ्तार गराईयो ।


दिल्लीको एजेन्डाका रुपमा आएको ‘जन्मका आधारको नागरिकता ऐन’ पारित भएर अन्तरिम संविधानमा घोषणा नहुँदासम्म मोहन बैद्यलाई भारतीय जेलबाट छोडिएन । गजुरेल र बैद्यको गिरफ्तारीपछि दिल्लीसँग भएका अपराधपूर्ण साँठगाँठहरुलाई ओझेलमा पार्नका लागि त्यसकै सल्लाहमा २०६१ सालमा ‘सुरुङ युद्ध’को सर्कस देखाउन लगाईयो । यो साम्राज्यवादी खतराको हौवामा दिल्ली समक्ष गरिएको आन्तरिक आत्मसमर्पणको पटाक्षेपका लागि गरिएको अन्तिम गृहकार्य थियो । 
योजनानुसार २०६२ सालको जेठमा अवतरणको सबै खाका तयार पार्न दाहालले बाबुराम र हिसिलालाई दिल्ली पठाए । १५ दिनको घनिभूत गृहकार्यपछि ‘लोकतान्त्रिक गणतन्त्र’को खोल ओढेर सत्तामा जाने खाका तयार भयो ।


त्यहि खाका अनुसार १२ बुँदेको तयारी सुरु भयो । गिरिजा, माधव नेपालहरु तारन्तार दिल्ली बोलाईए । एकाध चरणको देखावटी वार्तापछि दिल्लीले दिएको नोट अनुसार १२ वटा बुँदाहरु बनाईए र २०६२ साल मंसीर ७ गते त्यसमा हस्ताक्षर गराईयो । त्यही नोटका आधारमा ‘आन्दोलन’को नक्सा बन्यो । 


२०६३ साल बैशाख ११ गते संसदको पुनस्र्थापना भएपछि तब माओवादी नामको कालो पर्दाको कुरुपता सार्वजनिक भयो, जब उनीहरु आफैले प्रतिक्रियावादी घोषित गरेर हतियार उठाएको त्यहि पुरानै संसद र संसदीय सरकारमा विनासर्त सामेल भए । उनीहरुले पार्टीमा कसैलाई सुइँको सम्म नदिएर ‘बृहत शान्ति संझौता’मा हस्ताक्षर गरेर ‘जनयुद्ध’सँग जोडिएका सबै मूल्य र संरचनाहरु विसर्जन भएको घोषणा गरे । ०६३ पछि बदलिएको परिवेशमा दासढुंगाको षडयन्त्र खुल्ने डरले अमर लामाको विना कारण हत्या गर्ने कसाईका रुपमा पनि माओवादी नै प्रयोग भयो । यो कुतत्वले आफैले क्यान्टोनमेन्टमा थुनेका लडाकुहरुमाथि मध्यराति सेना चढाएर तितरवितर बनाउन समेत बाँकी राखेन ।

 

साम्राज्यवादी हत्केलामा बन्धक बनेको प्रचण्डहरुको जिन्दगी र देश/दुनियाँबाट लुटेको धन जोगाउन उनले घुँयत्राको काम गरेका छन्  ।

 

यो इतिहासलाई राम्ररी नियाल्नु पर्छ । इतिहासबाट पृथक कसैको जग हुँदैन । पुष्पकमल दाहाल र बाबुराम भट्टराई नामका प्रवृतिहरु आफ्नो उत्थान कालदेखि नै साम्राज्यवादी–विस्तारवादी शक्तिहरुको हातमा समातिएका घुँयत्राहरु हुन् । सरकार ढालेर अस्थिरता पैदा गर्ने यीनीहरुको चालको सार केपी ओलीसँग नभएर चीन बिरुद्ध र नेपालकोे पानी तथा सुरक्षा मामिला कब्जा गर्ने इण्डियन स्वार्थसँग जोडिएको छ ।

 

साम्राज्यवादी हत्केलामा बन्धक बनेको यीनीहरुको जिन्दगी र देश÷दुनियाँबाट लुटेको धन जोगाउन यीनीहरुले घुँयत्राको काम गरेका छन् भन्ने तथ्यबाट कोही अनजान छैनन् । उनीहरुको यस्तो भूमिका जारी रहनेछ किनकि उनीहरु आफू नै आफ्ना लागि बाँकी रहेका छैनन् । तर दाहाल र बाबुराम जस्ता घुँयत्राहरुले समयमैं बुझुन् कि उनीहरुमा लोड गरिएको हतियारका रुपमा गोलि नभएर त्यसबाट झरेको धुलो मात्र बाँकी छ । गोली त कथित बृहत शान्ति सम्झौतामैंैं फूटिसकेको हो । धुलोले न चीन हान्छ न नेपाल । अनि साम्राज्यवादीहरुबाट विस्तारै खोल्सामा फालिन्छन् |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More