July 25, 2016

यस कारण समयले नयाँ शक्तिको माग गरेको छ

जगन कार्की बिमल मोरङ, (हाल लन्डन)
“पुरानो संरचनासँग लडेर तिमीले कहिल्यै परिवर्तन गर्दैनौ, नयाँ संरचना बनाउँ जसले पुरानो संरचनालाई बेकामे साबित गरोस् ।”
प्रसिद्ध लेखक, परिकल्पनाकार तथा आविष्कारक बकमिस्टर फुलरका यी भनाइबाट सुरुवात गरौँ यो नयाँ शक्तिको बहस चेतनाका आँखा खुलेदेखि अहिलेसम्म कुनै पार्टीको झन्डा बोकेर हिँडिएन ।
Jagan Karki, Londan
४६ सालको बिशाल परिबर्तन हेरियो, राजाको शासन  देखियो, प्रजातन्त्र हुँदै नयाँ नेपालको गणतन्त्रसम्मका परिवर्तनको साक्षी बन्दै गर्दा यस्तो लाग्छ देश गलत नेतृत्वको हातमा गएको छ र यो नेतृत्व बिकास गर्न सदिऔंदेखि जकडिएर रहेका हाम्रै गलत सामाजिक संस्कार, परम्परा, यसले बिकास गरेको हाम्रो दरिद्र मानसिकताको ठूलो भूमिका छ ।

Close ad X
कांग्रेसमा हेर्नुस् सुशील कोइराला, शेरबहादुरहरु आजीवन नेता, माओवादी सँधै प्रचण्ड एकाधिकार, एमाले त्यस्तै जसरी भएनी सत्तामा जाउ ४-५ टाउकेको वरिपरी नेतृत्व, अरु खल्तीमा केन्द्रीय कर्यालय बोकेर हिँड्ने पार्टीका कुरा नगरौ ।
देश र जनताको समस्या एउटा छ, राजनीतिको प्राथमिकता अर्कै छ, चुनावमा एउटा बाचा जितेपछि सत्ता सर्बोपरि, संस्थागत भ्रस्टाचार, लोकतन्त्रको दुहाइ दिएर ऋण काढेर चुनाव लड़्ने त्यो ऋण असुल्न भ्रस्टाचार गर्ने सामान्य परिपाटी छ । यो त देखावटी सत्य यहाँ त पार्टीका झन्डा नबोकी जागिर नपाइने, पार्टी पहुच भए कानुन नलाग्ने, अपराधको राजनीति, राजनीतिको अपराध हुँदाहुँदा देश र जनताका समस्या सत्ता चढ्ने सिढ़ी, मागी खाने भाँडो बनिरहेको छ, खुले आम भ्रस्टाचार छ ।
शान्ति, बिकाश, धर्म, क्षेत्र, जात सबै गिजोलेर छुट्टाछुट्टै स्वार्थको राजनीतिक दोकान खोलिएको भान हुन्छ । १० वर्ष संबिधान भनेर हल्लाइयो, भूकम्प, अभावमा  नाकाबन्दी निम्त्याउने राजनीति, संबिधान घोषणा गर्न हतार ३ महिना नपुगी फेरी संसोधन, भएका संरचना ध्वस्त नयाँ कताकता ? यो सब बिगतका दलाल  संस्कार र परम्पराको उपज थियो यसले गर्नेजति परिवर्तन गर्यो, भएका समस्याहरु सबै गिजोलेर सतहमा ल्यायो र एक समग्र फेलरको स्थितिमा गएको छ ।
राणाकाल, राजतन्त्रको भन्दा बिजोग अर्थतन्त्र र देशको हाल  छ, अब यसले धेरै खति गर्नुभन्दा पहिला नयाँ भिजन भएको शक्तिले  हस्तक्षेप गरेर ब्यवस्थापन गर्नुपर्ने जरुरी सबैतिरबाट देखिएको हो । अब नेपालमा समस्या नेतृत्वको हैन ब्यवस्थापनको देखियो, समस्याहरुको ब्यबस्थापन, उपलब्धिहरुको, अर्थतन्त्र र प्राकृतिक साधनहरुको ।
जसरी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई सर्बत्रबाट  देवत्वकरण गरियो, उनीबाट धेरै आस गरियो, परम्परावादी राज्य संरचना, कर्मचारीतन्त्र, तिनको राजनीतिक पहुँचका अगाडि भागबन्डाको सरकारका एक्ला व्यक्तिले कायापलट गर्ने सपना हामीले देख्नु उनीबाट धेरै आशा थियो कि, भट्टराई मन भएर पनि निरीह देखिए वा आन्तरिक कुण्ठाले परिवर्तनको मुद्दा नै  बिर्सिए ?  भविस्यले बताउला तर उनकै पार्टीपंतीका देखि विभिन्न चालबाज, षडयन्त्र गरेर विफल बनाउन पुराना शक्तिका एक तप्का नै लागिपरेको सर्बबिधित नै छ  ।
नेपालमा देखिएको समस्या जान्ने बुझ्ने बुद्धिजिवीहरुको ठूलो तप्का कुण्ठा र अन्तरिक स्वार्थ पालेर राम्रो काम र असल व्यक्तिको पनि खुट्टा तान्दिने, आफू केहि गर्न नलाग्ने, नसक्ने, कसैको बिरोध र समर्थन गरेर निगाहमा पद र प्रतिष्ठाको रोटि सेक्ने बौद्धिक भ्रस्टचार (काम नगरी श्रेय मान प्रतिष्ठा खोज्ने) प्रवृतिको मनोरोगबाट ग्रसित छ । ति मध्ये केहि हात धोएर बाबुरामको एक पछि अर्को कामको बिरोध गर्छन्, हनुमानहरुलाई सिकाउँछन्, हनुमानहरु तल्लो स्तरको शब्द र व्यवहारमा सामाजिक संजालमा खनिन्छन् ।
पार्टीका झन्डा नबोकी जागिर नपाइने, पार्टी पहुच भए कानुन नलाग्ने, अपराधको राजनीति, राजनीतिको अपराध हुँदाहुँदा देश र जनताका समस्या सत्ता चढ्ने सिढ़ी, मागी खाने भाँडो बनिरहेको छ
हो बुद्धिजिवी डाक्टर भएर भट्टराई ले जति भने, जति आदर्श कुरा गरे काम र आचरणमा त्यो धेरै मेल खाएन मलाई पनि प्रधानमन्त्री बनेपछिका आचरण ब्यवहार मन नपरेकै हो । मलाई लाग्छ मुलुकको दुर्गतिमा देशको सामन्ती प्रथा, भ्रस्ट संस्कार, सामाजिक बिकृति, हाम्रा क्रियाकलाप, राजनीतिक खिचातानी सबै बराबर दोषी छन् ।
माओवदीका विचारकको, देशको पढेलेखेको राजनीतिज्ञको हैसियतमा यिनलाई मात्र खुइल्याउने काम नाजायज छ । हो जान्ने बुझ्ने व्यक्ति पक्कै बढी जिम्मेवार हुन्छ र काम गर्ने व्यक्तिले नै गल्ति कमजोरी गर्छ । सामाजिक संजालमा देखिने भाव हेर्दा काम नगर्नेहरुको जमात हल्ला मात्र गर्ने दिमागमा सैतान राखेर नकारात्मक उर्जा फैलाउन उद्दत देखिन्छन् । आफ्ना कमजोरी लुकाउन सबै दोष अरुलाई थोपर्ने हाम्रो राष्ट्रिय संस्कार जस्तो बन्दै गएको छ ।
मान्छे हो त्रुटी हुन्छ, मान्छे अफै भित्र पनि मान्छे  मन, मस्तिस्क र इच्छाहरुको अन्तर्बिरोध हो । गल्ति कमजोरी हुन्छ तर गल्तिबाट सुध्रिनेलाई नकारात्मक खेद्ने कि उसलाई हौसला र उसका सिकाइहरु अरुलाई दिन, लिन प्रेरित गर्ने ?
मलाई लाग्छ जनयुद्धदेखि, शान्तिकालीन सरकार हाँकेर आफ्ना कमजोरीहरुको भेउ पाउँदै, बौद्धिक ज्ञानलाई अनुभवले खार्ने अवसर मात्र पाएनन् यिनले नेपालका जडसुत्रवादी कम्युनिस्ट, भ्रस्ट राज्यसत्ता र जुन शक्ति आएपनि अवसरमात्र लिने अवसरवादी शक्तिहरुसंग काम गरेर देश बिकाशमा प्रमुख बाधक तत्वहरु चिन्ने अवसर पाए ।
यिनले हिंसाको राजनीति र राजनीतिको हिंसा पनि नजिकबाट नियाले र अन्तमा आत्मालोचना गर्दै गल्तीकमजोरी प्रति छायामा माग्दै  पुरानो प्राप्त सबै पद या प्रतिष्ठा त्यागेर, माउ  पार्टी सरक्क ठेकेदारहरुलाई जिम्मा छोडी पुराना कोर्स करेक्सन गर्दै नेपाल बनाउने साचो सपनाको मार्गमा आएका छन् । यो कुराले मलाई छोएको हो र यी यावत कारणहरुले गर्दा नै नयाँ शक्ति हाँक्ने निर्बिकल्प नेतृत्व भएका ब्यक्तित्व भट्टराई हुन् भन्ने लागेको हो ।
सामाजिक संजालमा हलुका कमेन्ट र हल्ला गर्ने पुराना स्थायी सत्ताको भाग भेटेकाहरु, केहि अमुक नेता र दलका हनुमानहरु  बाहेक भट्टराइको जनयुद्धका मुद्दालाई संबिधानमा लेखेर नयाँ सिराबाट अघि बढ्ने साहसको स्वागत गरेका छन् ।
खोक्रा कम्न्युस्ट आदर्श र अन्धो पुँजीवादले बर्तमान नेपालको भबिस्य नकोर्ने, कलंकित संसदवाद, माओवाद, जातिवाद, धर्मअन्धवाद, क्षेत्रीयतावाद, पुरानो भ्रस्ट दलगत संरचनाले मुलुक उल्टो गतिमा लागिरहेको भेउ पाएर पनि त्यसमै टाँसिएर बस्नु पक्कै बौद्धिक ब्यक्तित्वको लागि सुहाउने कुरा हैन अहिलेको बौद्धिक पुस्ता र केहि सुझबुझ भएका, रास्ट्रको भलो चाहने नेपालीहरुको भावना यस्तो छ र  भट्टराइले पनि पार्टी, पद, शक्ति त्यागी परिवर्तन सुरु आफैबाट गरे मलाई यो मननयोग्य कदम लाग्यो ।
मेरो अन्तरमनको सिद्धन्त पनि मध्यमर्ग नै हो, बुद्ध र गान्धीहरुले पनि लिएको शान्ति र मध्यमार्ग नै हों, यहि नेर हिम्सा त्यागेर बुद्धमार्ग लागेका सम्राट अशोक पनि स्मरण योग्य छन् ।
मुलुकमा पनि सामन्तवादी सत्ता, पुँजीवादी लोकतन्त्र कम्युनिष्ट सरकार सबै प्रयोगहरु झेल्दै वर्तमान युगमा आर्थिक क्रान्तिको जगमा  लोक कल्याणकारी लोकतान्त्रिक व्यवस्थाबाट मात्र परिबर्तन र बिकास सम्भव देखिएको अवस्था छ ।
सामाजिक संजालमा हलुका कमेन्ट र हल्ला गर्ने पुराना स्थायी सत्ताको भाग भेटेकाहरु, केहि अमुक नेता र दलका हनुमानहरु  बाहेक भट्टराइको जनयुद्धका मुद्दालाई संबिधानमा लेखेर नयाँ सिराबाट अघि बढ्ने साहसको स्वागत गरेका छन् ।
घोर वाम , घोर दक्षिणपन्थी, घोर पुंजीवादी, घोर जाति, धर्म क्षेत्रीयतावादीलाई मिलाएर लैजाने मार्ग मध्यमर्ग नै हो |ब्यबहारिक मार्ग जुन नयाँ शक्ति अभियानले लिने र यसमा समाहित अभियन्ताहरुको बिचारबाट प्रस्ट भएको छ ।
जनयुद्धले ल्याएको परिबर्तन जो सुकै नेपालीले  मुक्त कण्ठले प्रसंसा गर्नपर्ने हुन्छ र जातीय, यसले अनावस्यकरुपमा बढाएको क्षेत्रीय अनावश्यक बिकृतिको घोर निन्दा गर्नै पर्दछ । संसदवादले माओवादी जनयुद्ध र जनयुद्ध ठेकेदारले यिनलाई गल्ति देख्ने पनि अब बिगत भएर गए सायद त्यो समयको माग र खेल थियो । नेपाल र नेपालिलाई पाठ सिकाउने । हो साम्सद खरिद बिक्रीदेखि पहुचवालाले जे पनि गरेर जनता र देशको दोहन गर्नु नै माओवाद्को आधारभुमि थियो जनता आक्रान्त थिए पछि जनयुद्ध पनि धन युद्धमा परिणत भयो, परिवर्तनपनि ल्यायो तर अपराध, हिम्सा र हत्या बढायो ।
हो, हिम्साको राजनीति गर्नु कदापी जायज थिएन सायद त्यहि प्रयास्चित स्वरुप अब भट्टराइको ठम्याइ शान्ति र बिकासको राजनीतिक फड्को हुनुपर्दछ ।
जनयुद्धका गुण जति सबै प्रशंसा गर्ने, संविधानको उपलब्धि मान्ने गुणगान गाउने र दोषजति  भट्टराईमा थोपर्ने केहि बिज्ञहरुको दृस्टीमा खोट छ, कुण्ठा छ । किनकि समग्र जनयुद्धको फौजी कमाण्ड बाबुरामले गरेनन् उनका बिगतका गल्ति कमजोरीले निखारेर नै उनलाई अहिलेको नयाँ शक्तिको निर्बिकल्प मार्गनिर्देशक  बनाएको छ ।
घोडा चड्ने मान्छे नै हो लड्ने उनले भूमिगत बिद्रोह गर्ने, हतियार उठाएर देशको काँचुली फेर्ने सपना देखेकै हुन् । म त्यो बेला कहिल्यैं पछि लागिन सुरुमा जनयुद्धले २०४६ पछिका विकृतिमा गरेको प्रहारले मलाई मात्र हैन सबैलाई प्रभाव पारेको हो । जव जनयुद्धमै बिकृति आयो अनि फेरी मुलुकमा अर्को समस्या ल्यायो ।
सदाचारिता र इमान्दारिताको खडेरीमा आत्माज्ञान, सदाचारिता र मानवीय मूल्य मान्यता लिएको मानवता हराउँदै गएको राजनीति र बाटो बिराएकाहरुलाई सहि बाटो देखाउन नेतृत्व लिने  नयाँ शक्तिको अपरिहार्यता भएकै हो ।
नयाँ शक्ति अभियानदेखि आत्तिएका विरोधीहरु, पुराना शक्तिका स्थायी ठेकेदारहरु उनको हार, कायल भन्दै विभिन्न भ्रमपूर्ण गालीगलोज र उपहास, प्रचारबाजीमा लागेको देखिन्छ यो उनीहरुको नया शक्तिले जनमत लिएर  खाइपाइ गुम्ने डर स्वोरुप आएको जस्तो देखिन्छ ।
नेपालका नेताहरुलाई लाइन लगाएर मुल्यांकनगर्दा भट्टराई भिजन र सुझबुझ भएका  नेताको अग्रपंतीमा पर्छन् ।उनलाई अहिलेकै खराब नेताहरुको लिस्टमा राखेर चुन्नुपरे पनि कम खराबमा पक्कै पर्छन् । सामाजिक संजालमा उनको आलोचना गर्नेदेखि लिएर प्रशंसकहरु सबैले धेरै बुझेर कम काम गरेको र राज्यको उच्च तहमा पुगेर भनेजस्तो केहि नगरेको दुखेसो गर्छन्।
खासमा उनको प्रधानमन्त्री बन्दासम्माका प्रशंसकहरु संबिधान सभा बिघटन र जम्बो मन्त्रीमंडलबाट तिब्र आलोचक बने यो आलोचना उनलाई सुध्रिएको र उनले नेतृत्व गरेर मुलुक आर्थिक क्रान्तिमा होमिएको देख्न चाहने समूह नै छन् ।
अबका दिनमा ढिलो नगरी ठुलाठूला खोक्रा, बोक्रा सिदान्त हैन ब्यबहारिक र लोकतान्त्रिक दल, लोकतान्त्रिक समाजवाद आदर्श बोकेको लोककल्याणकारी राज्यको परिकल्पना सहितको नयाँ नेपालको मार्गचित्र कोरेर नयाँ जोस नयाँ संरचनासंगै फरक कर्यशैलीका साथ कुराभन्दा बढी ब्यबहारिक भएर, प्रचारबाजी,  गालीगलोज भन्दा जनताको मन र बिश्वास जित्ने जनस्तरका काम, जनताका दैनिक जीवन धान्ने मुद्दाहरु प्राथमिकतामा राखेर दीर्घकालीन हितका योजना भिजन लिएर नयाँ शक्ति अघि बढोस् । यसका कार्यकर्ता हनुमान हैन आफ्नै नेतृत्वको पनि आलोचना र राम्रो कामको प्रसंसा गर्ने बनुन् । अब सिद्धान्त हैन मुद्दाको राजनीति लिएर नयाँ शक्ति गाउँ गाउँ पुर्याऔ

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More