August 24, 2016

बाबुरामले डेरा भाडा घर चलाउन काम गर्ने-सबै नेतालाइ भ्रस्टाचार नगरी काम गरेर घरचलाउन च्यालेन्ज


हाम्रो समाजमा बढ्दो कुसंस्कार सबै तिर विफल भएपछि राजनीति गर्ने , राजनीतिलाई पेसा बनाएर भ्रस्टाचार गर्ने चप्पल लगाएर राजनीति सुरु गर्नेहरु पदमा पुग्दा महल ठड्याउने प्रवृतिले जनता देश कंगाल हुदै जाने नेता मोट़ाउने अकुत धनि बन्दै जाने प्रवृति बिरुद्ध भट्टराइले नया शक्ति गठन संगै विभिन्न उद्धाहरणीय  प्रयास गर्दै आएका छन् ।  


झन्डै महिना दिन लामो सक्रिय प्रयास पछि नयाँ शक्ति नेपालका प्रमुख बाबुराम भट्टराईले नयाँ डेरा पाएका छन्।
नयाँ घरमा ७ वटा कोठा छन् र सानो बगैंचा पनि छ। ‘अन्तत नयाँ डेरा पाइयो, सर,’ भट्टराईका सहयोगी विश्वदिप पाण्डेले सेतोपाटीसँग भने, ‘घर साधारण किसिमको छ। त्यहाँ भएको सानो बगैंचाको स्थानमा ५-६ वटा गाडी अट्न सक्ने अनुमान छ।’     
बैतडीका पानबहादुर चन्दको स्वामित्वमा रहेको उक्त घरको भाडा प्रति महिना १ लाख १० रहेको उनले बताए।
भट्टराई दम्पतीले ‘कन्सल्टेन्सी’ खोल्ने राजनीतिक दलका नेताहरूको आयस्रोतमा प्रश्न उठिरहेको समयमा घरखर्च चलाउन भट्टराई दम्पतीले आफ्नो विज्ञता अनुसारको काम गर्ने सोचाइ बनाएका हुन् । ‘बावुराम सर र हिसिला म्याडम् मिलेर इन्जिनियरिङ कन्सल्टेन्सी चलाउने सोचाइ बनाइरहनु भएको छ,’ पाण्डेले लोकान्तरसँग भने । राजनीतिक दलका नेता भ्रष्ट बन्दै गएको भन्दै नयाँ शक्तिले आर्थिक पारदर्शितालाई जोड दिँदै आएको छ । राजनीतिक भ्रष्टीकरण रोक्न नयाँ शक्तिले आफ्ना नेता कार्यकर्तालाई पारदर्शी आचरण अपनाउन निर्देशन समेत दिएको छ । स्मरणीय छ , बाबुराम र हिसिला ‘आर्किटेक्ट’ पनि हुन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More