August 6, 2016

ओलम्पिकमा ब्रम्हलुट नेपाली खेलाडी चाही ७ जना पदाधिकारी चाही ४१ जना मुन्टीएछन्

ओलम्पिल खेलमा भएको अनिमितता तथा गैर जिम्मेवारीपनको हद हेर्नुस सेतोपाटीबाट साभार गरिएको समाचार जस्ताको तस्तै >>
नेपाली खेलकुदलाई जब अन्तर्राष्ट्रिय प्रतियोगिताको निम्तो आउँछ। त्यसले खेलाडीलाई कम, खेल पदाधिकारीलाई बढी उत्साही बनाउँछ। यसको पछिल्लो उदाहरण बनेको छ, ब्राजिलमा सुरु हुन लागेको रियो ओलम्पिक।

रियो ओलम्पिकमा ५ खेलका ७ नेपाली खेलाडी सहभागी हुँदैछन्। तर, खेलाडीको नाममा ४१ पदाधिकारी रियो पुगेका छन्। आज ओलम्पिक उद्घाटन हुँदैछ। तर, ३ नेपाली खेलाडी अझै देशमै छन्।

एथलेटिक्सका हरि रिमाल र सरस्वती भट्टराई त्रिपुरेश्वरस्थित भग्नावशेष दशरथ रंगशालाको ट्रयाकमा अझै दौडिरहेका छन्। यस्तै, तेक्वान्दोकी निशा रावल नेपाल आर्मीको ललितपुरस्थित कभर्ड हलमा अभ्यासरत छिन्। एथलेटिक्स खेलाडी आइतबार मात्र रियोतर्फ लाग्दैछन्। तेक्वान्दोकी निशा भने मंगलबार रियो जानेछिन्। 

‘यो नेपाली खेलकुदको बिडम्बना नै हो,’ नेपालका कीर्तिमानधारी म्याराथन धावक बैकुण्ठ मानन्धर भन्छन्।  यस्तै अर्का ओलम्पियन दीपक विष्ट पछिल्लो समय खेलकुदमा राजनीति हाबी बन्दै गएकोमा चिन्ता व्यक्त गर्छन्। सेतोपाटीसँग कुरा गर्दै विष्टले भने,‘अब  किन खेल खेल्नुपर्यो राजनीतिक दलको टिकट लिए भइहाल्यो नि।’

ओलम्पिक कमिटीले एथलेटिक्स र तेक्वान्दोको खेल पछि पर्ने भएका कारण उनीहरूको टिकट पछाडि कन्फर्म भएको प्रष्टीकरण दिएको छ। खेलाडी तयारी समितिका संयोजक निलेन्द्रराज श्रेष्ठले रियोतर्फ लाग्नुअघि सेतोपाटीलाई जानकारी दिए– ‘लामो रुट र ओलम्पिकका कारण एकै पल्ट प्लेनको टिकट पाउन मुस्किल पर्यो। फेरि उहाँहरूको खेल पनि अलि पछि थियो।’

श्रोतका अनुसार ओलम्पिक भिलेजमा टिमभन्दा बाहिरका व्यक्तिलाई बसोबासको व्यवस्था मिलाउन ओलम्पिक कमिटीले यस्तो रवैया अपनाउने गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ओलम्पिकमा सहभागी हुने खेलाडीको संख्याअनुसार कति पदाधिकारीलाई भिलेजमा बस्न दिने भन्ने कोटा निर्धारण गर्ने गरेको छ। यसमा पुरुष र  महिला खेलाडीको हकमा छुट्टा–छुट्टै प्रशिक्षक र व्यवस्थापक, चिकित्सक र फिजियोलाई ओलम्पिकमा भाग लिन दिने व्यवस्था गर्दैआइरहेको छ।

ओलम्पिकको भिलेजमा बस्न सहभागी सवै राष्ट्रले आफ्नो कोटाअनुसार आयोजक कमिटीलाई अग्रिम पैसा बुझाउनु पर्छ। त्यही कोटाअनुसार आयोजक कमिटीले प्रतियोगिता अवधिभरि त्यतिमात्र संख्यामा व्यक्तिहरूलाई उसको अपार्टमेन्टमा बस्ने स्विकृति दिनेगर्छ।

‘अपार्टमेन्टमा प्रवेश नगरेका खेलाडीबाहेक अन्यको हकमा उनीहरू भिलेजमा बस्न पाउँछन्। तर, खेलाडीसँगै डाइनिङमा बसेर खाना खान पाउदैनन्,’ सर्वोच्च अदालतले मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष पुरुषोत्तमप्रसाद श्रेष्ठ भन्छन्।

राजनीतिक पहुँच र ओलम्पिक पदाधिकारीलाई रिझाएर ओलम्पिकमा मनोरञ्जन गर्न जाने व्यक्तिलाई यस्तै अपार्टमेन्टमा सुत्ने व्यवस्था मिलाउने गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार ओलम्पिकका लागि सरकारले खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २२ जनाको नाममा मात्र स्विकृति जनाएको थियो। तर, ओलम्पिक कमिटीले सरकारलाई जानकारी नदिई थप पदाधिकारी रियो उडाएको हो। ओलम्पिक कमिटीले रियो उड्नुअघि बिदाई कार्यक्रमको आयोजना गरेपनि कति पदाधिकारी, कुन हैसियतमा रियो जाँदैछन, त्यो सार्वजनिक गरेको थिएन्।

‘सरकारी जानकारीमा २२ जना मात्र छ। अरु ओलम्पिकले लग्यो भने हामीलाई थाहा भएन,’ राखेपका एक अधिकारीले  बताए। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष रञ्जन थापा यसलाई स्वार्थलिप्सा भन्न रुचाउँछन्। भन्छन्–‘न कुनै मापदण्ड छ। न सरकारलाई जानकारी। यो राष्ट्रिय झन्डाको अपमान पनि हो।’

1 प्रतिक्रिया हरु:

भुझेर पनि नबुझ्ने हउ कि
तपाई हरु खेलाडी खेलाडी भन्नु हुन्छ
यहा जीवन राम लाइ छ श्री मति प्रतिभा को चिन्ता
३ जना खेलाडी नेपाल मै छाडी गयोउ त के भो , श्री मति साथ भए पछि के को चिन्ता

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More