August 6, 2016

प्रचण्डका खुट्टी छोरो प्रकास स्वकिय सचिव,महरा, बिमलेन्द्रहरु त मन्त्रि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेकै भोलिपल्ट छोरा प्रकाश दाहाललाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । यसले उनी कम्युनिष्ट होइन, एक सामन्ती र बंश परम्पराका पक्षपाती हुन् भन्ने कुरालाई पुनपुष्र्टि गरेको छ । उनका छोरा प्रकाश दाहाल पटकपटक विवादमा परिसकेका र पार्टीले बहुविवाह गरेको आरोपमा कारबाही गरेका पात्र हुन् । तर प्रचण्डले प्रधानमन्त्री हुनासाथ उनले धृतराष्ट्रझैं बनेर स्वकीय सचिवमा नियुक्त गरेपछि मिडिया र सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । प्रधानमन्त्री दाहालले प्रमुख स्वकीय सचिवमा जोखबहादुर महरा र स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालय चुस्तदुरुस्त हुने भनिएको छ । तर प्रथम ग्रासे मक्षिकापातम् भन्ने संस्कृतिको उक्तिलाई चरितार्थ गर्दै छोरालाई स्वकीय सचिवमा राखेर प्रचण्डले नातावादको सुरुवात गरेका छन् ।  प्रचण्डपुत्र प्रकाश पटक पटक विवादमा पर्दैआएका छन् । डा.बाबराम भट्टराई नेतृत्वको सरकारका पालामा प्रकाश दाहाललाई सगरमाथा आरोहरण गर्नका लागि २ करोड रुपैयाँ दिने निर्णय चरम विवादमा परेको थियो । चर्को विरोध भएपछि दाहाललाई उक्त रकम दिने निर्णय रद्द भएको थियो । कृष्ण केसी र शिव डाँगीले पछि सहकारीहरुबाट रकम उठाएर प्रकाश दाहाललाई सगरमाथा आरोहण गराएका थिए । सगरमाथा आरोहणकै क्रममा विना मगरसँग प्रचण्डपुत्रको लभ अफेयर्स चलेको थियो । पछि विनासँग उनको तेस्रो विवाह नै भयो । दोस्रो विवाह गरेकी कास्कीकी सिर्जना त्रिपाठी प्रकाश दाहाल र उनकी आमा सीताको अत्याचार सहन नसकी माइतीमा बस्दैआएकी छिन् । सिर्जनाबाट जन्मिएको सन्तानको अहिलेसम्म प्रचण्डको परिवारले जन्म दर्ता गरिदिएको छैन । कर्णाली अन्चल र दलितका बालबच्चालाई जन्म दर्ता गर्न एक हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले आफ्नै नातिको जन्मदर्ता नगरेका कारण पढाउन नसकेको पीडा पोख्दैआएकी छिन् |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More