August 6, 2016

चाइनाले भन्यो तिब्बत,नेपाल हुदै भारत जोड्ने हिमाल पारीको रेल चाडै आउने-नेपाललाई फाइदा

चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रुपमा सम्भव रहेको बताएका छन्। त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभान्वित हुने उनीहरुको भनाई छ। नयाँ पत्रिका दैनिकमा समाचार 

‘सिगात्से–केरुङ रेलमार्ग नयाँ हिमालयन रेल निर्माण गर्ने चिनियाँ प्रविधि सम्भव शिर्षकमा शुक्रवार चाइना डेलीले प्रकाशित गरेको समाचारमा त्यस्तो जनाइएको हो। विज्ञहरुको भनाइ उद्धृत गर्दै समाचारमा तिब्बतबाट दक्षिण एसियासम्म रेल्वे लाइन बनाउने अनुभव चीनसँग रहेको र त्यो प्राविधिक हिसाबले सम्भव रहेको उल्लेख छ। 
 
टाढा छैन रेल सपना 
 
चाइनमा डेलीका अनुसार प्रतिघन्टा सय किलोमिटरका दरले विश्वका उच्च हिमाली क्षेत्र र पुरानो हिमखण्डबाट रेल कुद्ने सपना अब लामो छैन।
 
‘प्रतिघन्टा तीन सय ५० किलोमिटरको द्रुतगतिमा १९ हजार कलिोमिटरभन्दा बढी किलोमिटरमा तिब्बतदेखि दक्षिण एसियाली प्रायद्वीपसम्म रेल्वे लिक निर्माण गर्न चीनसँग प्रविधि र पुँजी दुवै छ,’ चाइन तिब्बतोलोजी रिसर्च सेन्टरका विज्ञहरुलाई उद्धृत गर्दै चाइन डेलीले लेखेको छ,‘हिमालय रेल्वे तिब्बतको सिगात्सेबाट सुरु भएर सीमावर्ती ल्यान्डपोर्टनजिकको केरुङसम्म पुग्नेछ। यद्यपि यो उच्च गतिको रेल्वे हुनेछैन।’

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More