August 9, 2016

साउदीमा गारो अवस्थामा भएका नेपाली कामदारले सहयोग चाहीए यहाँ सम्पर्क गर्नुहोस

साउदीको जेद्दास्थित महाबाणिज्यदूतावासले तलव नपाएर तथा कम्पनी बन्द भएर अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराउन सुरु गरेको छ । एक विज्ञप्ति जारी गरेर महाबाणिज्यदूतावासले ‘साउदी ओगार’ नामक निर्माण कम्पनी बन्द हुँदा समस्यामा परेका ४१ जना नेपालीहरुलाई खानाको व्यवस्था गरिएको जानकारी दिएको छ ।

दूतावासलाई जुलाइ २७ मानै नेपालीहरुले मेस बन्द भएकाले बाँच नै समस्या परेको भन्दै गुनासो गरेका थिए । सो कम्पनीमा कार्यरत नेपालीहरुले गत जनवरीदेखि नै तलव पाएका थिएनन् ।

कम्पनीबाट फर्किन चाहाने ६ जनालाई नेपाल फिर्ता पठाइसकिएको दूतावासले जनाएको छ । अन्य साउदी छोड्न चाहाने कामदारलाई जतिसक्दो छिटो एक्जिट भिसा उपलब्ध गराउन त्यहाँको श्रम मन्त्रालयसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अन्य कम्पनीमा ट्रान्सफर हुन चाहानेका लागि पनि महाबाणिज्य दूतावासले समन्वय सुरु गरेको जनाएको छ । यस्तै महाबाणिज्यदूतावासले अप्ठेरोमा परेका कामदारलाई रियाद स्थिति दूतावास र जेद्दास्थित महाबाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More