September 7, 2016

कर्नेल लामा छुट्न बाबुरामले गरेका थिए पहल जनयुद्धको शान्तिपूर्ण निकाश भट्टराईलेमात्र दिन सक्ने प्रमाणित

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गम्भिर गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताएका छन् । उनले कुमार लामालाई बेलायतले थुनामुक्त गरेर आफ्नो गल्ति सच्चाएको बताउँदै भने – ‘आगामी दिनमा नेपाली सम्प्रभूता मिच्ने अपराध कसैले नगरोस् ।’

यसैबीच कर्णेल कुमार लामाले डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

महासेनानी कुमार लामालाई थुनामुक्त गर्नको लागि तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पहल सुरु गरेको थियो । लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले जानकारी दिए । साथै तत्कालीन सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो ।

विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत लामा (जनवरी २०१३) बेलायतमा पक्राउ परेका थिए । उनलाई माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थिए । आरोप पुष्टि नभएपछि कुमार लामालाई बेलायतले हिजो थुनामुक्त गरेको हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More