September 9, 2016

सम्वृद्धिका लागि अरुले बनाइदिएका मोडेल हैन यहाँको परिवेश सुहाउँदो 'नेपालबादी' मोडेल आवस्यक- भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले राजनीतिक नेतृत्व सही भएन भने मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

शुक्रबार स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा उनले भने, ‘मुख्य कुरा राजनीतिक नेतृत्व हो, देशको नेृतत्वमा सही मान्छे भएन भने विकास सम्भव हुँदैन । नारा लगाएर मात्र हुन्थ्यो भने पञ्चायत कालमा पनि विकासको मुल फुटाउने कुरा भएकै हो ।’

नेपालको आर्थिक विकास र सम्वृद्धिका लागि साँच्चिकै यहाँको परिवेश सुहाउँदो विकासको मोडेल जरुरी रहेको बताए ।

नयाँ शक्तिले मुलुकको आर्थिक परिवर्तनका लागि विकास र समृद्धिको मार्गचित्र तयार गरेको बताउँदै उनले भने, ‘अबको विकासका लागि परनिर्भरताको अन्त्य गर्दै अन्तरनिर्भरताको विकास गर्नुपर्छ ।’

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More