October 13, 2016

आदित्य दाहाललाइ भनि दिएको १ करोडमा ५० लाख शंकर पोख्रेलले खाएको साँचो कि हल्ला?


एमालेमा ओलीखेमाका युवा जुझारु नेता भनेर चिनिने पोखरेल माथि उक्लेखित ट्विटबाट बिबादित बनेको धेरै भएको छैन फेरी अर्को कलंकको टीको उनलाई लागेको छ ।  सत्य-असत्य फैसला गर्ने काम जनताको हो भने झुठो भए यसप्रति खण्डन गर्नु उनको कर्तब्य हो र अनर्गल प्रचार गर्नु पनि नाजायज हुन जान्छ । 
फुर्सद निउज अनलाइनको नाममा सामाजिक संजालमा आएको समाचार अनुसार शंकर पोख्रेललाइ ५० लाख आदित्य प्रतिष्ठानको हिनामिना गरेको भनि आरोप् लागेको छ । हेर्नुस समाचार जानकारीको लागि  फुर्सदनिउजबाट जस्ताको तस्तै साभार  गरिएको छ >>>>

२७, असोज । गुगल ब्वाई आदित्य दाहाललाई सरकारले दिएको एक करोड रकममध्ये पचास लाख रुपैंया एमाले नेता शंकर पोखरेलले लिएको खुलासा भएको छ । अघिल्लो ओली नेतृत्वको सरकारले गुगल ब्वाई आदित्यको संरक्षणका लागि खुलेको आदित्य दाहाल संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैंया अनुदान दिएको थियो ।

२०७३ असार ३२ गते बसेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न उक्त रकम दिने निर्णय गरेको थियो । झापाका शेषराज र ईश्वरा दाहालका छोरा दाहाल यही साउनमा ६ वर्ष पुगेका छन् । बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन् । विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो ।
गतअसार २३ गते साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेला भए । राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेला भएका उनीहरूले आधा घण्टा बालुवाटारको एउटा कोठामा छुट्टै बैठक गरे–अद्भुत बालक आदित्य दाहालसँग । त्यही बेला नेताहरुबीच प्रतिष्ठानलाई सहयोग गर्ने समझदारी जुटेको थियो ।
आदित्यको नाममा स्वतन्त्र ढंगबाट उनका अनुयायीले आदित्य संरक्षण प्रतिष्ठान खोलेका छन् । प्रतिष्ठान सञ्चालन गर्न केही रकम आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष प्रतिष्ठानका पदाधिकारीले निकाले । त्यसपछि उनीहरुले एमाले नेता शंकर पोखरेललाई भेटेर प्रतिष्ठानलाई सरकारबाट सहयोग जुटाई दिन अनुरोध गरें । नेता पोखरेलकै विशेष अग्रसरतामा प्रतिष्ठानलाई ओली सरकारले एक करोड दियो ।
आदित्यका बुवा शेषराज पहिलेदेखि नै शंकर पोखरेलसँग नजिक थिए । उनी एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेतासमेत हुन् । शेषराजले पोखरेलसँग भेटेर ओलीसँग भेटको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । स्रोतका अनुसार त्यहीबेला पोखरेलले पचास लाख आफूलाई दिनुपर्ने शर्त राखेका थिए ।


परराष्ट्र मन्त्रालयले आदित्य प्रतिष्ठानको खातामा एक करोड जम्मा गरेपछि नक्कली बिल बनाएर १२ दिनमा ५० लाख रुपैया झिकिएको थियो । साउन १५ गते नै शंकर पोखरेलको एभरेष्ट बैंकको ०००१३४५४३४ नम्बरको खातामा ५० लाख जम्मा भएको भेटिएपछि आदित्य प्रतिष्ठानका पदाधिकारीहरुले शंका गरेका थिए ।
त्यतिबेलै प्रधानमन्त्री केपी ओलीले गुगल ब्वाई आदित्य दाहाललाई पहिले नै दिएको एक करोड रुपैयाँ सहयोग पूरै खर्च नगरी उनका आफन्तले सरकारलाई फिर्ता गरेकोले अहिले त्यसैमा केही रकम थपेर दिएको बताएका थिए । ओलीको उक्त भनाई बाहिर आएसँगै पोखरेलको ०००१३४५४३४ नम्बरको खातामा पचास लाख भेटिएको थियो ।
यसबारे कुरा गर्दा आदित्य प्रतिष्ठानका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘शंकरजीले पहिल्यै कबूल गराउनु भएको थियो । उति बेला हुन्छ भनेकाले नदिन भएन । यो हाम्रो बाध्यता हो ।’ यसबारे कुरा गर्न पोखरेललाई पटकपटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More