November 25, 2016

राष्ट्र बचाउन तुरून्तै राष्ट्रपति शासन लगाएर देश लुटेराहरूकाे संपत्ति जफत गर्दै जेल हाल

राष्ट्रकाे सार्वभाैमसत्ता र अखण्डताकाे रक्षाकाे कसम खाएर सेना बनेकाे हुन्छ दल नामका विदेशी गिराेहकाे अादेशानुसार काम गर्ने तर्क नूनकाे बेर्इमानि हाे तुरून्तै राष्ट्रपति शासन लगाएर देश लुटेराहरूकाे संपत्ति जफत गरि जेल हाल ।

अबकाे लडार्इंलार्इ केपी अाेली भर्सेज पुष्पकमल वा देउवा भन्ने दिशामा लैजानु हुँदैन। दाहाल-देउवा गिराेहकाे उदय नेपालकाे भुटानीकरणका लागि भएकाे छ, केपी अाेली यसका विरूद्धमा साम्राज्यवाद विराेधि माेर्चामा उभिनु पर्ने बेला हाे। उनले भारतीय अत्याचारलार्इ कमजाेर बनाउन जे जति भूमिका खेलेका छन्, ती मरेर जाँदैनन्। राष्ट्रलार्इ धुरीमा राखेर दाहाल-देउवा गिराेहका विरूद्धमा जान सकिएन भने अाम जनमत फेरि पनि नव अाैपनिवेशिक सत्ताकाे खेल वरिपरि नै घुमिरहन्छ र देशभक्तिकाे भावना सरकार फेरबदलकाे घेरामा रूमल्लिर्इ रहन्छ।
साम्राज्यवादीहरूसंग नांगाे साैदाबाजि गरेर दाहाल-देउवा गिराेहकाे उत्थान सामान्य प्रकृतिकाे छैन। अन्य मित्र देशहरूसंग बढ्न थालेकाे नेपालकाे संबन्धलार्इ राेक्न नेपालकाे भुटानीकरण गर्ने सर्तमा याे गिराेहलार्इ उठाउन खाेजिएकाे छ भन्ने यथार्थता दाहालले विद्या भण्डारीकाे भारत भ्रमण स्थगन र दीपकुमार उपाध्यायकाे राजदूतबाट फिर्ताकाे घटनाकाे विराेध गरेर माेदीकाे चाकरि गर्न थालेकाे कुराबाट स्पष्ट भैसकेकाे छ। यी २ कुराकाे विराेध गर्दा उनले नाकाबन्दी लगायतका अत्याचारहरूबारे एब शब्द बाेलेका छैनन्।
असामान्य बनिसकेकाे परिस्थितिका कारणले अहिले अाम नेपालीहरूकाे ध्यान सेनातर्फ तानिन थालेकाे छ। सेना देशकाे सार्वभाैमसत्ता र अखण्डताकाे रक्षाकाे कसम खाएर बनेकाे हाे। देशकाे अस्तित्वलार्इ धरापमा हालेर सुरू गरिएकाे अस्थिरताकाे खेललार्इ नियन्त्रण गर्न सेनाले तत्कालका लागि सत्ता नियन्त्रण गरेर राष्ट्रपति शासन लगाएन, देश लुटेराहरूकाे सबै सम्पत्ति जफत गरेर यिनलार्इ जेलमा काेचिएन र सरकारि अादेशानुसार चल्ने रकमि तर्क गरेर नूनकाे बेइमानि गर्याे भने याे यिनै विदेशी गिराेहहरूकाे झाेलेका रूपमा मात्र बाँकि रहनेछ।
८ मङ्सिर २०७३

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More