December 25, 2016

द्वन्दकालको यातना पीडित पार्बती ढकाल नयाँ शक्तिमा ।

द्वन्दकालको यातना पीडित पार्बती ढकाल सहित गोर्खा सौरपानीका सयौँ युबाहरु नयाँ शक्तिमा प्रबेश ।

आफ्नै सरकार हुँदा पनि प्रचण्डले शहीद परिवार, घाईते र यातना पीडित हरुलाई धोखा दिएको पीडितहरुको गुनासो ।      


जनयुद्दकालमा प्रहरीको पक्राउमा परी निर्मम र अमानबीय यातना भोगेर प्रहरी हिरासतबाट नै भाग्न सफल गोर्खा सौरपानीकी जिउँदी शहीद  पार्वती ढकालले माओवादीले आफु सरकारमा हुँदा पनि बेपात्ता पारिईएकाका परिवार, शहीद परिवार र घाइते तथा पीडितका परिवारहरुलाई धोखा दिई बेवास्था गरेकाले आफु लगाएत सौरपानीका प्राय:जसो स्थानीय नब-युवाहरु नयाँ शक्तिमा प्रबेश गरेको बताएकी छिन्।


नेपालको राजनैतिक परिवर्तनको स्मरण गर्दै पार्वती ढकालले भनिन् – २००७ साल देखिको कठोर राजनैतिक परिवर्तनको निकासकोलागि २०५२ सालमामा शुरु गरिएको जनयुद्दको उर्लंदो फौजी कार्बाहीको शिलशिलामा २०५५ सालतिर गोरखाको ताकुकोटमा माओबादी छापामारहरुले आक्रमण गरी उक्त चौकीलाई कब्जा गरी ठूलो संख्यामा हात हतियार लगेका थिए । माओबादी जनयुद्दको यस बिकसित चरणमा तत्कालिन गिरिजा सरकारको किलो शेरा-२ अपरेशनले जथाभाबी नागरिकहरुलाई यातना दिन शुरु गरेपछि त्यसको प्रतिकार र जनरक्षाको लागि माओबादीहरुले पनि ठूला चौकीहरु आक्रमण गर्ने रणनीति लिएका थिए । माओबादी जनयुद्दको पछिल्लो यस् फौजी आक्रमणमा परी प्रहरी र माओबादी दुबै पक्ष तर्फ दशौंको संख्यामा शहीदहरुले शहादत्त प्राप्त गरेका थिए । माओबादीहरुको यस उच्च फौजी कार्बाही पश्चात् रन्थनिएको सरकारले भने आफ्नो मातहतको प्रहरी प्रशासनको सहारामा स्थानीय सोझासाझा जनताहरुलाई अनेक बहानामा पक्राउ गरी अत्यन्तै क्रुर तरिकाले दु:ख दिन थालेको थियो ।

माओबादी द्वन्दकालमा प्रहरी पञ्जाबाट भागेर
बाँच्न सफल जीउँदी शहीद पार्वती ढकाल। 
यसै क्रममा २०५५ सालको फाल्गुण महिनाको अन्त्यतिर पार्बती ढकाललाई उक्त घटनामा संलग्न आक्रमणकारी छापामार भएको आशंकामा झूठ्ठो आरोप लगाई २० जना जतिको कमाण्डो फोर्शको प्रहरीले उनको सौरपानी पोखरी- ३ स्थित आफ्नै घरबाट छातीमा बन्दुक तेर्स्याई लछार पछार पार्दै पक्राउ गरेको थियो । पार्वतीका अनुसार गोरखाको दुर्गम भेग सौरपानी स्थित प्रहरी चौकीमा ईन्चार्जको रुपमा कार्यरत तत्कालीन सशास्त्र प्रहरीका सई (हाल डिएसपी) पँचूराम चौधरीको टोलीले उनलाई आफ्नो छर छिमेक र परिवारको सदस्यको अगाडि बाटै गिरफ्तार गरी चौकीमा लागि चरम यातना दिएको थियो । प्रहरीले गिरफ्तार गर्दा उनी तत्कालिन हिमालय मा. बि. मा कक्षा ८ को जाँच दिएर घरमा बसेकी थिईन् । बिना पूर्जीको गिरफ्तार पछि पार्बती ढकाललाई प्रहरी चौकीका ईन्चार्ज पँचूराम चौधरीले तथानाम गाली बेईज्जती गर्दै निर्बस्त्र नाङो पारी जिउमा सिस्नु पानी लगाउंदै र पैतालामा कोर्राले हान्दै शिर देखि पाउ सम्म कुटी चरम यातना दिएका थिए । यसरी सिस्नु पानी लगाउंदै करीब ५/६ घण्टा जति चौकीको अंध्यारो बन्द कोठा भित्र थुनेर चरम यातना दिए पछि पनि थप घर खानतलासीको लागि भनी पर्बतीलाई राती अबेर उनको घरमा लैजाँदा उनी प्रहरीहरुलाई छक्याएर भाग्न सफल भएकी थिईन ।

द्वन्द कालमा यस्तो यातना पाएर तत्कालीन रक्त पिपासु सरकारको खुनी प्रहरीहरुको पञ्जाबाट बाँच्न सफल जीउँदो शहीद भएर पनि आज सम्म कतैबाट कुनै सहानुभूति नपाएको भन्ने यातना पीडित पार्बती ढकालको गुनासो छ । यातना पीडित उनका अनुसार प्रचण्ड आफैं सरकार प्रमुख हुँदा पनि "सत्य निरुपण तथा मेलमिलाप आयोग" मा झारा टार्ने काम मात्रै भईरहेको, आयोगका कर्मचारीहरु गाउँ गाउँमा गएर वास्तविक पीडितहरुको खोजीनीती नै नगरी अफिसमै बसेर हचुवाको भरमा आयोग र जनताहरुको आँखामा छारो हाल्ने काम मात्रै भएको, आयोगका कर्मचारीहरुले मनोमानी र अबास्तविक तरीकाले फगत कागजी काममा "टिक् बक्स एक्सर्साइज (Tick box exercise)" मात्रै गरी लाजै पचाएर अनेक बहानामा सरकारी तलब र भत्ताको दुरुपायोग गरी जनताले तिरेको कर खाई पीडितहरुको आँसु पिईरहेका छन् । द्वन्दकालीन यातना पीडित पार्बती ढकालकाले आयोगले गाउँघर र कुना काप्चीहरुमा प्रभाबकारी तरिकाले सूचना दिन समेत् बिलम्ब गरेको र  उजुरी दिन आफैं सत्य निरुपण तथा मेलमिलाप आयोग खोज्दै जाँदा पनि आयोगले उल्टै आफ्नो उजुरी लिन समेत् आनाकानी गरेको भनी दुखेसो पोखेकी छिन् ।

पार्बती जस्ताको पीडामा त साथ नदिने भन्दै पुरानो राज्य प्रणालीबाट कुनै आशा गर्न नसकिने भन्दै उनी जस्ता सयौं युवाहरु तथा घाइते र शहीद परिवारहरु देशभरबाट नयाँ शक्तिमा आकर्षित भईरहेको समाचार छ ।  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More