December 15, 2016

निर्वाचन आयोगमा आय-ब्यय बिबरण पेस नगर्ने कांग्रेस, एमाले माओबादी पार्टीको दर्ता ख़ारेजी माग गर्दै सर्बोच्चमा मुद्दा हालौं!

खबरदारी - प्रसंग १ - 
कांग्रेस एमाले र माओबादी जस्ता जिम्मेवार ठुला पार्टीले निर्वाचन आयोगलाइ आयब्यय  बिबरण प्रस्तुत गैर्न सकेका छैनन । कारन गैर क़ानूनी रुपमा इठाइएका रकम बेचिएका सभासद पद र कालो बाजारी हुन सक्ने देखिन्छ । निर्वाचन आयोगले पनि डरले हो वा जागीर बचाउन यी दलको भण्डाफोर नगरेको राससको तलको समाचारले संकेत गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा निर्वाचन आयोगमा मुलुकका १७ राजनीतिक दलले वार्षिक आयव्यय विवरण बुझाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १५९ दल छन् भने संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३० वटा रहेको छ । संसद्मा प्रतिनिधित्व गर्नेमध्ये पाँच वटा दलले मात्र आयव्यय विवरण बुझाएका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाले जानकारी दिए । आयव्यय विवरण बुझाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, जनजागरण पार्टी नेपाल र नेपाल परिवार दल रहेका छन् । यस्तै संसद् बाहिरका दलमा मधेस तराई फोरम, चुरेभावर लोकतान्त्रिक पार्टी, पिछडावर्ग दलित निषाध दलित जनजाति पार्टी, नेपाल कम्युनिस्ट पार्टी, संयुक्त राष्ट्रिय जनपरिषद् नेपाल, युनाइटेड ग्रिन अर्गनाइजेसन, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मुस्कान सेना नेपाल, नेपाल दलित पार्टी, नेपाल युवा किसान पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिक र राष्ट्रवादी एकता पार्टी छन् ।
 आ.व. २०७१/७२ मा ११८ राजनीतिक दलले वार्षिक आयव्यय बुझाएका आयोगले जनाएको छ । छब्बीस राजनीतिक दललाई वार्षिक आयव्यय नबुझाएको आरोपमा आयोगले खारेज गरेको थियो । वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि २६ राजनीतिक दल खारेजीमा परेका हुन् । खारेजीमा परेका दलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रेमबहादुर सिंहको अध्यक्षतामा रहेको समाजवादी जनता पार्टी, जनता दल युनाइटेड, जनता पार्टी नेपाल, नेपाली जनता पार्टी, नेपाल जनभावना पार्टी, सशक्ति पार्टी, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, नेपाल राष्ट्रिय जनकल्याण दल, जनमुक्ति पार्टी नेपाल, शिव सेना, लिवरल समाजवादी पार्टी, नेपाल साम्यवादी दल, नवनेपाल प्रजातान्त्रिक दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टी र समाजवादी पार्टी रहेका छन् । यस्तै नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, हरियाली पार्टी नेपाल, नवजनवादी मोर्चा, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त माक्र्सवादी) नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसङ्घ, नेपाल दलित श्रमिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत), तराई मधेस पहाड हिमाल एकता पार्टी र ॐ सेना नेपाल रहेका छन् ।
 आयोगले लगातार तीन आर्थिक वर्षसम्म ती राजनीतिक दलले आफ्नो पार्टीको वार्षिक आयव्यय प्रतिबेदन नबुझाएकाले खारेज गर्नुपरेको जनाएको छ । बर्सेनि आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक आयव्यय बुझाउनुपर्ने प्रावधान छ । तोकेको समयमा आयव्यय नबुझाएपछि ती दल खारेज भएका हुन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचन आयोगमा दर्ता भएका दलमध्ये केही निर्वाचन प्रयोजनका लागि र केही पार्टी सञ्चालनका लागि हुने गरेका बताए । ‘आयोगमा दर्ता भएका सबै दल निर्वाचनमा भाग लिन्छन् भन्ने छैन,’ उनले भने ।वि.स. २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा प्रतक्ष्यबाट १२० तथा समानुपातिक निर्वाचन प्रणालीबाट १२२ दलले भाग लिएका आयोगले जनाएको छ । रासस 
आउनुहोस देशका जिम्मेवार दलको यो गैर जिम्मेवारीपन र संस्थागत भ्रस्टाचार बढ़ावा दिने कदम  बिरुद्ध मुद्दा ह्लौं आवाज उठाऔ, खबरदारी गरौं !

खबरदारी - प्रसंग २ -  
धनाड्य जीवनशैली र अकूत सम्पतिमा मोजमस्ती गरिरहेका हाम्रा मंत्रीहरुको सम्पति बिबरण एकदम हास्यस्पद आएको छ सम्पति सबै परिवार सदस्य हरुको नाममा नामसारी गरेर झूठा बिबरन सार्बजनिक गर्नुमा नैतिक भ्रस्टपनको झलक देखिएको छ ।  सम्पति बिबरण साँचो तथ्य दिन की साँचो तथ्य छोपेर मंत्रीहरुलाई चोखो बनाउने आधार तैयार गर्न नेपाली जनताको प्रश्न ?



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More