December 2, 2016

हामी नेपालीको आँखाबन्दीले निम्त्याएको हो भारतीय नाकाबन्दी

दसकौं भएको थियो काठमान्डूको त्यो बाताबरण धुवा र धुलो गाडीका हर्नको कोकोहोलो आवाजले बिश्राम नपाएको तर भारतको नाकाबन्दीले तेलको अभाव संगै गाडी, मोटरसाइकल कम गुडे अनि यहाको हावाले केहि  सुद्धिको स्वास फेर्न पाएको छ । मान्छेको जात न हो कर नलागुन्जेल कहाँ साइकल चढ्नु ? प्रत्येक पाइलो मोटरसाइकल चढ्ने पुस्ता अझ +२ सक्ने बितिकै अनिवार्य जस्तो मोटरसाइकल चढ्नुपर्ने नयाँ पुस्तालाई अनावस्यक इन्धन खेर फालेर फजुल खर्च बढाउने र बाताबरणमा असर हुने असर बारे चेतना फैलाउन जरुरि छ ।


बताबरण र स्वास्थ्यको दृष्टिले अहिले धेरै नेपालीहरु साइकल चढ्ने , हिड्ने  काममापनि लागेकाछन यसले स्वास्थ्यमा फाइदा पुगेकोछ ।  इन्धनको खर्च जोगिएको छ अनि  रास्ट्रप्रेम र स्वाधिनता र  स्वाबलंबनको भावना जगाइदिएको छ ।
मुख्य कुरा त हामी कति परनिर्भर रहेछौँ भन्ने कुराको राम्रो जानकारी सबै नेपालीले महसुस गर्न पाएका छौँ ।

यस भन्दा पहिले गरिएको नाकाबन्दी र भबिस्यमा पर्ने अभावको तयारी कस्तो रहेछ हाम्रो सरकार र सम्बन्धित सबै निकायको लगौटी फ़ुस्किएको छ , हाम्रा कमजोरी छर्लंग भएका छन् । 

निर्यात भन्दा आयात बढी अनि भारतलाई बेच्ने भन्दा किन्ने बढी  गर्ने  मुलुकको अर्थतन्त्र नाकाबन्दीमा आयात रोकिएर ब्यालेन्स भो होला असर परेको भनेको ब्यापारीहरुलाई हो बाँकि त रेमिट्यान्सले धानेको मुलुक न हो ।

स्वाधिनताको नारा लगाइरहदा हामीले प्रयोग गर्ने दैनिक उपभोग्य बस्तु, लगाएका लुगाका ट्याग हेरौं  , सुत्नेकोठाको टिभी कहा बनेको , प्रबिधि केवल कहाँबाट आयात भएका हुन् त्यसमा आउने सिरियलका पारखी हामी , भान्साको चिया , नुन , चिनी  देखि पुजाको थानका भागावनका मुर्ति , अगरबत्ति सम्म किन्ने हौँ हामी |
हामी कृषि योग्य जमिनमा प्लटींग गरेर बिचमा चिर्ने त्यसलाई नासेर कार किनेर चढ्ने स्वाभिमानी हौ|  सरकार निकायको कुरा के गर्ने कहाँ घर बनाउने कहाँ खेति गर्ने भन्ने कुरा बरु पृथ्वीनारायण शाहले भने खेतीयोग्य जमिनमा बस्ति नाबसाल भने  बाकीले जसले जे गरेनी हेरिरहे । सरकार , सरोकारवाला , राजनीति अन्तरिक् खेल बुद्धिजीविहरु आत्मारातिमै रमाउने देश को के चिन्ता ?  श्री पशुपतिनाथको कृपाले चलेको छ । 

मुलुकका मुख्य मेरुदण्ड कृषि , जल बिद्युत र पर्यटन हो सबैलाई जानकारी छ तर हामी राजनीति , संबिधान , अन्य कुरामा लगानी गर्ने यो क्षेत्र सधै अस्तव्यस्त, बिगार्न लाग्ने स्वभिनानी ।   बिश्वको दोश्रो जलविद्युत धनि रास्ट्र भनेर ५ क्लासमा पढेका अहिले जिम्मेवार  ओहोदामा पुग्दा बिर्सिए  नया पुस्ता त्यहि पढेर हेरिबसेको छ हाम्रो स्वाधिनताको आडम्बरी  ढोंगलाइ के सिक्दै होला अनुमान गरौँ ? 

कृषि हाम्रो प्रमुख पेसा १० वर्ष अघि नेपालले चामल निर्यात गर्ने तथ्य कथा बनेको छ अहिले  उल्टो हामी आयात गर्छौं धान ,  चामल तरकारी ।  खेतिपनि हामी गर्छौं तर मल , बिउ , प्रबिधि देखि खेताला भारतका लगाउछौं । आजकाल हलगोरु पालिन्न  भारतले बनाएको ट्याक्टर  तेल , मेसिन टाएर देखि सब चिज उतैको मात्र पोइसो हाम्रो |
दुखको कुरा जब मंगसिर लाग्छ धान फल्छ  किसानको वर्षभरिको कमाइ , ऋण तिर्नेबेला व्यापारीले धानको मुल्य कौडीमा झार्छन , बेच्नपर्ने बाध्यता हुन्छ किसानलाई अनि बेच्यो सबै धान दनदन ट्रकमा भारत जान्छ | 
हिउद्को अनिकालमा फेरी आफुले बेचेको धानको चामल भारतबाट आएको कमसल ढुंगा मिसिएको कनिका खाने बध्याता आउछ यो धान मात्र हैन मकै,गहु देखि जुम्लाका स्याउ सबै भएरपनि अवमुल्यन भए यो अनियमिततालाइ सामान्य ब्यबस्थापन गर्दिने सरकारी पहल छैन खै के गर्छन हाम्रा जिम्मेवार निकायहरु ?
  उत्पादनमा ब्रिद्दि कसरि होस् ? हजुरबाको खेत अंसबन्डा गर्दै नातिमा पुग्दा १७ भाग लागेर सबैले छुट्टै खेति गरेपछि लाग्ने लागत , हलगोरु सबै बढ्ने तर खेति गर्ने जमिन चाही घटेर थोक वाट खुद्रामा झरेपछि । 
अर्थशास्त्रको उत्पादनका नियम ,चाइनाको जस्तो मास प्रोडक्सनको नियम(ठुलो परिणाममा एउटै लागतले उत्पादन गर्दा हुने खर्चमा बचत )को उल्टो गतिमा गएपछि । किसानलाई लागत , प्रबिधि र अन्य नियम थाहा छैन  थाहा दिने, तालिम दिने र सुरक्च्याको प्रत्याभूति  नदिने सरकारी काम , मन्त्रालय , एनजीओ टिठ लाग्दा छन् तर पनि स्वाधिनताको नारा कर्णप्रिय लाग्छ। 
हामीले गर्ने निर्यात हेरौँ के छ त ? जडिबुटी,  असल समान कौडी दाममा हो तस्करी मार्फत,  बाकि   देश बनाउने पाखुरीहरु हुन् । राष्ट्र बनाउने युवा , शिक्च्छित , अशिक्च्छित  कर्मयोद्धा सबै निर्यात गर्ने दलालीहरु राजनीति गर्ने आफ्ना कमजोरीले वा लहडमा मुलुकमा जातिय , धार्मिक , छेत्रीय अतिबादी कलह फैलाए अनि दोष जति छिमेकीको टाउकोमा हालेर रास्ट्रीयताको हावा चलाए पंगु बनाउन उद्यत राजनीति अनि यो लहडको पछि लागेर उफ्रिने हामी नेपालीको आँखा बन्दि हो । छिमेकी फेर्न मिल्दैन २१ औं सताब्दीको रास्ट्रबाद ब्यबहारिक हुनुपर्दछ छिमेकि फेर्न मिल्दैन अन्तिममा मिल्न पर्छ सहयोग उसको नभई हुन्न आफ्नो थैलो  राम्रो नाबाधि छिमेकीलाई सरापेर दोस दिएर मात्र समाधान निस्किन्छ?

जबसम्म हामी यी सबै पराधिनमुखी उल्टो गतिको यात्रालाई सच्याएर आफ्नो अर्थतन्त्रलाई घरदेखिने जग दिने र आत्मनिर्भर हुने दिसामा अघि बढदैनौं हाम्रो स्वाधिनताको आन्दोलन र नारा खोक्रो र केवल हाम्रा नेताको  सत्ताको गोटी मात्र बन्ने छौं |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More