January 4, 2017

रातो नम्बरको अफवाह फैलाउनेहरु प्रहरी फन्दामा - सावधान! जे पायो त्यहि हल्ला नाफैलाउनुस प्रहरी खोरमा परिएला

एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । सातो नम्बरको अफवाह फैलिरहेका बेला गायक गायिका नै उसमा पक्राउ परेका हुुन् ।

प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा पोष्ट गरेकी थिइन् । साथै विभिन्न अनलाइनलाई त्यही समाचार दिएकी थिइन् ।
सीआईबीले रातो नम्बरबारे अनुसन्धान गरिरहेको बेला यस्तो आएपछि उनलाई पक्राउ गर्‍यो । र, सोधपुछका क्रममा गायक दीपक बराइली तानिए र उनी पनि पक्राउ परेका छन् ।
सोधपुछका क्रममा खुले अनुसार सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसारका अनुसार दीपकले एक एप प्रयोग गरेर आफ्नो मोबाइलमा स्क्रीन सट गरेर राखेका थिए ।
त्यही स्त्रिmन सटलाई पोष्ट गरेर प्रशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आयो भनेर हल्ला चलाएकी थिइन् । प्रहरी उपरीक्षक चौधरीका अनुसार दुबैले गल्ती स्वीकार गरेरका छन् र, माफी मागेका छन् । तर, के कारबाही गर्ने भन्ने खुलेको छैन ।
सामाजिक संजाल मार्फत अफवाह फैलाउने हरुलाई प्रहरीको अनलाइन जासजुस टोलिले नजिक बाट नियालीरहेको र व्यक्तिगत रुपमा सतर्क रहन नेपाल जस्तो सूचना प्रविधिमा अर्ध शिक्षित सोझा नेपालीहरुलाई ठग्ने गिरोहहरु लागेकोले विभिन्न अपराधिक घटना, ठगि काण्ड , आत्मा हत्या जस्ता क्रियाकलाप  हुनेगरेको  आफ्ना व्यक्तिगत सूचना र गोप्य फोटोहरु अनलाइन नराख्न अनुरोध गरिएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More