January 30, 2017

गगनले गरे गरिबका लागी अर्को राम्रो काम मुटुको भल्भ फेर्ने शल्यक्रिया अब निशुल्क

 फागुन १ गतेदेखि नेपाल सरकारले बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क गर्ने भएको छ । शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सव का अवसरमा स्वास्थ्य मन्त्री गगन थापाले यस्तो बताएका हुन् ।
बाथ मुटुरोग बालबालिकामा मात्र लाग्ने रोग हो । यो रोग ३ देखि १५ वर्ष उमेरका बालबालिकामा ‘ग्रुप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक व्याक्टेरियाका कारण लाग्ने गर्छ । यो व्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि बाथ मुटुरोग लाग्छ । यसका लक्षणहरुमा ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने हुन्छ ।
 कसै-कसैलाई औषधि सेवनपछि लक्षण कम भएर जान्छ । तर सबैलाई औषधिले निको पारीहाल्छ भन्न चाहिँ सकिँदैन । औषधि सेवनपश्चात् पनि एक हप्तादेखि एक महिनाको बीचमा पुनः ज्वरो आउने, जोर्नी दुख्ने वा सुन्निने भएमा त्यसलाई वाथ ज्वरो भनिन्छ । वाथ ज्वरोले मुटुका भल्भलाई असर गरेपछि त्यसलाई वाथ मुटुरोग भनिन्छ ।
 वाथ ज्वरोले सिधै मुटुलाई असर गर्छ । तर कुल विरामीको केही प्रतिशतलाई मात्र वाथ मुटुरोग हुन सक्छ । भल्भहरु मुटुभित्रको रक्त प्रवाह सुचारु रुपले सञ्चालन गर्न आवश्यकता अनुसार स्वचालित रुपमा खुल्ने र बन्द हुने गर्छन् । वाथ ज्वरो वा वाथ मुटुरोगको कारणले गर्दा भल्भहरू खुकुलो वा साँगुरो हुने गर्छन् । यसले गर्दा मुटु भित्रको रक्त प्रवाहमा वाधा पुग्छ ।  बिरामीलाई हिँड्दा वा थोरै काम गर्दा पनि स्वाँ–स्वाँ हुने, थकाई लाग्ने, मुटु हल्लिने, र दम बढ्ने हुन्छ ।
 वाथ ज्वरोले मुटुको भल्भमा असर गर्यो भने बालबालिकालाई जीवनभर दुख दिन्छ । यो रोगका बिरामी गरीब र चेतना अभाव भएको क्षेत्रमा बढी देखिन थालेका छन् । एउटै कोठामा धेरै मानिस निसास्सिएर बस्ने, सानो तर भेन्टिलेसन नभएको कक्षाकोठामा धेरै बालबालिकालाई पढाउने र  ओशिलो वातावरणका कारण बाथ मुटुरोग देखिन्छ । नेपाल, भारतजस्ता दक्षिण एसियाली मुलुक र अफ्रिकी देशमा बाथ ज्वरोको समस्या बढी छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More