February 2, 2017

कविता: भूकम्प वार्षिकी


यस्तो लाग्छ,भाग्यले चलेको देश

सर्बनास हुने जान्दाजान्दै

लम्पसार परेर भाग्यकै भरमा सुतेको हाम्रो मानसिकता

हाम्रो गति छाडापनलाई माथ दिँदै,

आयो हल्लियो, हल्लायो, लिएर गयो हाम्रा आँसुहरु


धर्तीं चिराचिरा पारी भत्काइदियो हाम्रा बास बस्ने घर, पाटी पौवा अनि मन्दिरहरु

भत्काइदियो हाम्रा आडम्बरका महल अनि घमण्डका पर्खालहरु

त्यो पापी कम्पले, जे भत्काउनु पर्ने थियो

भत्काएन, जे नपर्ने त्यहि सर्वनास गर्यो


हामी भाग्यले बँच्नेहरु,

सुतिरहेका हाम्रा दरिद्र मानसिकताहरु

मृत्युको मुखमा केहि दिन झस्किए, हल्लिए, बिउँझिए

तल्लिन भए सम्हाल्न बिभत्स ति घाउहरु

सम्हालिने सम्हाल्ने क्रममा

राहतमा आहात, भावमा अभाव सिर्जनामा तल्लिन

सदियौं देखि शोषण गरिरहेको

त्यो पापी राजनीतिले टाउको उठायो

लड्यो लडायो सत्ताशक्तिको फोहोरी खेल सुरु गरी

अकर्मन्यता, अभाव हुँदै नाकाबन्दी थोपरेर

फेरी छर्कियो नुन हाम्रा घाउहरुमा ।


लोभी पापीको सत्तामा भ्रस्टहरु संगठित हुने

अकर्मन्य र अक्षमहरु पुनर्निर्माण गर्न अघि बढ्ने

बुद्धिजिवी, सक्षमहरु टुक्राटुक्रा भइ आ-आफ्नै डम्फु बजाउने

आफू सिन्को नभाँची एकोहोरो पाठमात्र पढाउँदै

आरोप प्रत्यारोपमा तल्लिन हुने परिपाटीको निरन्तरता स्वरुप

पीडितका घाउमा नुन छर्किदै आज भूकम्प वार्षिकी मनाइँदै छ ।


जगन कार्की, सोमबारे, मोरङ

(हाल लन्डन)

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More