February 21, 2017

म्यान पवारवाली हरुलाई राजदुत ? पैसा खाएर देशको कुटनीतिक अंग बेच्ने बिना साम्सद भाको मन्त्री मुर्दाबाद !


हाम्रो सरकार र राजनीतक दलका नेताहरु यति हद सम्म गिर्न थालेकि प्रहरीको आइजीपी  देखि संबेदनशिल क्षेत्र एअरपोर्टमा दशकौं देखि एकै व्यक्तिलाई पैसा खाँदै सुन तस्करीको सुरक्षित संजाल बनाइदिएर राख्ने सम्म खबर आउन थाले ।
धन्य छन् मिडियाहरु  अब कुनै कर्तुत बाँकी नराखी जनताको सामु  ल्याइदिन थालेका छन् ।  चाहे त्यो लोकमानलाइ बर्खास्त गर्न होस् चाहे आइजीपी  नियुक्ति बद्दर गर्न होस् अब  पालो आएको छ साम्सद नै नबनीकन जनता को मतले जितेर आएकाहरुको    अपमान गर्दैसभासद बनाइएका पररास्ट्र मन्त्रिले मोटो रकम असुलेर ब्यापारीहरुलाई राजदुत जस्तो पद बेचेको खबर  अनलाइन खबरले लेखे को छ हेर्नुस जस्ताको तस्तै :

सरकारले सोमबार १४ जना राजदूतहरुको नाम सिफारिस गर्‍यो । राजदूतको सूची देख्नासाथ अब सांसद पदमा जस्तै कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर म्यानपावर व्यवसायीलाई भर्ना गर्न थालिएको आशंका जनमानसमा उब्जिएको छ ।

संयोग कस्तो भने, सरकारले शर्मिला पराजुलीलाई ओमानका लागि राजदूत सिफारिस गर्दै गर्दा उनी मेनपावर व्यवसायीका रुपमा ओमानतिरै डिमान्डका लागि डिल गर्दै थिइन् । अर्को संयोग के भने मधेसी जनताको अधिकारको वकालत गर्ने मधेसकेन्द्रित दलबाट राजदूत सिफारिस पर्ने शर्मिला भाग्यमानी पहाडे महिलामा परेकी छिन् ।

कांग्रेसको कोटाबाट राजदूत भएका रमेशप्रसाद कोइराला र आशा लामा को हुन् भनेर सोध्दा कांग्रेस नेता र मन्त्रीहरु नै अनविज्ञता देखाए । राजदूत नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको टिप्पणी एक कांग्रेस नेता तथा पूर्वमन्त्रीले गरे । उनले भने- तीन जनासँग पैसा लिएर राजदूत बनाइएको कुरा आएको छ ।

कांग्रेसबाट युएईको राजदूत बनेकी आशा लामाले ‘आशा फाउन्डेसन’ खोलेकी छिन् । उनको संस्थाले युवतीहरुलाई काम सिकाएर विदेश पठाउँदै आएको छ र, यो एक प्रकारले म्यानपावर नै भएको व्यवसायीहरू बताउँछन् । यस सम्बन्धि पुरा खबर हेर्न यो लिंकमा थिच्नु होस् www.onlinekhabar.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More