May 17, 2017

वर्षभरि सराप्ने चुनावमा तिनैलाई ल्याप्चे ठोक्दिने देश बिगारेको हामीले कि नेताले ?

एमाले र कांग्रेसको चुनावी घोषणापत्र ट्वाइलेट पेपरको रुपमा प्रयोग गर्न पनि काम लाग्दैन अब!!प्रजातन्त्र पुनर्स्थापना पछिका करिब तीन दशक एमाले कांग्रेसले नै आलोपालो सत्ता चलाए!!!एमाले कांग्रेसको घोषणापत्रहरुमा चना-चटपटे खाँदा खाँदा कपाल पनि फुलिसक्यो।यहि तीन चार दशकको टाइम फ्रेममा हिजो हामिले चामल पठाएको भोकमरीले ग्रस्त कोरिया आज विश्वकै सातौं ठूलो निर्यातकर्ता अनि बार्‍हौँ ठूलो अर्थतन्त्र भएको देश बन्यो,आज हाम्रा युवाहरु कोरियाका बंगुर फार्महरुमा पसिना बगाईरहेका छन् ।
यहि टाइम फ्रेममा मलेसिया एउटा हिले टापुबाट एसियन टाइगर बन्यो जहाँ लाखौं नेपाली युवाहरु आज पालेको रुपमा काम गर्दैछन्।युद्दले ध्वस्त भएको भिएतनाममा आज हामिले प्रयोग गर्ने हरेक ल्यापटप,आईफोन र एनड्रोइड मोबाइलका चिपहरु बन्दछन्।६-७ दशक अगाडि मात्रै बेलायती उपनिवेशबाट मुक्त भएको भारत २०२२ सम्ममा संसारकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्नेछ भने हिजो हामिसंगै हिँडेको चीनले २०३५ सम्ममा अमेरिकी अर्थतन्त्रलाई उच्छिन्ने छ।बितेका यी तीन दशकमा पचासौं हजार विद्युत उत्पादन गर्ने क्षमता भएको देशमा जम्मा ६०० मेगावाट बिजुलि पनि उत्पादन गर्न नसक्ने राजनैतिक नेतृत्वले रेल कुदाउँछौँ,जहाज चलाउछौँ,एक घर एक रोजगार सृजना गर्छौं भन्दा एक प्लेट मटन र एक पेग व्हिस्कीमा बिक्ने हामी जनता मख्ख पर्छौँ।चुनाव आउँछ ल्याप्प ल्याप्चे लगाइदिन्छौँ,लुटको तेहि कथा दोहोरिन्छ।लु देश हामिले बिगारेको कि हाम्रा नेताहरुले?

1 प्रतिक्रिया हरु:

हाे नि हाै लेखकजी कुराे त साेह्रै अाना ठीक हाे । हिजाे माअाेवादी जनअान्दाेलनका नाममा हाइड्राेपावर स्टेशनमा बम नहानेकाे भए, टेलिफाेनका टावर नभत्काएकाे भए, एेतिहासिक भवन कलाकाैशल नभत्काएकाे भए कति अघि हुने थियाे याे देश । ति कुरा त कतै उल्लेख गर्नु भा छैन नि ? किन हाे ? स्मरणशक्ति कमजाेर हुँदै गयाे कि कसाे ? अालाेचनामात्र हैन समालाेचना गरे राम्राे हाेला है लेखक महाेदय । कि कसैलाइ गाली नगरी खाएकाे नपच्ने राेग लाग्या छ कि कसाे याे बुढेशकालमा

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More