November 28, 2017

खगेन्द्र संग्रौलाका १४ प्रश्न हिजो सम्म के हेर्यौं अब किन भोट दिने ?


१, आजसम्म सडकका खाल्डाखुल्डी किन पुरिएनन् ? निर्माण सम्पन्न भएको दुई तीन महिनामा नै भत्किने सडक ,पुल लगायतका संरचना बनाउने ठेकेदार र उनीहरुलाई मिलोमतोमा ठेक्का सुम्पने नेताहरु को को हुन् ?
२, जलश्रोतको धनी भनिएको देशमा किन धारामा पानी आउँदैन ?
३, २४ घण्टामा २० घण्टा जनतालाई अन्धकारमा राखेर बिजुली बेची खाने अपराधि नेताहरु र ती नेताहरुका संरक्षणमा जनता विरुद्ध अपराध गर्ने कर्मचारीहरु कुन कुन दलका हुन् ?
४, आज सरकारी स्कुलहरुमा, सरकारी क्याम्पसहरुमा किन पढाई हुँदैनन ?
५, सरकारी स्वास्थ्य संस्थान तथा अस्पतालहरुमा किन स्तरिय स्वास्थ्य सेवा उपलब्ध हुँदैन ? सामान्य जीवनजल र सिटामोलको अभावमा आजसम्म कति जनताले मृत्युवरण गर्नुपर्यो?
६, निजी स्कुल,निजी क्याम्पस,निजी अस्पताल,निजी मेडिकल कलेजहरुमा कुन कुन दलका कुन कुन नेताहरुले करोडौँको लगानी गरेका छन् ?
७,एउटा सामान्य घरपरिवारको सदस्यले धान्नै नसक्ने गरी प्राविधिक शिक्षालाई किन महँगो बनाइयो ?
८, सामान्य खोकी लाग्दा उपचारको नाममा विदेश धाउने,राज्यकोषबाट करोडौँ लुटिखाने नेताहरु को को हुन्?
९, निजिकरणको नाममा सरकारी उद्योग, कलकारखाना, संस्थानहरु बेचिखाने नेताहरु कुन कुन दलका हुन्?
१०,Tax-break को नाममा राज्यकोषमा जम्मा हुनुपर्ने अरबौँ रुपैयाँ छुट दिएर चन्दाको नाममा करोडौँ रुपैयाँ उठाउने दलहरु कुन कुन हुन् ?
११, स्वदेशी लगानीमै सम्पन्न गर्नसकिने नाफामुलक आयोजनाहरु विदेशी कम्पनिलाई बुझाउने कमिसनखोर नेताहरु को को हुन्?
१२,गुण्डानाइके,तस्कर,भ्रस्टहरुलाई चुनावमा खुलामखुल्ला उठाउने दल कुन कुन हुन्?
१३, स्वतन्त्र न्यायालय,ब्युरोक्रेसीलाई कार्यकर्ता भर्ति केन्द्र बनाउने,सक्षम र इमानदारहरुलाई रोक्ने,थुन्ने छेक्ने र भ्रस्टहरुको जालो बनाउने दल तथा नेताहरु कुनकुन कोको हुन्?
१४, मुख्य सवाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यबस्था,जनलोकपालको गठन लगायतका महत्वपुर्ण मुद्धाहरु लत्याउने नेताहरु कोको हुन् ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More