June 12, 2018

हिन्दु धर्मका गल्ति औंल्याउने त्यत्रो हिम्मत? पागल बाबुरामलाई राँची लैजाऊ !


बलराम मैनाली 
बाबुराम भट्टराईले हिन्दु धर्मका बारेमा बोलेको पहिलो पोस्टमा सर्वजनिक भएको भिडियो हेरेर बिबिध प्रतिक्रिया आएका छन् । बाबुरामलाई इशाइ भनेर गाली गर्नेको ओइरो छ अहिले। तर खासैमा बाहुन हुन उनि , हिन्दु धर्मका बाहुन बाजेका छोरा | यहा त केबल बाहुन र बाबुराम बहस मात्रा रहेन;  यहा धर्मसंग सरोकार रहेकाले केही भन्न मन लागेको हो  ।
सामाजिक संजालमा आगो ओकलिएको भिडियो हेर्नुस के भनेका छन् उनले :

हिन्दू धर्म धर्म बदल्नै भनेको भए, बिरोध गरेको यो कुरा बाबुरामको,बिरूद्द जान हैन, हतियारहरूनै उठाउन सकिनेछ। तर सुधार  गरम भनेकोमा  कुरूप आपत्ती किन ?

दुनियामै के,नेपालैमा धर्म  बिरोध नारा हुन नै सक्दैन ? बाबुरामको भनाईहरू  कुनै आबेगात्म भावनात्मक,मनोगतवाला रति कति छैनन।
हुन त देश बेच्नेहरू सासकहरू नै जिबित छन, खोलाहरू बेचियो, दरवारमा राजाहरू मारियो, मदन खोलामा बगेको सालौ भो , हामिले भुलेर बिकाश र समुनत नारा बोकेका बाबुरामलाई यति बिग्न आरोप जायज हो र ?

सदियौं देखि हिन्दु धर्मको तेजोबध गरिरहेका धर्ममा रुढीबाद र अन्ध बिश्वास जाकेर धर्मलाई नै मासीरहेका पण्डितहरु किन बहुलाएका ? बाबुराम हिन्दु धर्मका कुरीति सुधार गरेर देश बिकास गरौँ भन्दा तिम्लाई के को आपत्ति ?
Image may contain: 1 person, selfie, closeup and indoor
Balaram Mainali
एउटा झुण्डलाई के मनपर्छ र त्यो कुरा बोलेर खुशी पार्दै हिड्ने व्यक्ति नेता हुन सक्दैन समाज का हरेक खराबीलाइ औंला देखाउने र नयाँ बाटो देखाउन सक्ने नै असली नेता हो , हो बाबुरामले छोटो तालि र वहवहीलाइ बेवास्ता गरेर सत्य बोल्ने हिम्मत गरेका छन्  धर्मका ब्यापारीहरु धर्मलाइ खान रात दिन लागि परेका गंगटाहरुलाई बाबुरामको सदाचार र बिरोधलाइ स्वभाविक रुपमा लिने शैलीलाइ हेपेर हावामा गाली गर्ने ?

बाबुराम हैन पागल ति धर्मान्धहरु हुन् अब नांगिने ठाउँ बाँकी रहेन राँची को टिकट काट ।

एउटा इसाई आएर खुलेआम धर्म प्रचार गरेको हेरेर बस्ने, देश गणतन्त्रमा जाँदा चुइक्क बोल्न नसक्ने  हुतिहारा हिन्दु धर्मका धर्मान्धहरु हो हिन्दु धर्मि भएर त्यहि धर्मको नस्ट गर्नु भन्दा सुधारेर सदियौं सम्म अगाडी लैजाने बाबुरामका कुरा धेरै जायज छन् एकचोटी राम्रो संग फेरी सुन !

फेशबुक बहस केन्द्र हो २ - ४०० मानिसको यो हावा गरेर,रमिते बनेर समय बिताउने खजना!! हैनन। बाबुरामको लजिक सही मानेमा सत्यता  भ्रमरहित छन।समाजका अतिबादी सोचहरू र निति सरकारले,सरोकार बालाले बदलि नगरि समुनत नेपाल बन्दैनन।

मलाई कुन नेताले सही बोल्छ फरक कहा हुने कुरामा चासो हो। दलगत कुरामा चासोहरू न छ न रहन्छ। मेरो भनाई नबदलिकन मन्त्र गरेर समाज बन्दैन।केबल तालिहरू बज्ने हुन तरनि समाजले क्रेडिट पाउदैन।
मैले पनि हेरे भिडियो तर त्यहा कुनै जाती वात कुनै समुह प्रति कुनै टिप्पणी थिएन। एक आम नेपालीले बुझ्ने भाषा प्रयोग गरिएको छ।यहा  कुन तरिकाको बिरोध गरिएको छ न खाका न प्रमाणित कुरा छन।
खुल्लम खुल्ला घोसणा पत्रमा लेखेर भोट मागेका कुरा बजेटमा नपर्दा, मुखले बोलेको हो कि मकै भटमास खाएर पाधेकोको ? जे पायो त्यही गर्छु भन्दै पागलले जस्तो भाषण गर्छु भनेनन् बाबुरामले हाम्रा गल्ति कमजोरी औल्याउन्दै सुधारेर जाउँ भने त्यसैले यिनी अर्का पागल हुन् डा गोविन्द केसी पछिका पागल नम्बर २ ।

बिकाश सबको चाहाना हो जसरी जहाबाट नै हुन्छ, नेपाल खातिर हुन जरूरी छ ।यस्ता कुर काथर आरोपको औचित्य पुस्टि बिना देशको प्रम बनेको,जीबनमा सबै पाएको मानिस नेता माथी,यति घिन लाग्दोपन के को लागी हो त कुरा बुझिएन।
सतहीमा खास राजनिति हार कि मनोबिज्ञान, ज्ञान अभाब,आफ्ना चरमपनको ढाकछोप वा राजनिति ईगोबाट आरोप गरेको देखिन्छ।यहा भन्न जरूरी छ-आरोप सत्यतामा हुन जरूरी छ आबेगात्मक हैनन।

बाबुराम भट्टराईले घुमाएर भन्यो या बङ्गाएर भन्यो बिकास भन्ने कुरा रेल तेल बाटो स्कूल  रकेट पुल बाटो पानि हो। मछिन्द्रनाथमा भोटो जात्रा पशुपतिहरूमा शिवरात्री जात्रा देखाएर नेपाल बन्छ ? बन्यो ?  बन्ला तर यहाका सयौ कुरा बदल्न जरूरी छन।
सारमा...
छाउपडी प्रथा,बोक्सी प्रथाहरू,छुवाछूत, पशु चरम बलि,धार्मिक अन्धबिस्वास रुढीबादीहरू चिन्तन,कुज्योतिष,माता,धामीझाँक्री आदिको बिश्वास गर्नु, पात्रो,साइत,राशिफल,अनि देश अगाडी बढ्ने तरिका भन्दा बाबुराम चोर हो  ? बिश्वमै लोप हुँदै समाप्त भैसकेको छ कुरीति र अन्धबिस्वास तर हामि यसैमा झगडा गरेर यो त्यो भन्छौ।
अनि हामि भन्छौ...
"अनि भएन बिकाश,भएन त सम्बृद्धी "
    (यस्ता पाखन्डी कुरा)
पागल बाबुराम लाई राँची लैजाने कि अब हिन्दु धर्म, बौद्ध धर्म , इसाई र मुस्लिम सबै धर्मलाई सुधार गरेर अतिबाद र रुढी बाद फालेर  सम्वृद्धिको यात्रामा लाग्ने ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More