What is khabardari.com?


खबरदारी किन ?
हाम्रो खबरदारी सम्पुर्ण सोझा-सिधा नेपाली जनताको अधिकारका खातिर, राष्ट्र, राष्ट्रीयता तथा लोकतन्त्रका खातिर, कानुन-निती अर्थात विधिको साशनका खातिर | हामी आवाज बिहिनहरुका आवाज बनेर लोकतन्त्रको, मानव अधिकार , प्रेस स्वतन्त्रता , अबिब्यक्ति स्वतन्त्रता सम्बन्धि  पहरेदारी गर्ने छौं ।

जनताका इच्छा, चाहना तथा मागहरु …जनताका पिडा, दुःख र भोगाईको आवाजलाई बुलन्द गर्ने …



राष्ट्र, राष्ट्रीयता, जनता, सँस्कृती, परम्परा, सामाजिक व्यस्थाको विरुद्ध कामगर्नेहरुलाइ निन्दा गर्ने …सामुहिक बहिस्कार गर्ने र जनताको पक्षमा आवाज एकिकृत गर्दै समृद्ध नेपाली र समुन्नत नेपालको स्थापनाकालागि हाम्रो थोपे प्रयासमा तपाँइको पनि सहभागिताको लागि आवहान गर्दछौँ | जव हामी जनजन १ हुन्छौँ तव मात्र यि भ्रस्ट नेता कर्मचारी तथा अन्य तत्वहरुलाइ विस्थापित गरेर जनताको शासन स्थापना गर्न सक्छौँ |  
नेपाली जनताको निरन्तर  खबरदारी ... खबरदारी .कम- www.khabardari.com


खबरदारी .कम के हो ?
यो समाचारको साइट हैन यो विचार, विश्लेषण , खबरदारीको साइट हो | हामी सबैको आवाजलाई बुलन्द गर्न र बिकृति, विसंगति बिरुद्ध एक भएर खबरदारी गर्न | आम नागरिकको आवाज दिने थलोको रुपमा उभिएको निस्पक्च्य आवाज हो, "नागरिक आवाज " 

यो विचार र खबरदारीको ब्लग सन् २००९मा जगन कार्कीले सुरुवात गरेका हुन् । कार्की हाल बेलायतमा रहेर नेपालको  बित्तिय समाबेसिता सम्बन्धि अध्ययन गर्छन भने उनि फ्रिलांस रुपमा विभिन्न राष्ट्रिय अन्तरास्ट्रीय मिडियाहरुमा लेख्ने गर्दछन् । खबरदारीलाइ स्वतन्त्र नागरिक संजाल बनाउने सवालमा बिश्वभर बाट संजाल बनाएर जोडिने क्रम जारी रहेको छ ।



हाम्रो खबरदारी कलम क्रान्ति  यात्राका सह योद्धा जनक पाण्डे हुनुहुन्छ :
पाण्डे नेपालमा मोफसलको पत्रकारिता मोरंग , सुनसरी विभिन्न जिल्ला हुँदै काठमाडौँ केन्द्र सम्मको लामो अनुभव बटुलेका पत्रकार हुन । हाल उनि मध्य पूर्वी देशमा रहेर कलम चलाउने गर्दछन् ।
Janak Pandey's Profile Photo, Image may contain: 2 people, including Janak Pandey, text


खबरदारी संजाल युरोपका अर्का  उदयीमान बिश्लेसक सुमन बराल युवा विचारका धनि हुन् 
स्थाई घर झापा भएका सुमन बराल हाल स्वीडेनमा रहेर मानब अधिकार, नेपालको राजनैतिक- सामाजिक - आर्थिक समस्या अनि सम्भाभित सामाधान लगायतका बिषयमा स्वतन्त्र कलम चलाउने गर्दछन् ।
उनि स्वीडेनको लुण्ड बिश्वबिद्यालयमा मानब अधिकारमा स्नातकोत्तर अद्ययनरत छन् ।
स्वीडेनकै माल्मो बिस्वबिद्यालयबाट मानब अधिकारमा स्नातक गरेका छन् । उनले जीवन भर लेख - रचना बाट पाउने सबै पारिश्रमिक आफुले प्रयोग नगरेर समाजमै फिर्ता गर्ने निर्णय समेत गरेका छन् ।
ट्विटर - https://twitter.com/meetbaralsuman
फेसबुक - https://www.facebook.com/suman.baral.58
इमेल - meetsumanbaral@gmail.com
फोन - 0046723613783




हाम्रो दल ?
नेपाल र नेपालीको हितमा काम गर्ने सबै दलहरु -अर्थात् हामी कुनै दल र व्यक्ति बिशेषको  हनुमानगिरी गर्दैनौ यो अन्तरदलिय खबरदारी संजाल हो |

हाम्रो सिद्धान्त ? 
नेपालबादी 

 तपाइलाइ थाहा छ ? 
नेपाली पत्रकारिता, मुलधारेपत्रिकाहरुमा  लगानी हेर्नुस ?
अपबाद बाहेक प्रायः  भ्रस्ट नेताहरुको छ , राजनीतिक दलहरुको छ,  बिदेशीहरुको छ, अनि कुनै खास मिसन राखेर कसैलाई स्थापित गर्न वा सिध्याउन खडा भएका हण्डीवाला टिभी, रेडियो, आनलाइन पित्त पत्रकारिता गर्ने  पहेंली भित्ताहरुछन्  , भएको एउटा हुन्छ तर लेखिन्छ एउटा अब कुनै पनि पक्षपोषणगर्ने नियतले गरिएको समाचारको कति बिस्वसनियता हुन्छ? अनि पत्रकारितामा भएको बिकृति हरुको सिकार हुनुपरेको छ जनता ।
अब समाचारलाइ राम्रो केलाएर, लेखक  अनि  कुन मध्यम बाट आएको हो निर्क्योल गरेर मात्र बिस्वास गर्ने बेला आएको छ ।
त्यस्ता बिकृति हरुको  निरन्तर भण्डाफोर गर्नु र स्वतन्त्र नागरिक विचार वा सरोकारका कुरा राख्नु नै यो मंचको उदेस्य हो,  सम्बन्धित निकायहरुलाई ध्यान आकर्षण  गरेर लोकतन्त्रको मूल्य मान्यतालाइ स्थापना  गर्नु हाम्रो उदेस्य हो  आउनुस हाम्रो साझा उदेस्यको लागि सहि सूचना आदान प्रदान, खबरदारी गरौ ।

 हाम्रो संचालन ?
हामीले सित्तैको होस्टिंग प्रयोग गरेर बिना बिज्ञापन केवल डोमेन मात्र बर्सिक किनेर प्रयोग गरेका छौं । हामी एक असल आइटी टेक्निसियन र होस्टिंगको आवस्यकता छ , यति कोहि सहयोग गर्न चाहनु हुन्छ भने हामी मार्फत  बिज्ञापन गर्ने छुट सहित उचित सहयोग स्वीकार गर्ने छौं ।

हामीसंग जोडीनुहोस 
भिभिन्न देशहरुबाट  स्वतन्त्र नेपाली नागरिकहरुको खबरदारी संजाल निर्माणमा हामी लागेका छौं यदि यो विचार संग सहमत हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला । यो संजालको काम नेपालमा कुनै नेता , दल र व्यक्ति बिशेषले नेपाल , जनता र देश बिरुद्ध गडबडी वा बदमासी गरे बिश्वब्यापीरुपमा खण्डन गर्नु हुनेछ यसर्थमा यो बिश्वब्यापी स्वतन्त्र नागरिक संजाल हुनेछ ।

तपाईले  आफ्ना कुरा बिशेसगरि नेपाली समाज, संस्कृति, बिकृति, बिशंगति बिरुद्ध तपाईका विचार , समस्या , आवाज , खबरदारी यहाँ मजाले गर्नसक्नु हुन्छ : बिचार पठाउनको लागि  email : info@khabardari.com Follow us on 
                           Click for Facebook  Click here for Twitter


                                                                                                                              

तपाइँका सल्लाह , सुझाब, प्रतिक्रिया अनि निरन्तर प्रोत्साहन  सहभागिता  ले नै हामी यहाँ सम्म आइपुगेका छौ | कृपया भनिदिनु होला     कस्तो लाग्यो ?


**************************************************************************






0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More